Published On:Tuesday, November 11, 2014
Posted by dadad

तरुणदलको सम्मेलनमा कुटाकुट


कात्तिक २५  – नेपाली कांग्रेसको भातृ संगठनको तरुणदलको त्रियुगा नगर सम्मेलनमा कुटाकुट भएको छ ।उदयपुर जिल्लाको 
त्रियुगा नगरपालिका–८ बगाहा स्थित थारु कल्याणकारीणी सभाको हलमा सोमबार साँझ कुटाकुट हुँदा सम्मेलन स्थिगित हुन पुगेको हो । तरुण दलका नगर सभापति अन्यत्र गएको मौका छोपी पार्टीको दबाबमा सम्मेलन गरेको भन्दै केही प्रतिनिधिले विरोध गरेपछि विवाद सुरु भएको जनाईएको छ ।


असन्तुष्ट केही प्रतिनिधिले विरोध गरे पछि हात हालाहालको स्थिति बनेको सम्मेलनमा सहभागि प्रतिनिधीले बताएका छन् ।जिल्ला पार्टीको नेतृत्व र चुनावमा अन्तर्घात गरेका नेताहरुको बिच भएको विवादले सम्मेलन स्थगित हुनुको साथै विवाद झन् चुलिएर गएको छ । कुटपिटबाट तरुण दलका जिल्ला नेता सुशिल सेडाई घाईते बनेका क्षेत्रीय सभापति बसन्त बस्नेतले बताए । उनले भने–‘पार्टी नेतृत्वले एकलौटी तरुण दल नगरको नेतृत्व हत्याउन खोजेकाले विरोध गर्दा आफु र आफ्ना समूहमाथि आक्रमण भएको छ ।’ विवाद मिलाउनु पर्ने नेतृत्व आफैँ आक्रमणमा उत्रिएकाले घटना हुन पुगेको बस्नेतको आरोप छ ।

0 comments for "तरुणदलको सम्मेलनमा कुटाकुट"

Leave a reply

    Popular Posts

    Blog Archive