Published On:Wednesday, April 1, 2015
Posted by my storry
सपना साउदी र धादीङ सीम्लेका भुबाल
प्रस्तुतिमा सन्तोष गौतम,
बीडम्बना जुन सपना म्यानपावरले देखाएको थीयो भुवाल अनी उनीसगै आएका आम नेपाली कामदारहरुलाई त्यही सपना मलेशीयामा प्रबेशसगै क्षण भरमा तुहीन पुग्यो । कारण नेपालको म्यानपावरमा गरीएको कागजमा लेखीएको र हस्ताक्षर गरेको तलबको समझौता पेपर अनी यहाँ कम्पनीका ठुला मानीसहरुले बोलेका कुरामा धेरै फरक रहेछ
जब छोरा अठार बर्ष लाग्छ अनीकाधमा एउटा सपनाको पोको बुनेर लाहुर पस्छ । यसरी सुरु हुन्छ नेपाली नौ जवानको जीबनगाथा, कोही रमाईलोले जान्छन त कोही बाध्यताले हीड्छन तर सबैको उद्धेश्य एउटै हुन्छ धेरै पैसा कमाउने अनी घर परीवारका सीमीत असीमीत चाहानालाई पुरा गरौ र एउटा सुखी पारीवारको नक्साकोरौ ।
हो यही अनी यस्तै असीमीत सपनाहरुलाई काधमा बोकेको झोलाभीत्र राखी की जंगे रेलमा की जंगे जेलमा यही मुल मन्त्रलाई आत्मा साथगर्दै एउटा कलीलो युवक बीदेशीहरुको गुलामीमा आफ्नो शरीरलाई बेचीदीन्छ ।
धादीङ सीम्ले गाविसका भुबाल सुनार पनी आफ्नै मन भीत्रको बाधयतालाई रमाईलोको अर्थ लगाई अठार बर्षको कलीलो उमेरमा छीमेकी देश भारत पुगेका थीय आफ्रनै मामा र साथीहरुको आड लगाएर । उनी सम्झनछन भारत जादा पुलीसको त होईन तर रेलमा भने चोरहरुको नीकै डर हुदोरह्ेछ ।
भारतमा नीकै सुख दुखका भोगाईहरु भोगेका भुबालले सुरुमा आफनै मामा भएको कारण खासै दुखको महसुस नभएपनी मामाले साथ छाड्दै गएपछी भने नीकै दुखपाएको कुरा सनाउन पुगे अत्याचारको पनी सीमा हुन्छ तर लाहुरे जीबनको समयमा काम गरेकै होटलमै तातो पानीमा हात डुबाईदीने जस्ता नीकै कु्रर र अमानबीय व्यवहार बाट पनी पीडीत बन्नपुगेको कुरा सुनाउदै भुबाल हामीसग भक्कानीनपुगे ।
भारतमालाहुरे भएपछी भुबालले करीब २, ३ ठाउको फरक फरक होटेलमा काम गर्न पुगेकोे अनी पहीला काम गरेको होटेलमा भन्दा पनी झनै कमतलबमा काम गर्नु परेको चरम बाधयता पनी उनले भोग्नु पर्यो ।
कुराकानीको सवालमा सुनारले भारतमा नेपाली कामदारहरुलाई गरीने व्यवाहार मीश्रीत हुने कुरा उनैले भोगेको कुराबाट यसरी प्रष्ट् पारे ,
कतीपयले त नेपाली खाना नपाएर आएको भन्थे रे अनी कतीपय बुझकारी ले भने त यती सानै उमेरमा कीन आईस भनेर जीज्ञासा राख्ने गरेको कुरा पनी हामीले बुझ्न पुग्यै ।
करीब ५, ६ बर्षको लामो बसाई पछी अब आफ्रनै देशमा केहीगर्नु पर्यो भन्ने सोच बनाएका भुबाल नेपाल फर्कीएर केही समय बीताउ नपुगे । घर बसेसगै सुनारले केही महीना आफ्नो पुर्खेली पेसा सुनचादीको काम गरी केही पैसा कमाउन सफलभएका रहेछन ।
तर जीबन आखीर तोडीएको बीचारको मोड रहेछ अनीत यही मोडले उनलाई यो श्रमीकहरुको जेल मलेशया ल्याईपुर्यायो । महीनामा केही नभएपनी खाएर पीयर नेपाली साठी हजार आन्नदले बचाउन सकीन्छ काग्रो कम्पनी हो भनेर काठमाण्डौको माहाराज गन्जमा अबस्थीत गोर्खा मेनपावरले आश्वसन देखाएसगै करीब एक लाख साठी हजार रुपीया तीरेर मलेशीया हानीन पुगे सुनार । जब नेपालबाट खुल्ला आकाशमा जहाज उड्न थाल्यो त्यसै गरी उनी र उनीसगै मलेशीया आएका नौ जवानहरुको सपना पनी खुल्ला आकाशमा उडीरहेको थीयो ।
...............................
सपनाको अग्नी परीक्षा भुबालले मलेशीयाको आगमनसगै मलेशीयन एयर पोटमा दीएका थीए । अनी परीक्षाका सुरक्षाकर्ता मलाय प्रहरीले बीभीन्न अमानबीय व्यवहार देखाएका रहेछन । सो कुरालाई सम्झदै झसंग झस्कीयर भुवालले ज्यान नै सीरींगपार्दै मलाय प्रहरीले नेपाली कामदारलाई भेडा बाख्राको व्यवहार गरेको कुरा सुनाय । उनले भन्दै थीए न एयर पोर्टमा श्रमीक भीसामा आएका नेपालीहरुलाई बस्ने कुर्ची थीयो न त कुनै सम्मानीय व्यवहार, उल्टै जसोतसो सबैजना एकै ठाउमा मीलेर बस्दा पनी लाताले हान्दै हीन्ने गरेको कुरा उनले सुनाउदै गर्दा अनी हामीले सुन्दै गर्दा र तपाईहरुले अहीले पढ्दै गर्दा कताकता अपत्यारीलो खबर जस्तो लाग्न सक्छ तर सत्य तीतो हुन्छ भनेझै यो एउटा नचाहँदै नचाहँदै स्वीकार्नु पर्ने तीतो यर्थात हो ।
अरुको बीडम्बना जुन सपना म्यानपावरले देखाएको थीयो भुवाल अनी उनीसगै आएका आम नेपाली कामदारहरुलाई त्यही सपना मलेशीयामा पाईलो प्रबेशसगै क्षण भरमा तुहीन पुग्यो । कारण नेपालको म्यानपावरमा गरीएको कागजमा लेखीएको र हस्ताक्षर गरेको तलबको समझौता पेपर अनी यहाँ कम्पनीका ठुला मानीसहरुले बोलेका कुरामा धेरै फरक रहेछ । ...............................................
त्यसैगरी कम्पनीमाकाम ठीकै भए पनी कामलगाउने बोस नराम्रो भएको कारणले भुवालको मनमा ठुलै चोट पुग्यो कीनकी कम्पनीको मुख्य ओहोदामा रहेका म्यानेजर बाटै सुन्दा पनी कान थुन्नु पर्ने शब्द । अनी कामगर्दा पनी कराउने नगृर्दा पनी कराउने यताफर्के पनी कराउने उताफर्केपनी कराउने हरेक कुरामा गालीबाट सबै कामदारहरुको सातो खाने गरीदो रहेछ । सो कम्पनीमा
बीहान उठेदेखी बेलुकी सुतीन्जेलसम्म कम्पनीको बोसको ईसारामा नाच्नुपर्ने अनी, अनी बस्ने होस्टेल पनी सय दुई सय जनाको एउटै हुँदा मानीसको बसाई पनी भेडा बाख्राको जस्तो गरी भएको कुरा हामीेले स्थलगत अनुगमन पछी थाहापायै ।
हुनत हामी यत्रो दुख आखीर बाच्न अनी बचाउनको लागी गरीरहेका हुन्छौ बाच्नको लागी खानुपर्छ तर त्यही खानानै घाटीबाट नगएपछी लगातार बाह् देखीप्रन्ध्र घण्टासम्म खटेर कामगर्ने कामदारको स्वास्थ्य स्थीतीमा कस्तो खालको असर पुग्यो होला मुख्य सोच्नु पर्ने गम्भीर बीषय त्यहाँनीर बनेको छ ।
न भनेको तलब न अन्य सेवा सुबीधा केही पनी भनेजस्तो नभएपछी यी
तपाईहरुले पाएको पीडाको बीषयमा यहाको नेपाली राजदुतावासलाई कुनै खबर गर्नु भाको छैन भनेर हामीले प्रश्न तेर्सायै तर जबाफ दीदै भुबालले .........अब राजदुताबासको मान्छे त आउछ तर हामीले बोलाएर होईन कम्पनीको बोसले बोलाएपछी मात्र अनी उल्टै हामीलाई थर्काउछ यसरी उसको कुरा सुन्दा लाग्छ नेपाली राजदुताबास हामी नेपालीको लागीहोईन यहीका कम्पनीको हकहीतको लागी राखीएको व्यापारीक संस्था हो ।
यसरी सुनारले जतीलुकाएपनी छरपस्टै देखीएका दुखहरु अनी मलेशीयामा एक नेपालीले भोग्नुपर्ने यथार्थ पीडालाई बताए ।
पीडाहरु पोख्ने क्रममा भुबालले अर्को नीकै भयावह पीडालाई पनी भन्नपुगे । कुरा हो नेपालीहरुको बुझाईमा काले भनेर चीनीने तामीलहरुबाट हरेक ठाउमा नेपालीहरु ठगीन र लुटनि पुगेको अनी तामीलकै हातबाट मात्र दश रीगंट नदीएकै नीहुँमा मारीने जस्ता डरलाग्दा कुराहरुलाई सुनउँदै गर्दा जो कसैको मुटुले पनी ठाउ छोड्न सक्छ । तर मलेशीयामा रहेका हरेक नेपालीहरु यस्तै डरको नदीमा पौडीनु परेको छ ।
यसरी यीनै यस्तै कुराहरुले क्षणभरमा देखीएको सपना भताभुग भएको कुरालाई स्वीकार्दे उनले बाकी भविष्यको मीठो कल्पना भने गर्न छाडेका छैनन ।
कल्पनामा बहदै भुवाल रीण तीरेर भ्याए पछी तुरुन्त नेपाल फर्कीने अनी दुई चार पैसा लगानी गरेर नेपालमै केहीगर्ने योजना सुनाय ।
आजउनी यो पराई भुमीमा भोगेका भोगाईहरुलाई स्मरण गर्दै आफ्ना गाउ ठाउका साथी संगीहरुलाई यसरी सम्झी रहेका छन । अझबीशेष गरी उनलाई सम्झीएका छन जो सगं सुनारले सगै मर्ने अनी सगै बाच्ने कसम खाएका थीए अनी यादले छटपटीन्छन आतीन्छन अनी मनमनै कयै पल्ट रुन्छन पनी तर यो रुवाईको कुनै मुल्य रहेन यो श्रमीक नेपालीहरु थुनीने देश मलेशीयामा । यस्तै छ अनी यस्तै नै भईरहेको छ मलेशीयामा नेपाली भुवाल जस्तै आम नेपालीकामदारहरुको जीबन भोगाई, मात्र यसरी नै गुज्रीरीहेको छ ।