Published On:Sunday, November 9, 2014
Posted by dadad

नायिका छान्न सिपालु मोडल सनमको म्युजिक भिडियोमा कमाल (भिडियो सहित)

नायिका निरुता सिंहको ‘लुट्यौ तिमिले’ नामक चर्चित गितबाट डेब्यु गरेका जुझारु युवा मोडल सनम कठायतलाई नचिन्ने प्राय कमै होलान् । लगनशिल, जुझारु र सक्रिय युवा मोडलका रुपमा परिचित सनमले छोटो समयमै १ सय ५० भन्दा बढि चर्चित म्युजिक भिडियोहरु मार्फत आफ्नो कलाकारिता प्रस्तुत गरिसकेका छन् ।

डोटीमा जन्मिएर राजधानी काठमाडौंलाई कर्मथलो बनाएका सनम नायिका छान्ने विषयमा निक्कै माहिर ठानिन्छन् । उनलाई जुन पायो त्यहि नायिकासँग मोडलिङ गर्न मन पर्दैन, बजार नतताउने खालका गितहरुलाई पनि वास्ता गर्दैनन् ।  सामान्य गितहरुमा त्यति देखिन नचाहने सनमका प्राय सबै गितहरुले निक्कै नै बजार तताउन सफल भएका छन् ।

उनले सुगम संगितका सम्पूर्ण कलाकारहरुका गितमा आफ्नो कलाकारित देखाउदै आएका छन् । उनले सुगम संगितका राष्ट्रिय स्तरका चर्चित गायत गायिकाको गितहरुमा मात्रै आफ्नो कलाकारिता देखाउँदै आएका छन् ।बजारमा म्युजिक भिडियो र गितसंगीतको क्षेत्रमा निक्कै संकट आईरहेको भन्दै चर्तित कलाकारहरु समेत बिस्तापित भैरहेको समयमा सनमलाई भने म्युजिक भिडियोमा खेल्न अफर गर्नेहरुको ताँती रोकिएको छैन ।

उनी हरेक समय म्युजिक भिडियोकै लागि दौडधुपमा देखिन्छन् । मेडिकल साईन्सको विद्यार्थी उनले मेडीकल माईक्रोबायोलोजीमा मास्टर्स गरिसकेका छन् । संचार माध्यममा पनि विगत १० वर्षदेखि आवद्ध छन् । अहिले उनी राजधानीमा रहेको गोर्खा एफ्एम ९३ मेगाहर्जमा पनि कार्यरत छन् ।

व्यस्तताकै बाबजुत पनि उनी केहि दिनपछि म्युजिक भिडियो सुटिङकै लागि चर्चित कलाकारहरुको एउटा नयाँ टिम सहित भारतको चण्डिगढ जाँदै छन् । टीममा को को छन् र कुन गितको भिडियो सुटिङका लागि
जान लागिएको हो भन्ने विषयमा भने उनले नेपाली माटोलाई ‘सरप्राईज’ मा राखे । सुटिङ् सक्किएर फर्किएपछि नेपालीमाटोलाई सबैभन्दा पहिले सुटुक्क भन्ने भन्दै उनले रमाईलो पारामा ठट्टा गर्दै बताए । चर्चित संगितकार र गितकारहरुको साथमा हिडेर आफ्नो कलाकारिता अगाडी बढाउन पाएकोमा उनी निक्कै नै प्रफुल्लित छन् ।

तिनै जुझारु कलाकार सनमले मोडलिङ् गरेको २ वटा म्युजिक भिडियो भर्खरै रिलिज भएको छ । शनिबार राजधानीमा एक कार्यक्रमको अवसरमा उनले अभिनय गरेको जगदिश समाल ‘जाउ छाडेर जाउ’ नामक म्युजिक भिडियो सार्वजनिक भएको भोलिपल्ट आईतबार नै अर्को म्युजिक भिडियो रामकृष्ण ढकालको ‘गल्ती भए माफ गर’ सार्वजनिक भएको हो ।

भिडियोमा सनमलाई सबनम राई र श्रिया दुलालले साथ दिएका छन् । दुबै म्युजिक भिडियोका गितकार माधव निर्दोष रहेका छन् भने, संगितकार सन्तोष श्रेष्ठ छन् । म्युजिक भिडियोको निर्देशन माधव निर्दोष र रोजल थापाले गरेका हुन् भने, छायाँकन रविन्द्र बराल र सम्पादन सुरश रावतले गरेका हुन् । सार्वजनिक भएका यी दुबै म्युजिक भिडियोले बजार निक्कै तताउने सनमको विश्वास छ ।


जाउ छाडेर जाउ................  


गल्ती भए माफ गर..... 

0 comments for "नायिका छान्न सिपालु मोडल सनमको म्युजिक भिडियोमा कमाल (भिडियो सहित)"

Leave a reply

    Popular Posts

    Blog Archive