Published On:Sunday, November 9, 2014
Posted by dadad

एसिसि अण्डर–१९ प्रिमियर ट्रफि क्रिकेटमा नेपालको सुखद सुरुवात

२३ कार्तिक, काठमाडौं । साउदी अरबलाई १ सय ९५ रनले पराजित गर्दै एसिसि अण्डर–१९ प्रिमियर ट्रफि क्रिकेट प्रतियोगितामा नेपालले सुखद सुरुवात गरेको छ ।

नेपालले ४९ दशमलव ५ ओभरमा पुरै विकेट गुमाएर ३ सय २१ रन बनाएपछि दिएको ३ सय २२ रनको चुनौतीलाई साउदी अरबले भेट्टाउन नसकेपछि नेपाल बिजयी भएको हो । साउदी अरब १२६ रनमा अलआउट भएको हो  ।

कुवेतको राजधानी कुवेत सिटीमा रहेको सुलेबिया क्रिकेट मैदानमा भैरहेको खेलमा नेपालका लागि सर्वाधिक शंकर रानाले ८९ रन जोड्न सफल भए । त्यस्तै राजु रिजालले ४९, दिपेन्द्रसिंह ऐरीले ४२, आरिफ सेखले ३३, सुनिल धमला र दिपेन्द्र सिंह ऐरीले २६, सौरफ खनालले २३, प्रेम तामाङले ११ र योगेन्द्रसिंह कार्कीले १० रन जोडे ।

अन्यले भने राम्रो प्रदर्शन गर्न सकेनन् । साउदी अरेबिया केहिबेरमा जवाफी ब्याटिङमा उत्रदै छ । गत शुक्रबार नै प्रतियोगिता हुने भनिएपनि केहि देशका खेलाडीहरुको भीषामा समस्या भएपछि स्थगित भएको थियो । 

राउण्ड रोबिन लिगको आधारमा खेलाईएको प्रतियोगितामा नेपाली टोली पहिलो खेलमा जित हात पार्दै सुखद सुरुवात गर्ने सोचमा रहेको छ । नेपालले सन् २००९ मा साउदीलाई १३७ रनले पराजित गरेको थियो ।

0 comments for "एसिसि अण्डर–१९ प्रिमियर ट्रफि क्रिकेटमा नेपालको सुखद सुरुवात"

Leave a reply

    Popular Posts

    Blog Archive