Published On:Sunday, November 2, 2014
Posted by dadad

संचारमाध्यमको नियमित अनुगमन हुनुपर्योः सरोकारवाला

बाबुराम श्रेष्ठ ।
१७ कार्तिक, धादिङ । पत्रकारिताको विकासका लागि स्थानिय निकायबाटै सञ्चार माध्यमको नियमित अनुगमन हुनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । प्रेस काउन्सिल नेपाल र नेपाल पत्रकार महासंघ जिल्ला शाखा धादिङले सोमबार धादिङवेशीमा गरेको जिल्लामा संचारमाध्यमहरुको अवस्था विषयको अन्तरक्रियामा सहभागीहरुलले स्थानीय संचार माध्यमको अनुगमनलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका हुन् ।

अन्तक्र्रियामा प्रेस काउन्सिल नेपालका केन्द्रीय सदस्य सुदर्शन अचार्यले धादिङ लगायत देश भरका सञ्चार माध्यममा आवद्ध पत्रकारहरुले पत्रकारको आचार संहितालाई ख्याल गर्नु पर्नेमा जोड दिए ।
वर्तमान राजनीति संक्रमणकालिन आवस्थामा गुज्रिरहेको भन्दै उनले समयमै संविधान जारी गर्नका लागि पनि प्रेसको महत्वपूर्ण भुमिका रहने बताए  ।
नेपाल सरकार र प्रेस काउन्सिल नेपालको सहकार्यमा पत्रकारहरुको जिवन बिमा गर्नुपर्ने, परीक्षा र पत्रकारहरुको अवकाशपछि राज्यले दिनु पर्ने सेवा सुविधा जस्ता विष्यमा छलफल भई रहेको उनको भनाई थियो ।
जिल्लाको पत्रकारिताको विकास र समस्याका विषयमा प्रेस युनियन धादिङका अध्यक्ष पोषनाथ अधिकारी, नेपाल प्रेस चौतारी धादिङका अध्यक्ष नारायण चन्द्र सुवेदी, नेपाल पत्रकार महासंघ जिल्ला शाखा धादिङका पूर्व अध्यक्ष सिताराम प्रसाद बर्मा, धादिङका बरिष्ठ पत्रकार राजेन्द्र प्रताप शाह, नेपाल प्रेस चौतारी बागमती अञ्चलका केन्द्रिय सदस्य केशव अधिकारी लगायत विभिन्न सञ्चार माध्यममा कार्यरत पत्रकारहरुले आफ्नो धारणा राखेका थिए  । धादिङमा अहिले सदरमुकाम धादिङबेसीबाट ६ वटा साप्ताहिक पत्रिकाहरु, २ वटा दैनिक, ५ वटा रेडियोहरु १ वटा टेलिभिजन र केहि अनलाईनहरु पनि सञ्चालनमा रहेका छन् ।

0 comments for "संचारमाध्यमको नियमित अनुगमन हुनुपर्योः सरोकारवाला"

Leave a reply

    Popular Posts

    Blog Archive