Published On:Thursday, October 23, 2014
Posted by dadad
सुरुङ्गा गोल्ड कपको उपाधि झापा-११ लाई

खेलको पहिलो हाफको २५ औं मिनेटमा झापा-११ का जर्सी नम्बर ८ का खेलाडी नरेन्द्र लिम्बूले गोल गर्दै टिमलाई अग्रता दिएका थिए । सोही गोल नै खेलको निर्णायक गोल समेत भएको थियो । खेलको दोस्रोमा पटकपटक गोलका विभिन्न अवसरहरु सृजना भएको भएतापनि ती अवसरहरुको कुनै टिमले सदुपयोग गर्न सकेनन् ।
खेलमा कञ्चनजंघा फुटबल क्लबका जर्सी नम्बर १२ का खेलाडी निवास राना म्यान अफ द म्याच, कञ्चनजंघाकै राजु सिंह बेष्ट गोल किपर घोषित भएका थिए भने म्यान अफ द टुर्नामेन्ट झापा-११ का क्याप्टेन प्रवेश कटवाल घोषित भएका थिए । प्रतियोगिताको उपाधि जित्ने टोलीलाई नगद १ लाख ११ हजार १ सय ११ रुपैयाँ प्रदान गरिएको छ भने उपविजेता टोलीले ५१ हजार १ सय ११ रुपैयाँ प्राप्त गरेका छन् ।