Published On:Thursday, October 23, 2014
Posted by dadad

तिहारमा सुनचाँदीको कारोबार बढ्यो

काठमाडौँ, ६ कात्तिक । दसैँमा कारोबार हुन नसकेको सुनको व्यवसाय अहिले तिहारमा बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार काठमाडौँमा मात्र यो हप्ता दैनिक २५ किलो सुन तथा २०० किलो चाँदीको कारोबार भएको छ  ।
दसैँमा दैनिक १० किलो सुन तथा करिब १०० किलो चाँदी खरिद बिक्री भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा बढ्दै गएको सुनको मूल्य र नेपाली रुपियााको क्रय शक्ति घटदै गएका कारण सुनको कारोबारमा कमी आएकाले व्यवसायीलाई काम गर्न कठिन भएको महासङ्घका अध्यक्ष मणिरत्न शाक्यले बताए ।
लक्ष्मीपूजामा धेरै थोरै सुन किनेर घरमा सङ्ग्रह गर्नुपर्छ भन्ने मान्यताका कारण पनि अहिले सुनको व्यापार बढेको हो । सामान्य दिनमा अहिले दैनिक पाँच÷छ किलो पनि सुन तथा गरगहना बिक्री हुन नसकेको अवस्थामा तीन दिनमा करिब ६० किलो सुनको बिक्रीले व्यवसायीलाई आशा पलाएको छ ।

मखनमा काँचो सुन व्यापार गर्दै आएका नेभी श्रेष्ठले “मानिसहरुले सुन भनेको नगद नै हो ” भनी सकेको सञ्चय गर्ने र अप्ठेरो परेका समयमा बिक्री गरी व्यावहारिक काम चलाउँदै आएको भए पनि अहिले सुनको मूल्य उच्च रहेकाले  लुटपाट तथा असुरक्षाको महसुस गरी आवश्यक परेका समय केही किन्ने गरेको अनुभव सुनाए ।

नेपाल राष्ट्र बैंकले विगतमा सुनको आयात अत्यधिक भएकाले व्यापार घाटा बढ्दै गएको भन्दै त्यसलाई न्यूनीकरण गर्न दैनिक २० किलो मात्र सुन आयात गर्न अनुमति दिएको थियो ।

0 comments for "तिहारमा सुनचाँदीको कारोबार बढ्यो"

Leave a reply

    Popular Posts

    Blog Archive