Published On:Saturday, November 1, 2014
Posted by dadad

आरोहणमा रहेकी पत्रकार महर्जनको स्वास्थ्य गम्भीर

काठमाडौँ, १५ कात्तिक । सगरमाथा आरोहण अभियानमा रहनुभएकी पत्रकार कल्पना महर्जनलाई लेकलागी(हाइ अल्टीच्युट सिकनेस) स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि अहिले सुमेरु अस्पतालको सघन उपचार कक्षमा उपचार भइरहेको छ । अभियानअन्तर्गत सोलुखुम्बुको छ हजार ७०० मिटर उचाईको मेरापीक आरोहण गर्ने क्रममा बेहोस भएपछि त्यहाँबाट उद्धार गरी शुक्रबार हेलिकोप्टरबाट काठमाडौँ ल्याइएको थियो ।

कल्पनाका श्रीमान् दिलभक्त महर्जनका अनुसार मेरापीक जाने क्रममा अरुण राष्ट्रिय निकुञ्जको जङ्गल टोल्के भन्ने ठाउँबाट करिब पाँच घन्टा हिँडेपछि कल्पना बिरामी परेकी हुन् । उक्त स्थानबाट शेर्पाहरुले बोकेर टोल्केमा ल्याई शुक्रबार डाइनेस्टी हेलिकोप्टरबाट लुक्ला ल्याइएको र त्यसपछि लगत्तै गोमा एयरबाट काठमाडौँ ल्याइएको थियो ।
उपचारमा संलग्न चिकित्सकका अनुसार कल्पनाको छातीमा इन्फेक्सन देखिएको छ । यसैबीच पत्रकार कल्पनाको उपचारका लागि दैनिक रु ५० देखि ६० हजार खर्च भइरहेकाले आवश्यक आर्थिक सहयोगका लागि सरोकारवाला संस्थाले सरकार समक्ष अपिल गरेका छन् ।
नेपाल पर्यटन पत्रकार मञ्च(टिजेएफ), पर्यटन पत्रकार सङ्घले एक विज्ञप्ति निकाली सहयोगका लागि आग्रह गरेका हुन् ।

0 comments for "आरोहणमा रहेकी पत्रकार महर्जनको स्वास्थ्य गम्भीर"

Leave a reply

    Popular Posts

    Blog Archive