Published On:Tuesday, November 11, 2014
Posted by dadad

सार्कको तयारी अन्तिम चरणमा

काठमाडौं, कात्तिक २५ – सार्क तयारी समितिले सडक मर्मत तथा सौन्दर्यको काम कात्तिक मसान्त भित्र जुनसुकै अवस्थामा पूरा गर्न सम्बद्ध मन्त्रालयलाई निर्देशन दिएको छ ।
प्रधानमन्त्री सुशीला कोइरालाको अध्यक्षतामा रहेको समितिको बैठक मंगलबार प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा बसेको बैठकमा सार्क तयारीका बारेमा छलफल भएको हो । समितिको बैठकले सुरक्षा स्थिति चुस्त बनाउन पनि निर्देशन दिएको छ ।बैठकपछि उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले सुरक्षामा कुनै किसिमको कमी आउन नदिने गरी तयारी गरिएको बताउनुभयो । मंसिर १० र ११ गते हुने सार्क सम्मेलनमा सार्क मुलुकका राष्ट्र र सरकार प्रमुख, मन्त्री तथा कुटनीतिज्ञ, सत्तचारकर्मी लगायत करिब ५ सय जना काठमाडौंमा भेला हुँदैछन् । सरकारले सम्मेलनमा सहभागी हुन पर्यवेक्षक मुलुक र संस्थालाई पनि निमन्त्रणा दिइसकेको छ ।
चीन, दक्षिण कोरिया, जापान, अमेरिका  लगायतका ८ मुलुक र युरोपियन युनियन सार्कका पर्यवेक्षक हुन् । सम्मेलनको क्रममा तीन वटा सम्झौता हुने छन् । परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेका अनुसार सम्मेलनका क्रममा रेलवे कनेक्टिभिटी, उर्जा र मोटर भेहिकल सम्झौता हुने छन् । सार्कका आठ वटै सदस्य मुलुकलाई रेलमार्गमा जोड्नका लागि रेलवे कनेक्सन सम्झौता गर्ने तयारी गरिएको छ ।

0 comments for "सार्कको तयारी अन्तिम चरणमा"

Leave a reply

    Popular Posts

    Blog Archive