Published On:Thursday, October 23, 2014
Posted by dadad

आइसिसी डिभिजन ३ क्रिकेट : युगाण्डासँग नेपाल २० रनले पराजित

CANकाठमाडौं, कात्तिक ६ – आइसिसी वर्ल्ड क्रिकेट लिग डिभिजन थ्रीको पहिलो खेलामा नेपाल पराजित भएको छ । नेपाल युगाण्डासँग २० रनले पराजित भएको हो । २ सय ४ रनको लक्ष्य पछ्याउँदै व्याटिङ गरेको नेपालले  ४८ ओभर ५ बलमा सबै विकेट गुमार १ सय ८३ रन मात्र बनाउन सक्यो ।

नेपालका लागि नरेश बुढाएरले ६२ रनको योगदान दिएपनि हार टार्न सकेनन् । यस्तै नेपालका लागि सागर पुन, शरद भेषवाकर र सुवास खकुरेलले समान २२ रन बनाए भने कप्तान पारस खड्का र ज्ञानेन्द्र मल्लले समान १४ रन बनाए । यस्तै मेहबुब आलमले ४ तथा बसन्त रेग्मीले १० रन बनाए ।

यसअघि टस हारेर पहिलो व्याटिङ गरेको युगाण्डाले पुरै ओभर खेल्दै ८ विकेटको क्षेतिमा २ सय ३ रन बनायो । नेपालका कप्तान पारस खड्काले ३, सोमपाल कामी र बसन्त रेग्मीले २–२  र सागर पुनले १ विकेट लिएका छन् । डिभिजन ३ का शीर्ष २ टिम डिभिजन टुमा बढुवा हुनेछन् ।

0 comments for "आइसिसी डिभिजन ३ क्रिकेट : युगाण्डासँग नेपाल २० रनले पराजित"

Leave a reply

    Popular Posts

    Blog Archive