Published On:Thursday, November 6, 2014
Posted by dadad
धादिङका सबैभन्दा बढि युवा मलेसिया जान्छन्
२० कार्तिक, धादिङ । वैदेशिक रोजगारीमा जानेहरुमध्ये धादिङ जिल्लाबाट सबैभन्दा बढि मलेसिया जाने गरेको एक तथ्याङ्कले देखाएको छ ।
धादिङबाट श्रम स्वीकृति लिएर विदेश गएकाहरुमध्ये ४५ प्रतिशत मलेसिया जाने गरेको नयाँ तथ्यांक सार्वजनिक भएको हो ।
धादिङबाट श्रम स्वीकृति लिएर विदेश गएकाहरुमध्ये ४५ प्रतिशत मलेसिया जाने गरेको नयाँ तथ्यांक सार्वजनिक भएको हो ।
सिडर््स धादिङ र आवाज अभियान नेपालले बिहीबार धादिङवेशीमा गरेको अभिमुखिकरण कार्यक्रममा यस्तो तथ्याङ्क सार्वजनिक भएको हो । धादिङबाट विदेश जानेहरु मध्ये ४५ प्रतिशत मलेसिया, २४ प्रतिशत साउदी अरब, १७ प्रतिशत कतार, १२ प्रतिशत युएइ, र २ प्रतिशत कुबेत जाने गरेका छन् ।
नेपालबाट धेरै पैसा कमाउने लोभमा एक सय ९ राष्ट्रमा नेपालीहरु पुग्ने गरेका छन् । २०५० सालदेखि बैदेसिक रोजगारमा जानेको संख्यामा उल्लेख्य वृद्धि हुँदै गएको र गत चार वर्षमा पनि हरेक वर्ष विदेश जानेको संख्यामा बढ्दै गएको देखिएको छ । वैदेशिक रोजगारीमा विभिन्न देशमा पुग्ने नपाली कामदारहरु असक्षम हुने हुँदा अधिकांशले दुःख पाउने गरेको सरोकारवालाहरुले बताएका छन् ।
सकेसम्म स्वदेशमा रोजगार गरौँ, विदेश जाने नै हो भने सही सूचना र सीप सिकेर जाऔँ भन्ने मूलनाराका साथ सुरु बैदेशिक रोजगारमा जाने कार्यलाई सुरक्षित र लाभदायि बनाउने उद्देश्यले धादिङमा पहिलो चरणको सामि परियोजना शुरु भएको छ ।