Published On:Thursday, November 6, 2014
Posted by dadad

भ्रष्टाचार आरोपित थापालाई जिम्वेरीबाट फिर्ता बोलाउन माग

२० कार्तिक, काठमाडौं । भ्रष्टाचारको अभियोगमा व्यवस्थापिका–संसद्, सार्वजनिक लेखा समिति र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिनको दायरामा रहेका गणेश थापालाई सभासद् लगायत सम्पूर्ण जिम्मेवारीबाट फिर्ता बोलाउन पार्टीका भ्रातृ सङ्गठनले माग गरेका छन् ।

राष्ट्रिय प्रजातान्त्रिक मजदुर सङ्घका अध्यक्ष रमा थापा, राष्ट्रिय प्रजातान्त्रिक युवा सङ्घका सभापति सगुनसुन्दर लावती, राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्गठनका सभापति किशोर गुरुङ र राष्ट्रिय युवा मोर्चाका सभापति बालकुमार राईले जिम्मेवारीबाट फिर्ता बोलाउन माग गरेका हुन् ।

उनीहरुले बिहीबार विज्ञप्ति निकालेर भ्रष्टाचारको आरोप लागेका व्यक्तिलाई सभासद् बनाउनु हुन्न भन्ने देशभरका निष्ठावान नेता र कार्यकर्ताको सदीक्षालाई अध्यक्ष कमल थापाले तिलाञ्जलि दिएर मन्त्रिपरिषद्को सिफारिसमा मनोनयन हुने २६ सभासद्मा आफ्ना सहोदर भाइ गणेशको नाम सिफारिस गरिएको बताएका छन् ।

विज्ञप्तिमा सभासद् थापालाई आवश्यक कारबाहीको निर्देशन दिनु र  फिफाले चार महिने प्रतिबन्ध लगाउनु कार्यकर्ताको सही सुझाव नसुन्ने साँघुरो नियतिको परिणाम भएको उनीहको जिकिर छ ।

0 comments for "भ्रष्टाचार आरोपित थापालाई जिम्वेरीबाट फिर्ता बोलाउन माग"

Leave a reply

    Popular Posts

    Blog Archive