DEATH TOLL RISES TO 10 IN HETAUDA BUS COLLISION
Posted by dadad | | Posted in English
Nepal defeated in friendly match against the Philippines
Posted by dadad | | Posted in English
को संग हुने भयो रेखाको विहे ?
Posted by dadad | | Posted in Entertainment
मैत्रीपूर्ण खेलमा फिलिपिन्ससँग नेपाल पराजित
Posted by dadad | | Posted in Sport
कतारको दोहामा भएको खेलमा नेपालले फिलिपिन्सलाई पहिलो हाफ गोलरहित बराबरीमा रोके पनि दोस्रो हाफमा तीन गोल खाएको थियो ।
फिलिपिन्सका लागि खेलको ४९ औँ मिनेटमा सिमोनले गोल गरे । खेलको ६५ औँ मिनेटमा नेपाली मिडफिल्डर जगजित श्रेष्ठ रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि नेपाल थप दबाबमा प¥यो ।
खेलको ९० औँ मिनेटमा नेपालका आदित्य चौधरीले फल गरेपछि फिलिपिन्सले पेनाल्टी पायो र फिलिपले सजिलै गोल गरे । लगत्तै हार्मन मार्कले थप एक गोल गर्दै फिलिपिन्सलाई ३–० को जित दिलाए ।
भारतीय रुपैयाँको अभावमा नेपाली ठगिँदै
Posted by dadad | | Posted in Economic
मन्त्री सिंहको टोली भियाना जाने
Posted by dadad | | Posted in National
शिक्षक कल्याणको वार्षिक मुनाफा १ लाख ९८ हजार रुपैयाँ
Posted by dadad | | Posted in dhading, Samachar
नेतालाई धमाधम कारबाही गर्दै एकीकृत माओवादी
Posted by dadad | | Posted in National
आन्तरिक विवाद समाधानका लागि कात्तिक २४ देखि केन्द्रीय समितिको बैठक बस्ने टुंगो लागेपछि एमाओवादीमा संस्थापन र असन्तुष्ट दुबै पक्षले एकले अर्को पक्षको कारबाहीको माग गर्दै नेतृत्वलाई दबाब दिन थालेका छन् ।
धनुषा, नुवाकोट, रसुवा, चितवन, काठमाडौं, गोरखा, बारा, पर्सा, मुगु, डडेलधुरालगायतका झन्डै दुर्इ दर्जन जिल्लामा एमाआोवादीको समानान्तर समिति गठन भएको छ ।ती जिल्लामा पार्टी अध्यक्ष प्रचण्ड र बरिष्ठ नेता बाबुराम भट्टराई पक्षका अलगअलग जिल्ला समिति रहेका छन् । दुबै पक्षले एकै शैली अनुसरण गर्दै केन्द्रीय सदस्यलाई कारबाहीको मागसहित केन्द्रीय कार्यालयमा सिफारिस पठाउन थालेका छन् ।
अहिलेसम्म संस्थापन पक्षले भट्टराई पक्षीय नेतृ हिसिला यमी,गंगानाराण श्रेष्ठ,सोनामसिंह स्याङतान,रामरिजन यादवलाई कारबाहीको सिफारिस गरेको छ । यस्तै भट्टराई पक्षले नारायण दाहाल र हितबहादुर तामाङमाथि कारबाहीको सिफारिस गरेको छ ।
केन्द्रीय नेताले नै समानान्तर भेला गर्ने,तल्लो तहका नेता तथा कार्यकर्तालाई बहकाउने ,उक्साउने र पार्टीलाई फुट र विभाजनतर्फ लैजान आफ्नो जिम्मेवारीभन्दा बाहिर गई विधि–पद्धती उल्लंघन गरेकाले कारबाहीको सिफारिस गर्नु परेको दुबै पक्षका जिल्ला नेताले जिकिर गरेको खबर राजधानी दैनिकमा छ ।
मकवानपुरमा ज्यान गुमाउनेको संख्या १० पुग्यो
Posted by dadad | | Posted in Main News

Posted by dadad | | Posted in Image
पोखरामा फुड फेष्टिबल शुरु
Posted by dadad | | Posted in Main News, Samachar
राप्रपा नेपालको रोष्टम घेराउले संसद बैठक स्थगित
Posted by dadad | | Posted in Main News, National
कोरियामा कामदारको बेहाल
Posted by dadad | | Posted in Prabash

नेपालबाट हरेक वर्ष रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत कोरिया जान युवाले कोरियन भाषा सिकेर तयारी गर्दै बसे पनि कोरियामा कामदारमाथि शोषण भइरहेको एम्नेस्टीको रिपोर्टले जनाएको छ। गत सातामात्रै ईपीएसमार्फत कोरिया जाने कामदारको लागि लिइएको भाषा परीक्षाको नतिजामा ३६ सय ६३ जना उतीर्ण भएका थिए।
गत असोज १० र ११ गते भएको परीक्षामा ५८ हजार ७ सय ७० जना सहभागी भएका थिए। परीक्षाबाट ६.२ प्रतिशतमात्र उतीर्ण भएका हुन्। उतीर्णमध्ये ३४ सय ६२ पुरुष र २ सय जना महिला रहेका छन्। पाँचौ भाषा परीक्षाका लागि गत साउन २८ देखि ३१ गतेसम्म आवेदन खुल्ला गरिएको थियो।
बिटर हार्भेस्ट' शीर्षकको एम्नेस्टीको प्रतिवेदनले कृषि क्षेत्रका आप्रवासी कामदारमाथि भइरहेको शोषण र दुर्व्यवहारका विषयमा विवरण प्रस्तुत गरेको छ। ईपीएसमार्फत कोरिया पुगेका कामदारको श्रम शोषण भएको उल्लेख गरिएको छ।
विश्वका १३ मुलुकबाट ईपीएसमा कोरियामा रोजगार गर्ने कामदार पुग्ने गर्छन्। एम्नेस्टीले कोरियामा रहेका नेपाली कामदारसहित विभिन्न मुलुकका कामदारसँग कुराकानी गरेर आफ्नो रिपोर्ट तयार पारेको हो।
एम्नेस्टीसँगको कुराकानीमा एक २९ वर्षीय नेपाली महिला कामदारले भनेकी छिन्, 'मलाई तोकिएभन्दा बढी घण्टा काममा लगाइन्थ्यो। तर, त्यसबापत रकम दिइन्नथियो। मेरो हाकिमले मैले पाउने निर्धारित तलबबाट ५० हजार वन पनि काट्थ्यो। 'किन काटेको' भनी भन्दैनथियो। 'मलाई छाडिदेऊ' भनेर हाकिम र उनकी पत्नीलाई भन्दा उनीहरूले अस्वीकार गरे। बोसकी श्रीमतीले छाडेर जाने भए १० लाख वन तिर्नुपर्ने शर्त राखे। मसित त्यति धेरै पैसा कहाँबाट हुनु? यसअघि एक क्याम्बोडियाली सहकर्मीले १० लाख र अर्काे दुई सहकर्मीले ६ लाख वन तिरेर रिलिज पेपरमा साइन गराएका थिए।'
कोरियामा ईपीएसमार्फत कृषि क्षेत्रमा विदेशबाट ल्याइएका कामदारमाथि भइरहेका अमानवीय दुर्व्यवहारबारे अन्य मुलुकका कामदारको पनि पीडा उल्लेख गरिएको छ।
एक क्याम्बोडियाली कामदारले भनेका छन्– 'तरकारी खेतमा मैले बिहान ६ बजेदेखि मध्यरातसम्म काम गर्नुपर्थ्यो। एक घण्टामात्रै खाना खान समय पाइन्थ्यो। थाकेर यसो जिउ तन्काएको देख्ने बित्तिकै मालिकले गाली गर्न थालिहाल्थ्यो। त्यसैले जिउ दुख्ने बित्तिकै उठेर मालिकले मतिर हेरिरहेको छ कि छैन हेर्नुपर्थ्यो र हत्तपत्त जिउ तन्काइहाल्नुपर्थ्यो। यो ठीक होइन। किनभने कोरियाली कामदारलाई चाहिँ आराम गर्न दिइन्छ, हामीलाई मात्र दिइन्न। ट्वाइलेट पनि थिएन हामी बसेको ठाउँमा। त्यसैले शौच कार्य गर्न जमिन खनेर खाल्डो पार्नुपर्थ्यो। मालिकले हामीलाई तलब पनि ढिला दिन्थ्यो।'
पर्याप्त मात्रामा स्वदेशी कामदार राख्न नसक्ने साना तथा मझौला उद्योगका लागि आप्रवासी कामदार उपलब्ध गराउन कोरिया सरकारले ईपीएस सुरु गरे पनि यसले कृषि क्षेत्रका आप्रवासी कामदारलाई श्रम शोषण र दुर्व्यवहार गरेको एम्नेस्टीको प्रतिवेदनमा उल्लेख छ। दक्षिण कोरिया सरकारले त्यहाँ कृषि क्षेत्रमा कार्यरत आप्रवासी श्रमिकमाथि भइरहेको शोषण र उनीहरूमाथि हुँदै आएको जबर्जस्ती श्रमको अवस्था अन्त्य गर्नुपर्ने कुरा एम्नेस्टी इन्टरनेसनलले जनाएको छ। दक्षिण कोरियाको कृषि उद्योगमा कसरी शोषण भइरहेको छ भन्ने उजागर गर्दै तयार गरिएको एक नयाँ प्रतिवेदन सार्वजनिक गर्दै एम्नेस्टी इन्टरनेसनले उक्त कुरा बताएको हो।
समयमा तलब नदिने, विश्राम गर्ने नदिने, घर फर्कन खोजे उल्टो पैसा माग्ने, बढी समय काममा लगाउने, भान्सा र ट्वाइलेटको उचित व्यवस्था नगर्ने र केही रोजगार दाताले हातपातसमेत गर्ने गरेको प्रतिवेदनले जनाएको छ। धम्क्याउने र हिंसा गर्ने, फोहोर वासस्थान, अत्यधिक कार्यघण्टा, साप्ताहिक बिदाको अभाव र ओभरटाइमको भुक्तानी नदिइने ज्यादतीलगायत रहेका छन्।
'कृषि क्षेत्रमा काम गर्ने आप्रवासी श्रमिकमाथि गरिने शोषण दक्षिण कोरियाको इज्जतमा एउटा दाग हो। त्यहाँका अधिकारीले त्यस्तो प्रणालीको विकास गरे जसको आडमा श्रम शोषणका लागि मानव ओसारपसार भइरहेको छ र जबर्जस्ती श्रमले बढावा पाएको छ,' एम्नेस्टी इन्टरनेसनलकी आप्रवासी श्रमिकको अधिकारसम्बन्धी एसिया प्रशान्त क्षेत्रीय अनुसन्धानकर्ता नोर्मा काङ्ग म्युकोले बताएकी छिन्। 'यदि दक्षिण कोरियालीमाथि यस्तै ज्यादतीका शृंखला हुन्थे भने तुरुन्त प्रतिरोध हुन्थ्यो।'
दक्षिण कोरियामा कृषि क्षेत्रमा अनुमानित २० हजार जना आप्रवासी श्रमिक कार्यरत छन्। तीमध्ये धेरैजसो कम्बोडिया, नेपाल र भियतनामबाट ईपीएस प्रणालीअन्तर्गत त्यहाँ ल्याइन्छन्। त्यसरी आउनुअघि धेरैजसोले कोरियामा काम पाउनको लागि ज्यादै ठूलो रकम ऋण लिएका हुन्छन्। यस्तो ऋण उनीहरूले कोरियामा गर्ने दुई वर्षको कमाई बराबरको हुने गर्दछ।
यो वर्ष नेपालमा उत्पादनमूलकतर्फ २७ सय ६८ जना र कृषितर्फ ८ सय ९५ जना उतीर्ण भएका छन्। उतीर्णहरू आगामी जनवरीदेखि कोरिया जाने प्रक्रिया सुरु गर्ने वैदेशिक रोजगार विभाग ईपीएस शाखाले जनाएको छ।
दक्षिण कोरियामा कृषि क्षेत्रमा काम गर्ने आप्रवासी श्रमिकमध्ये धेरैजसो त्यहाँ पुर्याीइएपछि शोषण र जबर्जस्ती श्रममा पर्ने गरेका छन्। एम्नेस्टी इन्टरनेसनलले अनुसन्धान गरेका सबै घटनामा करारको प्रक्रियामै धोका दिइएको पाइयो। आप्रवासी श्रमिक उनीहरूलाई पहिला बताइएको भन्दा फरक शर्त र अवस्थामा काम गर्न बाध्य भएको कुरा अनुसन्धान प्रतिवेदनले देखाएको छ। त्यसरी बाध्य हुनुमा कुनै न कुनै प्रकारको धम्की दिने गरेको पाइएको र धम्क्याएर काममा लगाउनु जबर्जस्ती श्रमको अवस्था हो।
'कृषि क्षेत्रका आप्रवासी श्रमिकविरुद्ध मानव बेचबिखन र जबर्जस्ती श्रमलगायत ज्यादती गर्ने रोजगारदाताले नगण्यमात्र सजायको सामना गर्दछन्। यो त्यसकारणले पनि हो कि ईपीएस प्रणालीले श्रमिकलाई काम परिवर्तन गर्न हतोत्साहित गर्दछ र श्रम अधिकृतलाई उजुरी दर्ता गर्न खासै बाध्य पार्दैन' प्रतिवेदनमा उल्लेख छ।
ईपीएस नियमअन्तर्गत गैरकानुनी भए तापनि रोजगारदाताले श्रमिकलाई अर्को फार्ममा सब–कन्ट्रयाक्टमा लगाउने गरेको एम्नेस्टी इन्टरनेसनलले भेटेको जनाएको छ। अन्तर्वार्ता गरिएकामध्ये आधा संख्याकालाई गैरकानुनी हिसाबले सब–कन्ट्रयाक्ट गरिएको थियो। त्यसरी सब–कन्ट्रयाक्ट गरिएकाले त्यसका लागि राजी नभए काम गुम्ने खतरा भएको हुँदा आफूसँग सब–कन्ट्रयाक्टलाई स्वीकार्नुको विकल्प नभएको बताएको प्रतिवेदनमा उल्लेख छ।
-नागरिक न्युज
ओली र नेपालको झगडा बल्खुमा बल्झियो !
Posted by dadad | | Posted in Main News, National
पार्टीभित्र कुनै छलफल नै नगरिकन निर्णय लिएको भन्दै अध्यक्ष ओलीसँग निकै रुष्ट बनेका नेता नेपालले गुटको राजनीति नछाडेसम्म पार्टी भनेजस्तो नहुने जिकिर गरे । पार्टीभित्र कुनै छलफल नै नगरी मन्त्री फिर्ता बोलाएको, ८ सभासद मनोमानी आधारमा मनोनयन गरेको तथा संसदीय समितीका सभापतिहरु चयन गर्दा गुटगत आधारमा गरेको नेता नेपालको आरोप छ ।
केपी ओलीले आफ्नो समुहाके असहमतीलाई नकार्दै निर्णय गरिए नेतृत्वको गलत क्रियाकलापको भण्डाफोर गर्ने समेत नेपाल पक्षको चेतावनी छ । नेता नेपालको समुहले आफ्ना गुटका कार्यकर्तालाई मात्र राखेर एकलौटी रुपमा गठन गरिएको सुकुम्बासि आयोग बिघटन गर्न समेत माग गरेको छ । बैठक स्थगीत गर्दै अध्यक्ष ओलीले नेता नेपालको असहमतीलाई समेत समेटेर राजनीतिक प्रतिबेदन ल्याउने बताएका छन् ।
Twenty two -party alliance concludes no alternatives of consensus
Posted by Tekman Shakya | | Posted in English
सहमतिय प्रक्रिया बेगर संविधान बन्दैनः २२ दलीय मोर्चा
Posted by Tekman Shakya | | Posted in Main News, National
एमाओवादीको संसदीय दलको कार्यालय सिंहदरबारमा आज बसेको मोर्चाको बैठकले प्रमुख तीन राजनीतिक दलका बीचमा हालसम्म सहमतिकालागि भएका प्रयास तार्किक निष्कर्षमा पुग्न नसके पनि उक्त प्रक्रियाको विकल्प नरहेको निष्कर्ष निकालेको हो ।
सरकारमा रहेका दलहरु सहमतिको प्रक्रियाबाट अगाडि बढ्न नचाहेको र संविधान निर्माण प्रक्रियालाई गणितीय ढङ्गले लैजान खोजेको वार्ताका क्रममा देखिएको भन्दै मोर्चाले विगतमा विभिन्न पक्षसँग भएका सहमतिलाई आधार बनाएरमात्रै अगाडि बढ्नुपर्नेमा जोड दिइएको सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो ।
बैठकमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले प्रमुख तीन दलका बीचमा भएका वार्ता र संवादका क्रममा भएका गतिविधिका बारेमा जानकारी गराउनुभएको थियो ।
संविधानसभाको संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिलाई संविधानका विवादित विषयमा कुनै पनि सहमति हुन नसकेकाले असहमतिको प्रतिवेदन तयार पार्ने वा अन्य कुनै विकल्पबाट समाधान गर्न सकिन्छ कि भनेर आग्रह गर्ने निर्णय गरिएको छ ।
प्रमुख तीन दलले विवादित विषयमा आ–आफ्नो अडानमात्रै प्रस्तुत गर्ने र समाधानको कुनै पनि विकल्प ननिकाल्ने प्रवृत्ति गलत भएको भन्दै मोर्चाले तत्काल विकल्प प्रस्तुत गर्नसमेत सरकारमा रहेका दललाई आग्रह गरेको छ ।
संविधानसभाले विवादित विषयमा सहमति जुटाउनका लागि यही कात्तिक १५ गतेसम्म सहमति कायम गर्ने समयसीमा दिएको छ ।
१२ जनालाई जनही दुई करोड जरिवाना सहित कैद
Posted by dadad | | Posted in National, Samachar
जग्गा धनी प्रमाण पुर्जा नागरिकतासमेत नक्कली बनाएर साविकको बजार मूल्य रु १६ करोड २० लाखमा बिक्री गर्न लाग्दा सक्कली जग्गा धनीले थाहा पाएपछि कीर्ते गर्नेलाई प्रहरीले पक्राउ गरेको थियो । जिल्ला अदालत भक्तपुरका न्यायाधीश लेखनाथ ढकालको इजलासले बिहीबार गरेको फैसलामा कीर्ते गर्नेमध्ये मोरङ सिजुवा गाविस–९ घर भई मालपोत कार्यालय भक्तपुरमा कार्यरत कर्णबहादुर विष्टलाई रु दुई करोड १० लाख २९ हजार ८५ जरिवाना र एक वर्ष कैद तथा सरकारी कर्मचारीले कसुर गरेबापत थप दुई वर्ष गरी कुल तीन वर्ष कैदको फैसला सुनाएको जिल्ला अदालत भक्तपुरका श्रेष्तेदार खड्गराज अधिकारीले जानकारी दिए ।
अदालतले कीर्ते गर्ने मध्येका मध्यपुरथिमि नगरपालिका– १६ का वडा सचिवसमेत रहेका मथिनपा– १२ का अभयन्द्र रञ्जित, भक्तपुर नगरपालिका– ११ का विश्वराम सुवाल, मध्यपुरथिमि लोकन्थलीका अनिल हेक्का, मध्यपुरथिमि– ८ का धनकृष्ण भासिमा, काठमाडाँैका दीपक क्याललाई जनही रु दुई करोड १० लाख २९ हजार ८५ जरिवाना र एक वर्ष कैदको फैसला सुनाएको छ । अदालतले दोषी ठहर गरेकामध्ये काठमाडौँ– १० बुद्धनगरका रोहितजंग राणा र मध्यपुरथिमि १६ लोकन्थलीका राजु लामा भने फरार रहेका छन् ।
अदालतले आरोपितमध्येका काभे्रपलाञ्चोक ज्याम्दी– ९ का टङ्कबहादुर बुढाथोकी, सर्लाही हरिवन– ६ का बालकृष्ण सिह, उदयपुर हरिया– ७ का भीमप्रसाद पौडेल र सिन्धुपाल्चोक बाह्रबिसे– २ का दिनेश अर्याललाई भने रु ५० जरिवाना र एक वर्ष कैद फैसला सुनाएको श्रेष्तेदार अधिकारीले जानकारी दिए ।
आरोपित मध्ये राजनकुमार श्रेष्ठ, शङ्कर भट्टराई, सुबोधकुमार दाहाल, अनुप चालिसे, दीलगोपाल श्रेष्ठ, लीलामणि भट्टराई, उमाकान्त पौडेल, रामहरि न्यौपाने र हरिविनोद चौलागार्इंलाई भने अदालतले सफाइ दिएको छ । मालपोतका कर्मचारी विष्टले सक्कली जग्गाधनीको फोटो उप्काएर नक्कली जग्गाधनीको फोटो टाँस्न मात्रै रु २५ लाख लिने सहमतिमा रु पाँच लाख लिएको पुष्टि भएको छ । गिरोहले जग्गा बिक्री गर्न २०६९ साउनमा रु २५ लाख बैनासमेत लिएको थाहाभएको छ । रासस
डिभिजन थ्रीको उपाधी लिएर नेपाली टोली स्वदेश फर्कियो
Posted by dadad | | Posted in Main News, Sport
शिखर सम्मेलनले फेरिने भयो रत्नपार्कको स्वरुप
Posted by Tekman Shakya | | Posted in Main News, National
रत्नपार्कमा पुरानो स्वरुपमा परिवर्तन र खाली ठाउँमा घाँस रोप्ने काम तीव्र भइरहेको काठमाडौँ महानगरपालिकाले जनाएको छ । पार्कमा नयाँ बिरुवा रोप्ने, रुख काँटछाँट गर्ने कार्य पनि तीव्र गरिएको छ । यस्तै खुल्लामञ्चमा समेत घाँस रोप्ने काम भइरहेको छ ।
रत्नपार्कभित्रका भत्केका भौतिक पूर्वाधारको मर्मत कार्य भइरहेको महानगरपालिकाका निर्माण विभागका प्रमुख सञ्जयराज उपाध्यायले जानकारी दिए । यसैगरी पार्कमा रहेका रुखमा चौतारा बनाउने, ट्र्याक बनाउने काम भइरहेको छ । पार्कभित्र अवलोकन गर्नका लागि अब टिकट काट्नुपर्ने नियमसमेत लागू गर्न लागेको उहाँले बताउनुभयो । टिकट काउन्टरका साथै सुरक्षाकर्मीको समेत व्यवस्था गर्न लागिएको हो ।
सार्क सम्मेलनलाई नै लक्षित गरी बनाउन लागेको भए पनि यो व्यवस्था सम्मेलनपछि पनि कायमै रहने उनले दाबी गरे । करिब ४० वर्षअघि निर्माण गरिएको भए पनि यसरी पार्कलाई पुनः निर्माण पहिलो पटक गर्न लागेको उनको भनाई छ ।रासस
निर्धारित समयमै संविधान ल्याउनुपर्योः ११ विद्यार्थी संगठन
Posted by dadad | | Posted in National
हामी नेपाली
Posted by Tekman Shakya | | Posted in Literature, Main News
![]() |
कृष्ण आचार्य |
अनि छत्तिस बर्ण चाहिन्छ,
त्यसरीनै देश जित्नको लागि,
देश विकास गर्नको लागि,
एक जात,एक भाषा अनि
एक धर्म भएर हुँदैन,
पहिला नेपाल चाहिन्छ अनि
हजार नेपालीको एक स्वर चाहिन्छ,
किन त ? किन म ? हामी जुन जात
हामी जुन धर्म, मान्ने भए पनि
पहिला हामी नेपाली हो ।
एउटै माला बनि बसको हामी
एउटै ताल बनि बसको हामी
धर्म,जात र भाषाको
कालो र सेतो को
दुव्लो मोटो र पातलो को
हिमाली तराई र पहाडीको,
किन चिरा हाम्रो विचमा ?
पहिला नेपाल अनि नेपाली
कसैको नामको पछाडी
दमाइ होला, कसैको कामी होला
कसैको थारु होला कसैको शर्मा होला
तर सबैको बस्ने घर एउटै हो ।
हामीले कुरा बुझनु पर्छ
नेपाल रहे हामी रहने हो,
हिमाल रहे नदि बहने हो,
हामी हामीमा अब छोड, त को भन्नलाई
एक जुट अनि एक स्वर चाहिन्छ
नेपाल बन्नलाई
त्यसैले हामी एक हुनु पर्छ
हिन्दु धर्ममान्नेले,
शिवको शक्ति लिएर आउ
बुद्ध धर्म मान्नेले बुद्धको वाणी लिएर आउ
अरु धर्म मान्ने ले यस्तै यस्तै चिज लिएर आउ
नेपाल एक भएर बनाउ
हामी जो जहा भए पनि
नेपाललाई एक साझा सुन्दर घर जस्तै बनाउ ।
काठमाडौंको छेउ...
Posted by dadad | | Posted in Image
ठेकेदारको ढिलाईले मेलम्ची फेरि अलमलमा
Posted by dadad | | Posted in Economic, Main News
गान्धी परिवार संकटमा
Posted by dadad | | Posted in Main News, National
माइक्रोसफ्ट कम्पनीले किन गर्यो तीन हजार कर्मचारी कटौती
Posted by dadad | | Posted in Main News, Technology
धादिङबेसीमा कृषि उपज बजार सुरु
Posted by dadad | | Posted in dhading
१४ वर्षकी बालीकाको शरिर ढुंगा बन्दै गएपछि...
Posted by dadad | | Posted in achamma sansar, Image
फाइब्रोप्लासिया ओसिफिक्यान्स प्रोग्रेसिफा भनिने सो रोगको शिकार बनेकी किशोरी नी मिनको सरीरका मांशपेशीहरु विस्तारै हड्डी बन्दै गएका छन् । यो रोगको उपचार छैन र छातिको हड्डी चेँपिँदै गएपछि स्वास फेर्न नसकेर मानिसको मृत्यु हुने गर्दछ ।
नी को सरीर सुक्दै गएपछि र विभिन्न ठाउँमा अनौठा कडा थुप्रा देखिन थालेपछि उनले सांघाइको तोंगजी अस्पतालमा उपचारका लागि गएकी थिइन् । तर डाक्टरहरुले रोगको यकिन उपचार नभएको बताएपछि औषधिको प्रयोग गरी यसको असर कम गर्न सकिने बताएपछि उनी र उनका परिवारमा केही आशा पलाएको छ ।
अहिले उनको अवस्था अत्यन्तै गम्भीर नरहेको र ६ महिनाका लागि परीक्षणका रुपमा डाक्टरले औषधि दिएको पारिवारिक स्रोतलाई उदृत गर्दै चिनियाँ संचारमाध्यमहरुले जनाएका छन् ।
आधुनिकतासँगै हराउँदैछन् रैथाने प्रविधिहरू
Posted by dadad | | Posted in Technology
तर, आधुनिकतासँगै मानिसको जीवनशैलीमा आएको परिवर्तनले पछिल्लो समय म्याग्दी जिल्लाका ग्रामीण क्षेत्रमा रहेका रैथाने प्रविधि अतिक्रमित भएको छ । यसले परम्परागत घरेलु मेसिनहरू हराउँदै मात्र छैनन्, ग्रामीण पहिचान मेटिंदै गएको छ । यसप्रति स्थानीय समुदाय सचेत भएको पाइँदैन भने सम्बन्धित निकायहरू भने मौन छन् ।
उखु पेलेर खुदो निकाल्ने, अमिलो पेलेर चुक बनाउने र तोरीबाट तेल निकाल्न प्रयोग गरिने परम्परागत घरेलु मेसिन ‘कोल’ गाउँमा नदेखिएको वर्षौँ भइसकेको छ । अघिल्लो पुस्तासम्ममा ऊखु, अमिलो र तोरी पेल्नका लागि गाउँमा निर्विकल्प घरेलु मेसिनको रूपमा रहेको कोलको अस्तित्व पूर्णरूपमा समाप्त भएको छ । यसका ठाउँमा नयाँ मेसिनहरूको प्रयोग हुन थालेको छ ।
धान कुट्नका लागि प्रयोग हुने ढिकी र ओखल पनि बिरलै देख्न पाइन्छन् । वर्षामा ओढ्ने स्याखु(घुम)को ठाउँ अहिले प्लाष्टिक, छाताले ओगटेको छ । गाउँमा जाँतो प्रयोगकर्ता कोही छैनन् । आधुनिक प्रविधिको विकास हुनु अघि यस क्षेत्रमा दैनिक जीवनयापनका लागि अतिआवश्यक एवम् निर्विकल्प परम्परागत साधन तेल पेल्ने कोल, उखु पेल्ने कोल, ढिकी, जाँतो, ओखल र पानी घट्टहरू लोप हँुदै गइरहेका छन् ।
करिब तीन दशक अगाडिसम्म निकै चलनचल्तीमा रहेका यी घरेलु मेसिनको प्रयोग विस्तारै लोप हुन थालेकोमा वातावरणविद् चन्द्रमणि सापकोटा चिन्ता व्यक्त गर्नुहुन्छ । आधुनिक मेसिनहरू छिटो र सजिलो भएपनि यसमा उत्तिकै जोखिम हुनुको साथै सबैको पहुँचमा नहुनु, ठूलो धनराशि विदेशिनु, गुणस्तरीय नहुनेजस्ता समस्याहरू रहेको उहाँको भनाइ छ ।
दैनिक प्रयोगका विभित्र आधुनिक मेसिन भित्रिए पनि यस क्षेत्रका घरेलु मेसिनको आफ्नै खाले विशेषता रहेको स्थानीय बासिन्दा बताउँछन् । ‘घरेलु मेसिनको प्रयोगबाट लाभदायक एवम् गुणस्तरीय वस्तुको उत्पादन गर्न मिल्छ’ बेनीबजारका अबिरकुमार श्रेष्ठ भन्नुहुन्छ्– ‘घरेलु मेसिनको तुलनामा आधुनिक मेसिनको प्रयोग महङ्गो एवम् खर्चिलो छ ।’ लोप हँुदै गइरहेका यी मेसिनको संरक्षण र प्रबद्र्धन गरी यिनीहरूको प्रयोगलाई बढावा दिइनुपर्ने उहाँको सुझाव छ ।
प्रायः सामूहिकरूपमा प्रयोग गरिने घरेलु मेसिनको विशेषता सामाजिक सद्भावमा अभिवृद्धि गर्नु पनि रहेको जानकारहरूको तर्क छ । सामूहिक प्रयोगका माध्यमबाट घरेलु मेसिनले आपसी सम्बन्धमा निकटता ल्याई सामाजिक सहयोग एवम् सद्भाव वृद्धि गर्ने उनीहरूको तर्क छ ।
परम्परागत सभ्यता र मौलिक संस्कृतिको प्रतीक घरेलु मेसिन लोप हँुदै गएपछि मौलिक संस्कृतिसमेत प्रभावित भएकामा यस क्षेत्रका सांस्कृतिकप्रेमीहरू चिन्तित बनेका छन् ।
घरेलु प्रविधिसँगै यहाँको मौलिक संस्कृति पनि धरासायी बन्दै जान थालेको छ । लोक संस्कृतिमा ख्याती कमाएको म्याग्दीका लोकबाजाहरू खैंजडी, मादल, डम्फू, ढोलकी, सहनाइ र कर्नाल पनि हराउँदै जान थालेपछि यहाँको लोक संस्कृति पनि अपाङ्ग बन्दै गएको लोकगायिका धनकुमारी थापा बताउनुुहुन्छ ।
लोक संस्कृतिमा विश्वमै विशिष्ट पहिचान बनाउन सफल यस जिल्लामा पछिल्लो समय विदेशी पर्यटकहरूको देखासिकी, विदेश गएर आउनेहरूको व्यवहार र आधुनिकताको नाममा बढ्दो नक्कल गर्ने प्रवृत्तिले मौलिक संस्कृतिलाई लोप गराउँदै लगेको छ ।
स्थानीय प्रविधिहरू लोप हुँदै जाँदा कतिपयको रोजगारीसमेत गुम्न पुगेको छ । गाउँघरमै बनाउन सकिने कुटो, कोदालो, हसिया, खुकुरी, डोकाडाला, थुन्से, भकारी, गुन्द्री, राढीपाखी, कपडाहरू बुन्ने सीप कलाहरू विस्तारै हराउँदै जान थालेका छन् । स्थानीय मौलिक सीपका धनीहरू मर्ने, वृद्ध हुने र युवा पुस्तामा विदेसिने क्रमले पनि रैथाने प्रविधिहरूको अस्तित्व हराउन थालेको हो ।
घरेलु मेसिनलगायतका परम्परागत साधनहरू लोप हँुदै गएपछि यस क्षेत्रको मौलिक सभ्यता नै सङ्कटमा परेका संस्कृतिविद् प्रकाश श्रेष्ठको कथन छ । ‘म्याग्दीका घरेलु मेसिनहरू हराइसके’ श्रेष्ठले भन्नुभयो ‘‘हामी को हौँ ? हाम्रो सभ्यता के हो ? भत्रे कुराको बोध गराउने यी चिजहरू नै हराएपछि हाम्रो मौलिक संस्कृति र सभ्यता पनि सङ्कटमा परेको छ ।’’
स्थानीय स्रोत, साधन एवम् स्थानीय सीपबाटै निर्माण गरिने घरेलु मेसिनबाट यस क्षेत्रको परम्परागत जनजीवन, कला र सामाजिक अवस्थामा समेत अध्ययन गर्न सकिन्छ । ‘‘घरेलु मेसिनको बनोट विशुद्ध हाम्रा पुर्खाको कला र सीप हो’’ स्थानीय संस्कृतिका विषयका जानकार पुराना लोकगायक बीरवहादुर कार्कीले भन्नुभयो–‘‘घरेलु मेसिनको अध्ययनबाट अघिल्ला पुस्ताको आर्थिक, सामाजिक एवम् धार्मिक अवस्थाका विषयमा समेत जानकारी हासिल गर्न सकिन्छ ।’’
‘‘घरेलु मेसिन पूरै लोप भएपछि अबका पुस्ताका लागि यस क्षेत्रको सांस्कृतिक एवम् मानवीय सभ्यताका विषयमा अध्ययन गर्ने आधार रहने छैन’’ कार्कीले भत्रुभयो– ‘‘बढ्दै गइरहेको पाश्चात्य सांस्कृतिक हस्तक्षेपले हाम्रो मौलिक संस्कृति र सभ्यता हराउनेछ ।’’
यस क्षेत्रको परम्परागत सभ्यता, मौलिक कला र संस्कृतिको समेत अध्ययन गर्न सकिने घरेलु मेसिनको संरक्षणलाई सबै क्षेत्रबाट प्राथमिकता दिनुपर्ने देखिन्छ । स्थानीय मौलिक सीप, प्रविधिहरूको संरक्षणका लागि परम्परागत मेसिनको नमुना सङग्रहालय स्थापना गर्न सकिएमा भावी पुस्ताका लागि अध्ययन, अनुसन्धान गर्न र इतिहासलाई जीवित राख्न सहयोग पुग्नेछ । रासस
सर्पदंशका बिरामीलाई देशैभर एउटै उपचार पद्धति
Posted by dadad | | Posted in Health & Education, Main News
अनुसन्धानको नेतृत्व गरेका दुईमध्ये भरतपुर अस्पतालका वरिष्ठ फिजिसियन डा विजयप्रसाद पौडेलका अनुसार चितवनको भरतपुर अस्पताल, झापाको चारआली र दमक गरी तीन वटा केन्द्रमा अनुसन्धान गरिएको थियो । डा पौडेल र डा सञ्जिव शर्माले अनुसन्धानको नेतृत्व गर्नुभएको थियो । सबै केन्द्रमा तीन चिकित्सक र तीन स्टार्फ नर्सको सहयोग लिइएको थियो । डा पौडेलका अनुसार २४७ जना सर्पले टोकेका बिरामीमा अनुसन्धान केन्द्रित गरिएको थियो ।
अनुसन्धानको विस्तृत नतिजा आइनसके पनि अन्य महत्वपूर्ण उपलब्धिहरू प्रयोगमा आएको पौडेलले बताउनुभयो । नेपाल स्वास्थ्य अनुसन्धान परिषद् र विश्व स्वास्थ्य सङ्गठनले अनुसन्धानका उपलब्धिलाई मान्यता दिएको उहाँको भनाइ छ ।
अनुसन्धान पूर्व एकजना बिरामीलाई १६५ भायलसम्म प्रतिविष दिइन्थ्यो भने अनुसन्धानसँगै ३० भायलभन्दा बढी प्रतिविष दिन नपर्ने प्रमाणित भएको छ । पौडेलका अनुसार विषालु सर्पले टोकेका २० प्रतिशतले ज्यान गुमाउँदै आएकामा अहिले घटेर पाँच प्रतिशतमा झरेका छ । उहाँले भन्नुभयो, “अनुसन्धानले प्रति भायल रु दुई हजार पर्ने प्रतिविषको मात्रा घटायो, मर्ने बिरामीको सङ्ख्या घट्यो र देशैभर एउटै पद्धतिको उपचार सुरु भयो ।”
अनुसन्धानमा सङ्कलन गरिएको नमुना रगत गोयथे युनिभिर्सिटी जर्मनी र अक्सफोर्ड युनिभर्सिटी बेलायत पठाइएको छ । यही नोभेम्बरमा नतिजा आउँदैछ । यसबाट नेपालमा रहेका सर्पका प्रजाति, विषको अवस्था, कम मात्रा वा धेरै मात्राको थालनीबाट उपचार उपयुक्त हुनेलगायतका थप महत्वपूर्ण ज्ञान हासिल हुने डा पौडेलले बताउनुभयो ।
सन् २०१० को अप्रिलदेखि अनुसन्धान थालिएको थियो । अनुसन्धानसँगै सर्प र घोडा पालन गरी औषधि उद्योग खोलेर नेपालमै प्रतिविष उत्पादन गर्न सक्नेसमेत देखिएको उहाँको दाबी छ ।
नेपालमा बर्सेनि २० हजार जति मानिसलाई सर्पले टोक्ने र यसमध्ये दुई हजार विषालु रहने पौडेलको भनाइ छ । चितवनको भरतपुर अस्पतालमा मात्रै बर्सेनि ५०० जना सर्पदंशका बिरामी आउने गरेकामा करिव २०० वटा घटना विषालु सर्पको टोकाइका छन् ।
नेपालमा गोमन, करेतसहितका आठ जातका विषालु सर्प पाइन्छ । चितवनको भरतपुर अस्पताल सर्पदंश उपचार केन्द्रका रूपमा विकास भइरहेको छ । पौडेलका अनुसार आसपासका अतिरिक्त नेपालगन्ज, बुटवल, वीरगन्ज, जनकपुरलगायतका ठाउँबाट समेत सर्पदंशका बिरामी भरतपुर अस्पताल पठाइने गरेको छ ।
नयाँ पद्धति र सघन उपचार कक्ष भएकाले छिटो बिरामी आइपुगे बचाउन सकिने उहाँको भनाइ छ । अनुसन्धानसँगै नयाँ उपचार पद्धतिको थालनी भएकाले औषधि अभाव घटेको र बिरामी बचाउन सकिएको भरतपुर अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा केशवराज भुर्तेलले बताउनुभयो । रासस
पहिलोपटक विदेशी पर्यटक पुगेपछि दार्चुलामा खुसियाली
Posted by Tekman Shakya | | Posted in Tourism and agri
सुचनार प्रविधिको कमीले विरामी समस्यामा
Posted by Tekman Shakya | | Posted in dhading, Health & Education
१३ कार्तिक, धादिङ । सुचना र प्रवृद्धिको कमीले जिल्ला सामुदायीक आँखा केन्द्र धादिङमा आँखाका विरामीहरुमा समस्या भएको सरोकारवालाहरुले टिप्पणी गरेका छन् । तिलगंगा आँखा प्रतिष्ठान काठमाण्डौ र जिल्ला सामुदायिक आँखा केन्द्र धादिङले बिहीबार धादिङवेशीमा गरेको मधुमेह रोग, मधुमेहले आँखामा पार्ने असर र डायबेटीक रेटिनोप्याथी सम्बन्धी अन्तक्र्रिया कार्यक्रममा सरोकारवालाहरुले यस्तो बताएका हुन् ।
अहिले नेपालमा ९ लाख भन्दा बढी मधुमेहका विरामीहरु रहेका छन् भने ४० बर्ष सम्मका मानिसहरु बढी संक्रमिछ छन् । विशेष गरी गर्भबती महिला र बालबालिकाहरुलाई यस रोगले सताउने गरेको भए पनि ग्रामीण भेगमा भने मधुमेहका विरामीहरुको संख्या न्यून रहेको छ ।
चिनी र गुलियो खाने कुराको सेवनबाट मधुमेह लाग्ने भएकाले सबै मानिसहरुलाई गुलियो खानेकुरा कम मात्रामा सेवान गर्न डाक्टरहरुले बताएका छन् । यसै गरी १ बर्षको अवधिमा धादिङमा १ सय ९३ जना मात्र आाखाका विरामीहरु रहेको जिल्ला सामुदायिक आँखा केन्द्र धादिङका डा. राम सिंह तामाङले जनकारी दिएका छन् ।
रोगले मानिसको आँखा लगाायत विभिन्न अंगहरुमा समेत असर गरी मानिसहरुको ज्यानै लिने भएकाले सबैलाई समयमा नै आँखा जाँच गराउन डा. थापाले अनुरोध गरेका छन् । आँखा अस्पताल धादिङमा अन्य जिल्लाहरुको तुलनामा विरामीहरुको संख्या कमी रहेको सरोकारवालाहरुको भनाई छ ।
शेखरको २ घण्टा कार्यकर्तालाई
Posted by Tekman Shakya | | Posted in National
देशका विभिन्न ठाउँमा कार्यकर्तामाझ जाने क्रममा नेताहरुले यस्तै गुनासाहरु झेल्न थालेपछि केन्द्रय सदस्य शेखर कोइरालाले भने एउटा अभियान सुरु गरेका छन् । कोइराला बिहीबारदेखि हरेक दिन दिउँसो १ देखि ३ बजेसम्म पार्टी केन्द्रीय कार्यलयमा रहने छन् । कार्यकर्ताहरुको गुनासाहरु थेक्न नसकेपछि कोईरालाले यो अभियान सुरु गरेको उनका सहयोगी दिनेशचन्द्र थपलियाले जानकारी दिए । उनी अबदेखि हरेक दिन पार्टी केन्द्रीय कार्यलयमा २ घण्टा कार्यकर्ताहरुसँग हुनेछ, गुनासाहरु सुन्नेछन् र आवश्यक समाधान खोज्नेछन् ।
इन्दिरा गान्धी हत्याको तीस वर्ष
Posted by Tekman Shakya | | Posted in International
नयाँ दिल्ली, १३ कात्तिक । सन् १९८४ को अक्टोबर ३१ मा तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीलाई जब उहाँकै अङ्गरक्षकले गोली हानी हत्या गरे सो समयमा गान्धी वंशको निरन्तरताका लागि उहाँका छोरा राजिव गान्धीलाई प्रधानमन्त्रीको पदमा राखियो । भारतमा गान्धी परिवारलाई राजनीतिक वंशजका रुपमा पनि लिइन्छ । सोही वंशजको विरासत धान्न छोरा राजिव गान्धीलाई प्रधानमन्त्रीका रुपमा आसिन गराइएको थियो ।
तर भारतीय राजनीतिमा एक बलियो उम्मेदवार (आइरन लेडी) का रुपमा रहेकी पूर्व प्रधानमन्त्री गान्धीको हत्याको आज तीस वर्ष पुग्दा भने भारतको सो राजनीतिक वंशजलाई यतिखेर निकै अप्ठेरो परिरहेको महसुस भएको छ । सो राजनीतिक वंशजले गरिरहेको भारतीय काँग्रेस पार्टी यतिखेर सत्तामा छैन । सत्तामा नभएको मात्र होइन यतिखेर सो दल निकै कमजोर प्रतिपक्षका रुपमा उभिएको छ ।
सोही राजनीतिक वंशजका एकजना कनिष्ठ सदस्य राहुल गान्धी (इन्दिरा गान्धीका नाती र पूर्व प्रधानमन्त्री राजिव गान्धीका छोरा) यतिखेर पार्टी नेतृत्वमा आइपुगेका छन् तर संसद्मा झिनो मतका आधारमा प्रतिपक्षको भूमिका निर्वाह गरिरहेका छन् । गएको मे महिनामा भएको आमनिर्वाचनमा त्यहाँको विपक्षी दल भारतीय जनता पार्टी सत्तामा आएको छ भने सत्तारुढ दल काँग्रेस विपक्षमा उभिएको छ ।
काँग्रेस दुई दशकलामो शासनपछि सानो आकारको प्रतिपक्षी दलका रुपमा पछिल्लो समयमा देखिएको छ । भारतमा काँग्रेसका बारेमा कयौँ पुस्तक लेखेका एकजना बुद्धिजीवी रसिद किदवायी भन्छन्– इन्दिरा गान्धी वास्तवमा भारतमा काँग्रेसलाई व्यापकता दिने नेत्री थिइन् तर अहिले सो कुराको खाँचो उक्त पार्टीभित्र महसुस भइरहेको छ ।
जसको अभावका कारण पनि भारतमा काँग्रेसको यो गत सुरु भएको छ– उनको भनाइ छ । भारत स्वतन्त्र भएको ६७ वर्षमा भारतमा काँग्रेसले कम्तीमा पनि ५० वर्ष शासन गरेको छ । भारतमा काँग्रेसलाई नै सधैँ सत्तारुढ दलकै रुपमा विकास गरिएको थियो । इन्दिरा गान्धीका पिता जवाहरलाल नेहरू भारत स्वतन्त्र भएपछिका पहिलो प्रधानमन्त्री हुन् । उनले सन् १९४७ देखि १९६४ सम्म प्रधानमन्त्रीका रुपमा काम गरेकाछन् ।
नेहरू प्रधानमन्त्रीबाट हटेको दुईवर्षपछि देखि नै इन्दिरा गान्धी प्रधानमन्त्री बनेकी हुन् । उनले पनि सन् १९६६ देखि १९७७ सम्म भारतमा प्रधानमन्त्रीका रुपमा सेवा गरेकी छिन् । त्यसपछि पनि उनी सन् १९८० पछि फेरि प्रधानमन्त्रीका रुपमा सत्तामा आएकी थिइन् । उनी प्रधानमन्त्री रहेकी बेला हत्या भएको थियो ।
उनको हत्यापछि पनि उनका छोरा राजिव गान्धीलाई भारतको प्रधानमन्त्रीका रुपमा अघि सारिएको हो । पछि उनको पनि हत्या भएको थियो । राजिव गान्धीको हत्या सन् १९९१ मा तामिलहरूले गरेका थिए । उनलाई पनि प्रधानमन्त्री रहेकै बेला हत्या गरिएको थियो ।
त्यसपछि भने उनकी श्रीमती सोनिया गान्धीले पार्टीको बागडोर सम्हाल्दै आएकी छिन् । उनको नेतृत्वमा सन् २००४ र सन् २००९ मा भएको आम निर्वाचनमा काँग्रेस नै ठूलो दल बनेको थियो । सोही बमोजिम नै काँग्रेसले दश वर्षसम्म शासन गरेको हो । एएफपी
कारबाहीमा सात तालिवानीको मृत्यु
Posted by Tekman Shakya | | Posted in International
यस कारबाहीको क्रममा सुरक्षाबलले हातहतियार कब्जा गरेको र सुरक्षाबलतर्फ भने कुनै हताहतको समाचार नभएको जनाइएको छ ।
सन् २०१४ को अन्त्यसम्म अफगानिस्तानमा रहेका नेटोसँग आबद्ध प्रायः सैनिक फर्किसक्ने नेटोआबद्ध सबै देशहरूले निर्णय गरिसकेका हुनाले अफगानिस्तानमा सुरक्षाको जिम्मा अफगान सैनिकमा नै आएको छ ।
पछिल्लो समयमा तालिवानहरूले पनि अफगानिस्तानका विभिन्नस्थानमा आक्रमणलाई तीव्र पारेका छन् । उनीहरूको सो आक्रामक कारबाहीलाई मध्यनजर गरी सरकारी सेना र प्रहरीले पनि कारबाही जारी राखेका छन् । सिन्ह्वा
काठमाडौमा धार्मिक सम्मेलन हुुँदै
Posted by dadad | | Posted in National
बिहिबार रिपोर्टर्स क्लब नेपालमा राष्ट्रिय धार्मिक संघ संस्था बृहत् सम्मेलन २०७१ आयोजक समितिले पत्रकार सम्मेलन गर्दै सनातन हिन्दू धर्मसंस्कारलाई नाश गर्ने षडयन्त्रको विरुद्ध मोर्चाबन्दी गर्नका लागि यही कार्तिक १५ र १६ गते काठमाडौंको कोटेश्वरमा धार्मिक सम्मेलन गर्न लागेको जानकारी दिएको छ ।
कार्यक्रममा राष्ट्रिय धर्म सभाका अध्यक्ष प्रा.डा. माधव भट्टराईले नेपालमा पैसाको खोलो बगाएर धर्म परिवर्तन गर्ने काम भएकोमा घोर भत्र्सना गर्दै यस्ता धार्मिक अपराधका काम तत्काल नरोकिए आफूहरु बाध्य भएर धार्मिक क्रान्ति गर्ने चेतावनी दिएका छन् । भट्टराईले भने, ‘धर्म परिवर्तन नरोके हामी बलिदान गर्न पनि तयार छौं । धर्मको नाममा हुने हाम्रो सभ्यता सिध्याउन खोज्नेहरुलाई हामी निमिट्यान्न पार्छौ ।’
त्यस्तै हिन्दू जागरण नेपालका अध्यक्ष रामकृष्ण उपाध्यायले पनि सनातन हिन्दू बाहुल्य समुदायको भोट प्राप्त गरेर हिन्दूहरुकै धर्मसंस्कारलाई नाश गर्ने षडयन्त्रको विरुद्ध देश भरि रहेका धार्मिक संघ सस्थाहरुलाई एकजुट गर्न आफूहरुले धार्मिक सम्मेलन गर्न लागेको उद्घोष गरेका छन् ।
विश्व हिन्दू महासंघ राष्ट्रिय समितिका सभापति निल प्रसाद भण्डारीले नेपालका राजनीतिक दलहरुले एकतर्फी रुपमा धर्मनिरपेक्ष राष्ट्र घोषणा गरेको भन्दै त्यसको विरुद्धमा आफूहरु एक भएर लागिपर्ने बताएका छन । उनले उक्त सम्मेलनले सनातन हिन्दू राष्ट्र नेपाल कायम गर्न समेत टेवा पुग्ने विश्वास लिएका छन् ।
नेपालकै एकमात्र ढोला मण्डलीमाई
Posted by dadad | | Posted in Article, Main News
![]() |
प्रमोद भट्ट । |