Published On:Friday, October 24, 2014
Posted by Tekman Shakya
गुरुत्वाकर्षणबाट बिजुली निकाल्ने नेपाली युवाको दावी

शिक्षाशास्त्रमा स्नातकोत्तर गरेका उनले सानैदेखि बैज्ञानिक अनुसन्धान र आविस्कार गर्ने रुचि र इच्छाशक्तिका कारण आफू विज्ञानको विद्यार्थी नभए पनि गहन अनुसन्धान गर्न सक्षम भएको बताए । उनी अहिले कलैयाका विभिन्न विद्यालयमा अध्यापन गर्छन् ।
नास्ट,उद्योग बाणिज्य महासंघ,उर्जामन्त्रालय लगायत सरोकारबाला निकायसँग आर्थिक सहयोग या आवश्यक उपकरण उपलब्ध गराइदिन आग्रह गर्दा चासो नदिएको गुनासो उनले गरे । सबै उपकरण जुटाउन करिब १६ लाख ३९ हजार पाँच सय रुपैयाँ आवश्यक रहेको उनले बताए ।
तर भाडामा उपकरण लिई केही समयका लागि मात्र विद्युत् उत्पादन गर्न करिब सात लाखमात्र भए पुग्ने उनको दाबी छ ।यन्त्र निर्माण गर्न सबै उपकरण स्वदेश र वीरगन्जमै पनि उपलब्ध रहेको उनको भनाई छ । आजको कान्तिपुर दैनिकमा खबर छ ।