Published On:Saturday, November 1, 2014
Posted by dadad

सहमति नजुटेपछि अडान सहितको प्रदिवेदन संविधानसभामा

१५ कार्तिक, काठमाडौँ । संविधानका विवादित विषयमा सहमति जुट्न नसकेपछि संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिले दलका आआफ्ना अडानसहितको प्रतिवेदन संविधानसभामा पेस गर्ने भएको छ ।  समितिको शनिबार सिंहदरबारमा बसेको बैठकमा प्रमुख तीन दलका नेताले आआफ्नै अडान प्रस्तुत गरेपछि असहमतिको प्रतिवेदन पेस गर्ने निर्णय गरेको हो ।

विवादित विषयमा सहमति जुटाउने भन्दै आज दिनभर भएको प्रयाससमेत असफल भएपछि समितिले मध्यमार्गी उपाय निकाल्दै सहमति र असहमतिका विषयलाई एकमुष्ठ रुपमा सभामा प्रस्तुत गर्ने सहमति गरेको हो ।

प्रमुख तीन दलका शीर्ष नेताको बैठकमा समेत कुनै निर्णय हुन नसकेको, संविधानसभाका अध्यक्षसँग भएको छलफलले पनि कुनै समाधान दिन नसकेको, सत्तामा रहेका दुई दल (नेपाली काँग्रेस र एमाले)ले पनि मान्य समाधानका लागि कुनै प्रस्ताव प्रस्तुत गर्न नसकेको अवस्थालाई ध्यानमा राख्दै समितिले उक्त प्रस्ताव पेस गर्ने निर्णय गरेको समितिका सभापति डा बाबुराम भट्टराईले जानकारी दिए ।

0 comments for "सहमति नजुटेपछि अडान सहितको प्रदिवेदन संविधानसभामा"

Leave a reply

    Popular Posts

    Blog Archive