Published On:Sunday, November 2, 2014
Posted by dadad

रातमा सुत्नु अघि यस्तो गफ राम्रो

एजेन्सी । बातचितले कुनै पनि समस्या हल हुनसक्छ । सम्बन्धमा आएको दरारमा समेत खुलेर गरिने कुराकानीले सुधार आएको उदाहरण प्रसस्तै भेटिन्छ । एक अध्ययनका अनुसार मनोरञ्जनात्मक र सेक्सका विषयमा हुने कुराकानीले सम्बन्ध विच्छेद हुने सम्भावना एकदमै न्यून हुनेछ ।

यदि तपाईं आफ्नो जीवनसाथीसँग सेक्सका विभिन्न पक्षका बारेमा खुलेर कुराकानी गर्नुहुन्छ भने सम्बन्धमा अझै सुमधुरता आउने अध्ययनको निष्कर्ष छ । यो त बातचितले समस्या समाधान गर्ने कुरा भयो, तपाईं यदि आरामले निदाउन चाहनु हुन्छ भने कस्तो गफ गर्ने त ? ‘वूमन्स डे’ अनलाईनले सुत्नु अघि लाईफ पार्टनरसँग कस्तो कुराकानी गर्ने भन्ने विषयमा एउटा लिष्ट तयार पारेको छ । सो अनलाईनका अनुसार तपाई आरामदायी निद चाहनुहुन्छ भने सुत्नुअघि सेक्सका विषयमा कुराकानी गर्नुहोस् ।

आफ्नो जीवनसाथीसँग सेक्सबाट कत्तिको इन्जोई गर्छौ, सेक्सका समयमा प्रयोग गरिने कण्डम लगायतका गर्भनिरोधक साधनको प्रयोगले कस्तो प्रभाव पर्छ, कस्तो पोजिसनमा सेक्स गर्न मन पराउँछौ, कुन टाईममा सेक्स गर्दा बढी इन्जोई गर्छौ लगायत सेक्सका विषयमा कुराकानी गरे आरामले निदाउन सकिन्छ । साथै यस्तो समयमा गरिने सेक्स प्लानिङ र यस विषयको कुराकानीले सम्बन्धलाई सधैं सुमधुर बनाईराख्ने सो अनलाईनको निष्कर्ष छ ।

0 comments for " रातमा सुत्नु अघि यस्तो गफ राम्रो "

Leave a reply

    Popular Posts

    Blog Archive