Published On:Tuesday, November 11, 2014
Posted by dadad
नेपाल आज भुटानसँग खेल्ने
काठमाडौं कार्तिक २५- नेपालले तेस्रो साफ महिला फुटबल च्याम्पियनसिपको पहिलो खेलमा आज मंगलबार भुटानसँग प्रतिस्पर्धा गर्ने भएको छ। नेपाल र भुटानबीचको खेल पाकिस्तानको इस्लामावादस्थित जिनाह रंगशालामा हुनेछ। नेपालको सिनियर महिला टोलीले भुटानसँग पहिलोपल्ट खेल्दैछ। यसअघि यु–१४ साफ च्याम्पियनसिपमामा नेपालले भुटानलाई ९–० ले हराएको थियो।
मंगलबारै च्याम्पियनसिपको उद्घाटन खेलमा घरेलु टोली पाकिस्तानले श्रीलंकासँग खेल्नेछ।
सोमबार सार्वजनिक ड्र अनुसार समूह 'बी' मा नेपालसँगै भुटान, पाकिस्तान र श्रीलंका तथा समूह 'ए' मा साविक विजेता भारत, अफगानिस्तान, बंगलादेश र माल्दिभ्स परेका थिए।
यसअघिका दुई संस्करणमा नेपाल छिमेकी भारतसँग पराजित हुँदै उपविजेता भएको थियो।
प्रतिस्पर्धा गरेको थिए। जसमा दुबै पल्ट भारतले सफलता प्राप्त गरेको छ। सन् २०१०मा बङलादेशको ढाकामा भएको च्याम्पियनसिपको पहिलो संस्करणमा नेपाल १–० ले र दुइ वर्ष अघि श्रीलंकामा भएको दोस्रोे संस्करणमा नेपाल ३–१ ले पराजित भएको थियो।