कन्डम छाडेर खाने औषधि प्रयोग गर्दा...
Posted by dadad | | Posted in Health & Education, Main News
जथाभावी बाटो काट्दा २०२ गिरफ्तार
Posted by dadad | | Posted in Main News
भाइ सम्झेर प्रधानमन्त्री भावुक
Posted by dadad | | Posted in Main News, National
विप्लवको हिटलिष्टले क–कसलाई धक्का ?
Posted by dadad | | Posted in Main News, National
मानव तस्करको सञ्जाल बेलायतसम्म
Posted by dadad | | Posted in Main News, National
कर्मचारी र चालकले पाँच करोडको तेल चोरे
Posted by Tekman Shakya | | Posted in Economic, Main News, National
वानको सुदुरिपश्मिाञ्चल भेला सम्पन्न
Posted by Tekman Shakya | Saturday, November 29, 2014 | Posted in Samachar
बलले लागेर व्याट्सम्यान ह्यूजको निधन
Posted by dadad | | Posted in Samachar, Sport
फोर्ब्सले लेख्यो, ‘नेपाल ‘विश्व पर्यटनको स्वर्ग’
Posted by dadad | | Posted in Main News, Tourism and agri
अस्थायी शिक्षकले पाउने भए अन्तिम अवसर
Posted by dadad | | Posted in Health & Education, Main News
१६ दिने अभियानका अभियानताहरु
Posted by dadad | | Posted in Image
विमलालाई सम्मानै सम्मान
Posted by dadad | | Posted in dhading, Image, Main News, Sport
२ वटा उद्योग बाणिज्य संघ आवश्यक छैनः महासंघ
Posted by Tekman Shakya | | Posted in dhading, Economic, Main News
मध्यमाचल क्षेत्रीय महोत्सवमा स्टल लिनेले छुट पाउने
Posted by dadad | Friday, November 28, 2014 | Posted in dhading, Main News
Thyo Rato Ghagar By Shyam Sital || Full Official Video || Genius Music ||
Posted by dadad | | Posted in Vedio
गढिमाई मेलामा एकैदिन ६ हजार राँगाको बली दिईयो
Posted by dadad | | Posted in Main News, Samachar
बिहान ९.२० बजेबाट सर्बसाधारणका लागी बलि चढाउने कार्य औपचारीक रुपमा शुरु भएपछि साँझ ५ बजे सम्ममा करीब ६ हजारको बलि दिइएको गढीमाई पुजा व्यवस्थापन समितिले जनाएको छ ।
५बजे पछि बलि दिने कार्य शुक्रबारका लागि स्थगित गरिएको छ । मङसीरको शुक्ल पूणिमाको षष्ठीदेखि नवमीसम्म गढिमाई मेलामा विशेष पूजा हुने गर्दछ ।
मेलामा पञ्चमीको दिन खप्पर पूजा गरिन्छ भने सप्तमी र अष्टमीका दिन गढीमाई क्षेत्रभित्र रहेका ब्रम्हस्थानमा झाँक्रीले नरवलिका रुपमा आङ्खनो शरीरका विभिन्न भागबाट पाँच थोपा रगत चढाएपछि त्यहाँ स्वतः एक विशेष दीप प्रज्ज्वलित हुने र मेलामा औपचारीक रुपमा सर्बसाधारणले गढिमाईलाई चढाएको बलि चढ्ने कार्य शुरु गरिने परम्परा छ ।
दीप प्रज्वलित भएलगतै गढीमाता बरियारपुरमा प्रवेश गरेको धामिर्क मान्यतासँगै मेलाको औपचारिकता शुरु भएको घोषणा गरिन्छ । त्यस लगत्तै झाक्रीले पञ्च बली दिने गर्दछन् । झाँक्रि पञ्चबलीका रुपमा जङगली सेतो मुसा, भाले कुखुरा, बोका, सुंगुर र राँगाको बली दिने गर्दछन् ।
धार्मिक विधि अनुसार पञ्चबली दिइसकेपछि मात्रै सर्वसाधारण्ँले वली दिने कार्य शुरुहुने मान्यता रहेको गढिमाईका मुख्य पुजारी मंगल चौधरीले बताए । आङ्खनो मनोकांक्षा पूरा भएका लाखौं भक्तजनहरुले भाकल गरे अनुसारका राँगा, बोका, कुखुरा र परेवाको बली चढाउने गर्दछन् ।
मेलामा दर्शनार्थीहरु गढीमाइको पुजा आराधना सम्पन्न गरी फर्कने क्रम शुरु भएको छ । आठवटा नाकाबाट गढीमाई पुग्ने दर्शनार्थीहरुको उर्लिएको मानव लर्को समुद्रमा आउने लहर भैm देखिएको स्थानिय वासिन्दाहरुले बताएका छन् ।
नेपाल तथा भारतवाट लाखौको सख्यामा आएका दर्शनार्थीहरु रांगा वलि संगै गढीमाईमो पुजा आराधना तथा दर्शन गरी फर्कने क्रम शुरु भएको हो ।
‘नाईके’ चल्दा-नचल्दा आर्यनलाई कति घाटा ?
Posted by dadad | | Posted in Entertainment, Image, Main News

आजका दिनसम्म सिनेमाको पर्दामा ‘लभर व्वाई’को परिचय स्थापित गरेका आर्यन अब भने यो परिचयलाई विस्तार गर्दै एक्शन भुमिकामा प्रस्तुत हुँदैछन् । निर्माण टिमका अनुसार आर्यनको दमदार समेटिएको भनिएको सिनेमा ‘नाईके’ यही मंसिर १९ बाट दर्शकमाझ आउँदैछ ।
तर यो आर्यन सिग्देल नाम कुनै एक सिनेमाले दर्शक हलसम्म तान्दा र नतान्दा चलबल आउने नाम भने होईन्, किनकी उनको माथी उल्लेख भए अनुसार नै उनको अभिनय र पर्शनालिटीको प्रसंशकहरु नेपाली सिनेमालाई नजिकबाट चिन्नेहरु भित्र धेरैछन् ।
जे होस, आर्यनको एक्शन भरिएको भनिएको सिनेमा ‘नाईके’मा उनको अभिनय कस्तो छ, निर्देशकले कस्तो काम गराएका छन, अनि यो सिनेमाले उनको परिचयमा ईँटा थप्छ कि नाई ? त्यसको लागी अब एक हप्ता भन्दा बढी कुर्नु नपर्ला !
कैलाशको निर्देशनमा ‘ब्ल्याक ईन ब्युटी’
Posted by dadad | | Posted in Entertainment, Main News
हालसम्म करिब आधा दर्जनजति डकुमेन्ट्री निर्देशन गरेका कैलाश अहिले सुदुर पश्चिमेली संस्कृतीलाई जोड दिएर तयार गर्दै गरेको नयाँ डकुमेन्ट्री ‘व्लयाक ईन ब्युटी’को पोस्ट–प्रोडक्शनमा सकेर अब स्कूल हरु तथा विभिन्न देशमा प्रदर्शन गर्ने तयारीमा छन् ।
साथै यो डकुमेन्ट्रीले युवा पुस्तामा पछिल्लो समय बढ्दै गएको बिदेशीने मनोवृतीको विपरित युवाहरुले नेपालमा नै रहेर यहाँकै सभावनाहरुको खोजी गर्ने हो भने भने विकशितको सुचीमा परेका देशहरु भन्दा पछाडी नेपाल नरहेको कुराहरुलाई समेत उल्लेख गरिएको उनले बताए ।
बिगत नौ बर्ष देखि समाजसेवामा र ५ बर्ष देखि उधेम्सिलता मा सक्रिय कैलाश आफु आभा ग्रुप र यस्तै मार्फत नेपाल लाई विश्वो सामू चिनाउने संकल्प का साथ अगि बढेका छन् एस डकुमेन्ट्री निर्माण कम्पनि आभा ग्रुप युवा हरु को समुह हो जसले युवा हरु लै अवसर दिदै देश मै केहि गर्न प्रेरणा र साथ दिने गर्छ र आज डकुमेन्ट्री र आभा ग्रुप यहा सम्म आहिपुग्नुमा आफ्नो समूह र परिवार को साथ् ले सम्भब भएको बताउछन् ।
गोर्खा मा जन्मेका कैलाशले पश्चिम बसाईको अनुभव सुनाउँदै भन्छन, ‘पहिले मैले मेरो जन्मघर र काठमाडौं आसपासलाई मात्रै नेपाल सम्झिन्थे तर त्यहाँ पुग्दा आश्चर्यमा परेँ, अनि बल्ल थाहा भो हामी प्राकृतिक सौन्दर्यतामा कति धनी रहेछौं भनेर’ । सँगसँगै उनले यो डकुमेन्ट्रीमा सामाजिक पर्यटनको विकास र सुदुर पश्चिमका समस्या र सम्भावनाहरुको राम्रो चित्रण हुने समेत बताए ।
अध्ययनको लागी अष्ट्रेलियाको अवसर पाउँदा पाउँदै पनि त्यसलाई छाडेर आफ्नै देशमा केहि गरौं तथा यहाँकै समस्या र सम्भावनालाई बाहिर ल्याउन सकेमा केहि हुने सोचमा उनी काठमाडौबाट एक्लै सुदुर पश्चिम पुगेका थिए ।
पश्चिम नेपालको सुदुर पश्चिम राजधानीबाट टाढा रहेको कारण नै पछी परेको कुरा औल्याउँदै उनले ‘सुदुर पश्चिम’ सुदुर नभएर सुन्दर पश्चिम’ भएको तर्क गर्छन् ।
संविधानसभा साध्य होइन, साधन हो
Posted by dadad | | Posted in Interview, Main News
संसारकै ठूलो पशु बलि मेला गढिमाई
Posted by dadad | | Posted in Image
३० सेकेण्डमै मोबाइल चार्ज गर्न सकिने
Posted by dadad | | Posted in Image, Main News, Technology

इजरायलको स्टोरडट नामक कम्पनीले निकै तिब्र गतिमा ब्याट्री रिचार्ज गर्ने चार्जिङ डिभाइसको नमूना सार्वजनिक गरेको छ ।
खुम्बुको सुन्दरता भित्रका पीडाहरु (फोटो फिचर)
Posted by dadad | | Posted in feature, Image, Main News





जोरबिजोर नम्बर प्रणाली हट्यो
Posted by dadad | | Posted in Main News, Samachar
महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता एवम् प्रहरी उपरीक्षक वसन्त पन्तले मङ्सिर ८ गतेदेखि १२ गतेसम्म उपत्यकामा सवारीसाधन सञ्चालनमा जोरबिजोर नम्बर प्रणाली लागू गरिएकामा आज दिउँसो १ बजेबाट सो प्रणाली हटाइएको जानकारी दिए ।
सो प्रणालीअनुसार मङ्सिर ८, १० र १२ गते जोर नम्बर प्लेट र मङ्सिर ९ र ११ गते बिजोर नम्बर प्लेटका सवारी साधनमात्रै गुड्न पाउने व्यवस्था गरिएको थियो ।
यसअघि जोरबिजोर प्रणाली र विशिष्ट अतिथिहरूको सवारीको कारण सवारी आवागमन निकै पातलो भएको थियो ।
नेपालमा ढुक्कसंग लगानी गर्नुस्ः प्रधानमन्त्री कोइराला
Posted by dadad | | Posted in Main News, National
मुलुकमा शान्ति र स्थायित्व कायम हुदै गएकोले लगानीका लागि विश्वसनीय आधार बनेको भन्दै उनले निर्धक्क भएर लगानी गर्न उद्यमीहरुलाई आग्रह गरेका हुन् ।
भेटमा सार्क क्षेत्रका उद्यमीहरुले प्रधानमन्त्री कोइराला सार्कको अध्यक्ष हुनुभएको र सार्कको १८ औं सम्मेलन सफलतापूर्वक सम्पन्न भएकोमा बधाई दिएका थिए ।
भिम दत्त चाहिएका छन्..........
Posted by dadad | | Posted in Literature, Main News
![]() |
केपी अनमोल |
भन्नु भाथ्यो नि,हो...त्यो,
अहँ,...अझै मानेका छैन्न ।
बरु हाम्रै छातीमा,
दनदनी हलो जोतिरहेछन् ,
यिनले ।।
यि त, सुन्दै नसुन्ने,
निर्जीब मुर्ती हुन ।
थाहा छ ?
जनताले,नुन मात्रै पनि
खान नपाउदा,
कत्रो आन्दोलन मच्चाउनु भाथ्यो !
र, हामीलेनुन सित्तैमा पाथ्यौं ।
यहाँ त यि ब्वाँसाहरु,
लास समेत,
आफैं खाइदिन्छन् ।
अनि,तपाईले
महाकाली बगाएका,
ति शोषक सामन्तीहरु !
फेरि प्रेत बनि,
गाँउ पसेका छन् ।
मेटिएका छैन्न ति,
उठ जाग रे, नेपाली नवजवान जाग रे...
यि जोशिला नाराहरुमा ।
म जस्तै,ठिटाहरु
यसमै परेट खेल्दैछन् अझै ।
अस्ती मात्रै,
त्यो पल्लो,नयाँ बजारको
चिया पसलमा,
ति हर्के काकालाई,
झण्डै मरेन्न !
चुलो छोइस
तँ त, कामी पो,
भनेछन्,हेर्नुन् त कस्ता पाखण्डीहरु...
तपाइले नै सबै
बराबरी हुन भन्दै,
सार्की, दमाईको
हातबाट पानि ख्वाको होइन ?
अहिले नितै ठालुहरु
अछुत, दलित भन्छन्,
र,आफु उच्च जाति,चोखा अरे...
न्याय र समानताको बिकुल,
घन्के कै छ, जोर जोरले !
ति, नसुन्ने कान एकदिन पक्कैं,
सुन्न बाध्य हुनेछन् ।
मैले आजै सुनेको,
देउडा खेल्दा,
बम्बै जान्याँ रेल गाडीमा, दिल्लीको माल आयो ,
गरिबका दिन आया, ठालुको काल आयो ।
अनि क्रान्ती काहाँ सक्या छ र भन्याँ ?
आज तपाइको,
जन्मदिनमा मात्रै हैन ।
यो देशले मेरो छोरो, भिम दत्त पनि !
भन्न नसक्ने कस्ती आमा?
अहँ, नसोच्नु तेस्तो, यि पो चोर फटाहा ।
एउटा कुखुरा मर्दा,
शहिद घोषणा गर्छ यो देश,
जनताको हक अधिकार,
सामन्ती संस्कार
हटाउन लाग्दा,
शिर काटिएर झुण्ड्याइको,
भिम दत्त हराउँछ,शुन्यतामा ।
किन, ???
आउनुहोस, फेरि
नेपाली भुमीमा,
भिम दत्त चाहिएको छ ।
यहाँ त जनताका लागि भन्नेहरु,
क्रान्ती गर्नेहरु,
खाली मन्दिरका घण्टा पो रहेछन्,
जो अरुले हल्लाई दिएपछि मात्रै चिच्याउछन् ।
किसान नेता भिम दत्त पन्तको ८८औं जन्मजयन्तिको अवसरमा
INDIAN PM GETS OFF HIS VEHICLE TO MEET COMMONERS AT KALIMATI
Posted by dadad | Thursday, November 27, 2014 | Posted in English
The Indian PM got off from his vehicle at Kalimati, on his way to Hotel Soaltee and met with the general public, and even walked greeting the people for few minutes.
During his last visit to Kathmandu in August, the Indian PM had also disembarked from his vehicle at Naya Baneshwor, Koteshwor and Gaushala areas in Kathmandu and shook hands and conversed with the commoners. RSS
५ किलोमिटर लामो सुनको सिक्री बन्यो
Posted by dadad | | Posted in achamma sansar, Image, Main News
सुनको सिक्री, घाँटीमा बेर्ने जत्तिकै लामो कहाँ हो र ? ५ किलोमिटर लामो ।
सुनको सहर भनेर चिनिने युएइको दुबइमा विश्वकै सबैभन्दा लामो ५ किलोमिटरको सुनको सिक्री बनिरहेको छ ।
यो सुनको सिक्री बनाउनका लागि २२ क्यारेट सुन १ सय ८० किलो लाग्नेछ । स्थानीय अखबारका अनुसार यो सिक्रीको माध्यमबाट दुबइले फेरी अर्को किर्तिमानी कामका लागि गिनिज बुकमा नाम लेखाउनेछ ।
दुबइ शपिङ महोत्सवमा प्रदर्शन गर्नेगरी यसको निर्माण भैरहेको हो । यो सिक्री बनाउनका लागि दुबइ गोल्ड एण्ड ज्वैलरी ग्रुपले अगुवाइ गरेको छ र ५ सय भन्दा बढि सुन बिक्रेताहरु यसमा सहभागी छन् ।
यो सिक्रीको नाम दुबइ सेलिब्रेसन राखिएको छ । आउँदो जनवरी १ देखि फेब्रुअरी १ सम्म हुने दुबइ सपिङ फेस्टिवलका क्रममा यो सिक्रीलाई प्रदर्शन गरिने योजना छ ।
यो सिक्री निर्माताले अहिले सर्वसाधारणसँग एउटा गजबको प्रस्ताव समेत राखेका छन् । शपिङ महोत्सवमा आउनेहरुले यो सिक्री बनाउनका लागि आफुले चाहेजति सुन दिन सक्नेछन् ।
अहिले दिएको सुन महोत्सव सकिएपछि उनीहरुलाई सिक्री काटेर फिर्ता गरिनेछ । साथै त्यसको सट्टा ब्रासलेट समेत लिन सकिनेछ ।
यो सिक्री बनाउनका लागि अहिले ७० जना कालिगढ खटिएका छन् । उनीहरुले हरेक दिन १० घण्टा लगातार काम गरिरहेका छन् ।
२ सय मिटर लामो ठाउँमा यो सिक्रीलाई बेरेर प्रदर्शनीमा राखिनेछ र यसका लागि १० जना कालिगढ खटाइनेछ ।
आखिर को हो त पत्रकार
Posted by dadad | | Posted in Article, Main News
![]() |
रामकुमार थापा |
‘आवाज विहिनहरुको आवज हो पत्रकारीता’ भनेपनि आखिर पत्रकारले कस्को आवज बोलिरहेका छन् त ? यसको यथार्थ बुझ्नु आवश्यक छ, बर्तमान नेपाली पत्रकारीता क्षेत्रमा । धादिङ लगायत अन्य जिल्लाहरुमा हेर्ने हो भने पत्रकारीता क्षेत्रमा लागि परेका पत्रकारहरु भन्दा पनि विभिन्न संघ–संस्था, पेशा व्यवसायमा आवद्ध रहेका प्रतिष्ठित व्यक्तिहरुको जमात नै बढी रहेको छ ।
म स्वंयम व्यक्ति कुनै लेखक र स्तम्भकार हुदै होईन यो सबैमाझ स्पष्ट पार्नु चाहन्छु । मेरो लेख कुनै व्यक्ति, संस्था र पार्टी प्रति ईङगीत गरेको पनि हुदै होईन । हुनत संसार बढल्नको लागि सुरुवात आफैँबाट गर्नुपर्छ भनेझै पत्रकारीता क्षेत्रमा निरन्तर कलम चलाउने पत्रकारलाई मात्र पत्रकार भन्ने सुरुवात धादिङ जिल्लाबाट सुरुवात गर्न सके कस्तो हुन्थ्यो होला ?
अहिलेको वर्तमान अवस्थालाई हेर्ने हो भने धादिङमा पनि पत्रकारीता क्षेत्रमा लागेका व्यक्ति भन्दा अन्य क्षेत्रमा लागेका व्यक्तिहरुको जमात नै ठुलो रहेको अवस्था हामी माझ छर्लङग छ । पत्रकारको कुनै रङ्ग हुदैन भन्दा भन्दै पनि अहिले विभिन्न दल निकट निर्माण भएका पत्रकारहरुको संगठनले पनि स्पष्ट पार्छ आखिर कुन हो त पत्रकार ?
प्रसङ्ग बदलौ समाजलाई सु–सुचित बनाउने पत्रकारको दायित्व हो तर अहिलेको अवस्थामा भएको कोठे पत्रकारीता, चोरी पत्रकारीता, मनोवैज्ञानिक पत्रकारीताले गर्दा न पत्रकारको दायित्व नै बोध भएको छ, न समाजलाई सु–सुचित बनाउने काम नै गरेको छ ।
डाक्टर बन्न, पाईलट बन्न, वकिल बन्न त्यही क्षेत्रको विषय अध्ययन गरेर पास हुनपर्छ । तर पत्रकार बन्नको लागि त्यस्तो केहि विधि र प्रक्रिया छैन ।
यो लेख सँगै विभिन्न टिका टिप्पणी सृजना होलान तर कुरोको चुरो बुझ्ने आदरणिय पाठकहरुले यसलाई सहज स्विकार गर्नुहुनेछ भन्ने मेरो विश्वास रहेको छ ।
उन्नाइसौँ सार्क शिखर पाकिस्तानमा
Posted by dadad | | Posted in Image, Main News
मङ्सिर १० र ११ गते काठमाडौँमा आयोजना भएको सार्कको १८औँ शिखर सम्मेलनको समापनका अवसरमा आज सो जानकारी दिइएको हो ।
समारोहमा १९ औँ शिखर सम्मेलन गर्ने अवसर पाएकामा पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफले सदस्य मुलुकका राष्ट्राध्यक्ष÷सरकार प्रमुखहरुलाई धन्यवाद व्यक्त गरे
तेस्रोपटक सार्क शिखर सम्मेलनको आयोजना गर्ने अवसर पाएको पाकिस्तानमा यसअघि सन् १९८८ डिसेम्बर २९–३१ मा चौथो र सन् २००४ जनवरी ४–६ मा बाह्रौँ शिखर सम्मेलन सम्पन्न भएको थियो ।
१८ औँ सार्क शिखर सम्मेलन सम्पन्न
Posted by dadad | | Posted in Main News, National
काठमाडौँको प्रदर्शनीमार्ग स्थित राष्ट्रिय सभागृहमा सार्कका अध्यक्ष एवम् नेपालका प्रधानमन्त्री सुशील कोइरालाले विशेष समारोहबीच शिखर सम्मेलन समापन गरेका हुन् ।
सार्कका अध्यक्ष एवम् प्रधानमन्त्री कोइरालाले सार्कको १९ औँ शिखर सम्मेलन पाकिस्तानमा आयोजना हुने घोषणा गरे । समापन समारोहमा पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफले शिखर सम्मेलनको व्यवस्थापन भव्यरुपमा आयोजना गरेकामा नेपाल सरकार र नेपाली जनताप्रति धन्यवाद दिए ।
उहाँले सार्कको आगामी शिखर सम्मेलन आयोजना गर्ने अवसर पाकिस्तानलाई प्राप्त भएकामा खुसी व्यक्त गर्दै पाकिस्तानमा पाहुनालाई स्वागत गर्न आफू आतुर रहेको बताए ।
काठमाडौं घोषणापत्रमा ऊर्जा, स्वास्थ्य, शिक्षा, युवा, महिला बालबालिका, सामाजिक सुरक्षा, दूरसञ्चार, आतङ्कवाद नियन्त्रण, कृषि तथा खाद्य सुरक्षा, गरिबी निवारण, वातावरण, विज्ञान तथा प्रविधि जस्ता विषय समेटिएका छन् ।
आगामी १९ औँ सार्क शिखर सम्मेलन पाकिस्तानमा सन् २०१६ मा हुनेछ ।
ऊर्जा सम्बन्धी सम्झौतामा हस्ताक्षर
Posted by dadad | | Posted in Main News, National
