Published On:Tuesday, November 18, 2014
Posted by dadad

शान्ति र संविधान विथोल्नेलाई एमालेले छाड्दैनः ओली

२ मंसिर, इलाम । नेकपा एमालेका अध्यक्ष केपी ओलीले केहि पार्टीले शान्ति संबिधान एकता बिथोल्ने र जातीय द्धन्दमा देशलाई फसाउन खोरिहेको आरोप लगाएका छन् ।

शान्ति र संविधानप्रति नेकपा एमाले प्रतिवद्ध रहेको भन्दै उनले शान्ति र संविधान विथोल्नेलाई एमाललेले नडाड्ने बताए  ।

नेकपा एमाले इलामको नाऔं अधिवेशनमा मंगलबार अध्यक्ष ओलीले नेपाली काँग्रेसलाई दक्षिण पन्थी अतिबादी र एकीकृत नेकपा माओवादीलाई उग्रबामपन्थी अतिबादीको आरोप लगाए । दक्षीणपन्थि र उग्रवाम्पन्थीबाट देशलाई  बचाउनको लागी सबैखाले समस्याको सामना गर्ने ओलिको भनाई छ । 

उनले कानुनी रुपमा प्रक्रियामा गएर भएपनि माघ ८ भित्रमा संविधान जारी गर्नुको विकल्प नरहेको भन्दै उनले विवादित विषयमा निर्वाचनमा गएरै भएपनि समाधान खोजिनुपर्ने बताए । संविधान जारी हुन नदिन अनेकन जालहरु भइरहेको भन्दै माघ ८ भित्रै संविधान जारी गर्ने आफुहरुको लक्ष जारी रहेको उनले बताए ।

0 comments for "शान्ति र संविधान विथोल्नेलाई एमालेले छाड्दैनः ओली"

Leave a reply

    Popular Posts

    Blog Archive