धादिङ ढोलाको गढिडाँडो जहाँ १५०० साल भन्दा अगाडि घले राजाले राज्य गरेका थिए ।
ढोला गाविस अन्तर्गत वडा नम्बर २ मा अबस्थित गढी डाँडो (मैधी राज्यको राजधानि) ऐतिहासिक महत्वको ठाउँ हो । यहाँ वि सं १५०० साल भन्दा अगाडि घले राजाहरुले राज्य गरेको इतिहास छ । यस ठाउमा पाईने ,ईट्टा ,पुराना तामाका पैसा ,तिरका टुक्रा , लिङ्गे ढुङ्गो आदिले त्यसको पुष्टि गर्दछ । यहाँ तिन वटा गढि रहेको छ जुन गढि लाई घले राजाहरुले आफ्नो वासोस्थान बनाएका थिए । गोरखा राज्यको सँस्थापक द्रव्य शाहका छोरा पूर्ण (पुरन्दर )शाह विंस ं१६२७ सालमा राजा भए पछि पूर्वतर्फ राज्य विस्तार गर्ने सिलसिलामा बुढिगण्डकी तरि सर्वप्रथम सल्यानको घले राज्यमा हमला गरी विजय प्राप्त गरे । त्यस पछि खरि ,मैदी , धादिङ ,चरङ्गे आदि थुमथुममा रहेका घले राज्यहरुमाथि हमला गर्न गोरखा बाट फौज पठाए । खरी ,मैदि लगायत अरु स्वतन्त्र थुमक राज्यहरुलाई गोरखा राज्यमा मिलाएर उनीहरुको स्वतन्त्र अस्तित्व गुमाइदिए ।
खरी जितेपछि मैदी तर्फ आक्रमण गर्न जादाँ गोरखालि र मैधेलि फैजबिच भएको लडाइँबारे इतिहासमा यस्तो लेखिएको छ । खयालहरुलाई कत्तल गरि त्यहाको चिज वस्तु लि सरासर मैदि तरफ गया । गोरखाको लस्कर लडाइँ गर्न आयाको देखि मैदिका सर्दार सिपाईहरु पनि हतियार धनुकाड लिई जाइँ लाग्या । दुवै तरफको फौजले परस्पर तिरको हानाहान गर्दा अगँ–अगँमा तिर लागि कोहि मर्य । कोहि घाइँते भया । फेरि गोरखाको तरफबाट र मैदीको तरफबाट खुकुरीको हानाहान हुँदा कसैको सिर ,कसैको गर्धन,कसैकोहात, कसैको कम्मर ,कसैको गोडा काटिई मर्या । कोहि घाईते भया । फेरि गोरखालीबाट तरबार खुडा ,खुकुरी,वाकला गर्दा मैधालहरु कत्तल भया । वाकि रह्याकालाई लखेट्दै मैदि पुयाई ताहा अम्मल गरि जो भयाको चिज वस्तु लि श्री ५ पुरन्दर शाहका हजुरमा दाषिल भै खरी ,मैधिको चिज वस्तु नजराना (उपहार) राषि दर्शन गर्दा श्री ५ महाराज प्रशन्न हुनु भै स्यााबसि दिनु भयो । यो ऐतिहासिक अँश
आफनो माटो बाट साभार गरिएको हो । मैधेलि अत्यन्त बहादुरिपुर्वक लडी गोरखालि फौजको निकै नोक्सानि पुराइदिएको र पछि गोरखालिहरु धेरै भएकोले उनिहरुको अगाडि टिक्न नसकि पछि हट्दै गएको र आखिर हार स्वीकार्नु परेको देखिन्छ । अरु ठाउहरुभन्दा मैधि जितेकोमा राजा विशेष खुसि भएका रहेछन् । त्यस वेला मैदी राज्य वलियो थियो भन्ने कुराको प्रमाणजुटाउदा त्याहाँ सिपाइलाई तिर हान्ने तालिम दिने उद्देश्यले गाडिएको करिव दस टन जतिको लिङ्गगे ढुङ्गगा,(जसलाइ ७ दिनको सुत्केरीले गाडेको भनिन्छ) घोडालाई दाना पानी खुवाउने चार वटा ढुङ्गगाको डुड पाइनु, इट्टा द्धारा वनाइएको दरबार हुनु, तामाको पैसा चलनमा ल्याइनु, वाट अहिले त्यस कुराको पुष्टी गर्छ । किनकि आज भन्दा ६०० वर्ष पहिलेनै ति कुराको निमार्ण गरिनु भनेको सजिलो कुरा थिएन । यसरी अध्ययन अनुसन्धान गर्दा हालको ढोला गा.वि.सलाई पनि मैदीको नाम वाटै चिनिन्थ्यो पछि विस्तारै बस्ती बढेपछि यि ठाउँहरु विभाजित भएको पाउन सकिन्छ । यसरी हेर्दा ढोला र मैदीको सम्बन्ध नङ र मासुको जस्तो पाउन सकिन्छ ।
स्रोत हाम्रो ढोला पुस्तक २०७१