Published On:Friday, October 24, 2014
Posted by Tekman Shakya
अब अाउँदैछ २ मिनेटमा चार्ज भएर १० गुणा टिक्ने ब्याट्री

तर अब यो समस्या लामो समय बेहोर्नु पर्ने छैन । डेलीमेल डटकमका अनुसार अब जम्मा १ सय २० सेकेण्डमा लगभग पूरै चार्ज हुने ब्याट्री बजारमा अाउनेवाला छ ।
सिंगापुरका अनुसन्धानकर्ताहरुले अल्ट्रा फास्ट चार्जिङ ब्याट्रीको आविष्कार गरेपछि यस्तो सम्भव हुन लागेको हुाे । उक्त ब्याट्री जम्मा २ मिनेटमै ७० प्रतिशतसम्म चार्ज हुन्छ ।
यो ब्याट्री अहिले प्रचलनमा रहेका ब्याट्रीभन्दा १० गुणा बढि टिकाउ हुनुका साथै लामो समयसम्म टिक्ने उनीहरुको दावी रहेको छ । नानयाङ प्रविधि विश्वविद्यालयका अनुसन्धानकर्ताहरुका अनुसार यो नयाँ आविष्कार खासगरी विद्युतिय परिवहन तथा विद्युत उर्जा खपत हुने सबैजसो उद्योगहरुका लागि ठूलो उपलब्धी हुनेछ ।
अनुसन्धान टोलीका प्रमुख चेन जियाओडोङका अनुसार विद्युतिय कारहरुले केवल ५ मिनेट अथवा पेट्रोल कारले पेट्रोल भर्न लाग्ने समयमा नै चार्ज हुनेछ । उनीहरुले बनाएको नयाँ ब्याट्री १० गुणा बढि टिकाउ हुने भएकाले यसले वातावरणीय प्रदुषण कम गर्नुका साथै ठूलो धनराशी समेत बचत हुने दावी गरेका छन् ।