Published On:Thursday, October 23, 2014
Posted by dadad

१७ बुँदे घोषणापत्र जारी गर्दै राजश्व विभागको गोष्ठी सम्पन्न

६ कात्तिक, काठमाडौं । आन्तरिक राजस्व विभागका प्रमुख कर अधिकृतहरूका लागि गोदावरीमा सञ्चालन गरिएको दुई दिने व्यवस्थापन गोष्ठी ‘१७ बुँदे गोदावरी घोषणापत्र’ जारी गर्दै सम्पन्न भएको छ ।

कार्यक्रममा उपस्थित हुन नसकेका मुख्यसचिव लिलामणि पौडेलले टेलिफोनबाटै कर प्रशासनका कर्मचारीहरूलाई निर्देशन दिए । कर प्रशासन असफल हुँदा समतामूलक राज्य बनाउने काम पनि असफल हुने भएकाले कर प्रशासनको न्यायपूर्ण प्रयासको आवश्यकता हुने उनले बताए ।

कर प्रशासनमा थुप्रै समस्याहरू भएकाले पिरमर्काहरुमा उचित सहयोगको खाँचो भए सामूहिक हितको लागि कर प्रशासनको इज्जत बढाउन आफू सहयोग गर्न तयार रहेको पौडेलको भनाई थियो ।
अर्थ सचिव सुमन शर्माले घोषणापत्र पारित गर्दै प्रतिवद्धता र अठोट गरेकाले सफलता प्राप्त गर्नका लागि कार्यान्वयन गर्नेतर्फ लाग्न निर्देशन दिए । कर प्रशासनका कर्मचारी उच्च नैतिकतामा रहनुपर्ने तथा हरेक करदाताको रेकर्ड र उसले गर्ने गतिविधि कर प्रशासनले राख्नैपर्ने उनले बताए ।

पौडेलले लक्ष्यभन्दा बढी राजस्व असुली गरी पुरस्कृत हुने कार्यालयहरूलाई बधाई तथा शुभकामना दिएका थिए ।

अर्थमन्त्रालय राजस्व महाशाखाका प्रमुख राजन खनालले कर प्रशासनले जति धेरै कर उठाउन सक्यो, त्यती नै बढी मानिसले फाइदा पाउने भएकाले देशमा लगानी गर्ने वातावरण कसरी बनाउन सकिन्छ त्यसतर्फ लाग्न निर्देशन दिए । एक हजार राजस्व संकलन गर्नका लागि लगभग ९ रुपैया लगानी भइरहेको उनले बताए ।

कार्यक्रममा आन्तरिक राजस्व विभागका महानिर्देशक चुडामणि शर्माले उपस्थित कर प्रशासनका कर्मचारीहरूलाई विभागको तर्फबाट आधिकारिक निर्देशन दिदै कार्यालयको मूल्यांकनको मूल आधार भनेको राजस्व संकलन भएको बताए । ४८ अर्वको बक्यौता घटाउनुपर्ने भन्दै बहुआयामिक उपायहरू लगाएर भएपनि नन फाइलर घटाउन विविध किसिमका कार्यक्रमहरू सञ्चालन गर्नुपर्नेमा जोड दिए ।

0 comments for "१७ बुँदे घोषणापत्र जारी गर्दै राजश्व विभागको गोष्ठी सम्पन्न"

Leave a reply

    Popular Posts

    Blog Archive