Published On:Tuesday, November 11, 2014
Posted by dadad
दाहाल पञ्चेबाजसहित स्वागत
कार्तिक २५ - प्रमुख राजनीतिक दलहरुबीच छलफल छाडेर रोल्पा गएका एमाओवादी अध्यक्ष सहितको टोली पूर्व लडाकु कमाण्डर नन्दकिशोर पुन पासाङको घरमा पुगेको छ । सदरमुकाम लिवाङबाट २४ कोस पश्चिम पुग्दा पञ्चेबाजाले अध्यक्ष दाहाललाई स्वागत गरिएको थियो ।

प्रचण्डको स्वागतको लागि पासाङले भोजको आयोजना गरेका छन् ।उनको साथमा महासचिव महरा,सचिव पुन, पत्नी सीता दाहाल, पूर्व लडाकु कमाण्डरको टोली छ ।पासाङले पञ्चेबाजा बजाएर प्रचण्डलाई स्वागत गरेका थिए । दाहाल अझैं दुई दिन रोल्पामै रहनेछन् ।