Published On:Tuesday, November 11, 2014
Posted by dadad

प्रेमीकाद्वारा प्रेमीको हत्या प्रयास


नेपालगन्ज, कात्तिक २५ –बाँकेमा पछिल्ला ७ महिनामा ७ जना महिला जलाइएका घटना सार्बजनिक भएका थिए । तर, सोमवार राति भने एकजना प्रेमिकाले आफ्नो नाममा जमिन पास नगरिदिएको भन्दै प्रेमीलाई मट्टितेल खन्याएर आगो लगाएको घटना सार्बजनिक भएको छ ।



नेपालगन्ज ६ का ४८ बर्षीय सुरेन्द्रकुमार शुक्लालाई उनकी प्रेमीका निलम सोनारले आगो लगाएको प्रहरीले जनाएको छ । सुरेन्द्रको स्थानीय भेरी अंचल अस्पत्तालमा उपचार भइरहेको छ । प्रहरीले सोनारलाई पक्राउ गरी थप अनुसन्धान कार्य अघि बढाएको बाँकेका डीएसपी शुशिलसिंह राठौरले बताए । 'उनीहरुका बीचमा बिगत ६ महिनादेखि सम्बन्ध रहेको खुलेको छ,' डिएसपी राठौरले भने, 'पीडितले सम्पत्ति र लेनदेनका बारेमा झगडा हुने गरेको र सोमवार राति सुतेका बेला सोनारले आगो लगाइदिएको बयान दिएका छन् ।'

सोनार र शुक्ला बेलाबेलामा सोनारकै घरमा सँगै बस्दै आएका थिए । रिक्सा मजदुरीको काम गर्ने शुक्लाको नाममा रहेको जमिन आफ्नो नाममा पास गरिदिनका लागि सोनारले दबाब दिने गरेको शुक्लाले बताए । घटना भएको राती उनीहरु सँगै बसेका थिए । राती १२ बजे तिर सोनारले मट्टत्तिेल छर्किएर आगो लगाई ढोका बन्द गरेको पीडितले बताएका छन् । 

उनको ३३ प्रतिशत शरिर जलेको छ । पछिल्लो ७ महिनामा ७ जना महिलालाई दाइजो र सम्पत्ती लगायत बिभिन्न निहुमा उनीहरुका पती तथा परिवारका सदस्यहरुले आगो लगाएको घटना सार्बजनिक भएका बेला पहिलोपटक सम्पत्तीका लागि प्रेमीकाले नै आगो लगाएको घटना प्रकाशमा आएको हो ।

0 comments for "प्रेमीकाद्वारा प्रेमीको हत्या प्रयास"

Leave a reply

    Popular Posts

    Blog Archive