Published On:Thursday, October 23, 2014
Posted by dadad
भेटी व्यवस्थापन नहुँदा पुजारी मोटाउँदै
पाल्पा, ६ कात्तिक । वार्षिक लाखौँको आम्दानी भएपनि पाल्पाका पख्यात मन्दिरमा भेटी व्यवस्थापन हुन नसक्दा लाखौँको खल्तीमा जाने गरेको छ । एक सयभन्दा बढी मन्दिर रहेको यस जिल्लामा भैरवस्थान गाविस स्थित भैरव मन्दिरमा भेटी व्यवस्थापन हुन सकेको छैन ।
स्थानीय तथा भक्तजनको भेटीबारे चासो नहुँदा मन्दिरमा वार्षिक रुपमा भक्तजनबाट सङ्कलन भएको लाखौँ रुपैयाँ बराबरको आम्दानी व्यक्तिको खल्तीमा जाने गरेको छ ।
६५ गाविस र १ नगरपालिका रहेको यस जिल्लामा करिब सय चर्चित मठमन्दिर छन् । ती मठमन्दिर पहिले गुठीको जग्गाबाट चल्थे भने अहिले जसले जति दान, चन्दा, भेटी दिएको छ, त्यसैबाट सञ्चालन हुन्छ । आजको गोरखापत्र दैनिकले खबर छापेको छ ।