Published On:Friday, October 24, 2014
Posted by Tekman Shakya

गुगलका कैयौं सर्भिसहरु थप्प, संसारभरी हंगामा

गुगलका अनुसार उसको ८ वटा सेवाहरुमा समस्या आएको छ । अहिलेसम्म गुगलका सबै सेवाहरु सुचारु भइसकेको छैन । सुरुमा गुगल प्लसमा मात्रै समस्या भएको प्रयोगकर्ताहरुले अनुभूति गरेका थिए । तर बिस्तारै गुगल प्लससँग जोडिएका अन्य सेवाहरुमा पनि समस्या देखिएका थिए । गुगलका ह्यांगआउट एप्सबाट म्यासेज पठाउँदा समस्या देखिएको छ भने युट्यूब र यसको डेस्कटप साइटमा कुनै भिडियोमा कमेन्ट लोड भइरहेको छैन ।

तर गुगलका अनुसार उसका कैयौं सेवाहरुमा गडबडी आएको छ । गुगलका सेवाहरुमा समस्या देखिएपछि उक्त एप्स स्टाटस ड्यासबोर्डमा देखिन्छ । गुगल एप्स स्टाटर ड्यासबोर्डमा कुनै सेवाको अगाडि सुन्तला रंगको संकेत देखिनुको मतलब उक्त सेवामा समस्या छ भनेर बुझ्न सकिन्छ । जिमेल, गुगल क्यालेन्डर, गुगल टल्क, गुगल डाइभ, गुगल साइटहरु, गुगल गु्रप्स, एडमिन कन्सोल र गुग ह्यांगआउटमा समस्या देखिएको बताइएको छ ।

0 comments for "गुगलका कैयौं सर्भिसहरु थप्प, संसारभरी हंगामा"

Leave a reply

    Popular Posts

    Blog Archive