८० प्रतिशत सवारी चालक राजधानी बाहिर

Posted by dadad | Thursday, April 30, 2015 | Posted in ,

१८ वैशाख, काठमाडौं । गएको शनिबारको विनाशकारी महा–भुकम्पले प्रभावित जिल्लाका ८० प्रतिशत सवारी चालकहरु राजधानीबाट बाहिरिएका छन् । 

८० प्रतिशत भन्दा बढि सवारी चालक बाहिरिएपछि यात्रुहरुलाई निक्कै समस्या परेको छ ।

राष्ट्रिय यातायात व्यवसायी महासंघले सबै चालकहरुलाई आफ्नो जिम्मेवारीमा फर्कन भनिरहेपनि परिवारके बिचल्ली अवस्थाले उनीहरु काममा फर्कन सकिरहेका छैनन् ।

यस्तै मक सवारी साधन र बढि यात्रु भएपछि यातायत क्षेत्रमा लुटतन्त्र मौलाउँदै गएको महासंघका महासचिव सरोज सिटौलाले स्वीकारेका छन् । त्यस्ता गैर–जिम्मेवार काम गर्ने २५ जनाभन्दा सवारी चालक र व्यवसायी कारबाहीको दायरमा आईसकेको महासंघका महासचिव सिटौलाको दाबी छ । 

विपतको यो घडीमा पनि बढि रकम असुल्नेलाई हदैसम्मको कारबाही गर्न सरकारसँग महासंघको माग छ । विनाशकारी भुकम्पबाट अत्ति प्रभावित धादिङ, नुवाकोट, काभ्रे लगायत जिल्लाहरुमा विगत भन्दा ८० प्रतिशत सवारी साधनहरु कम चलेको महासंघले जनाएको छ ।

राजधानीमा ८० प्रतिशत सवारी चालकहरु नभएपनि आफ्नो सेवालाई भने प्रभावकारी बनाउदै थप व्यवस्थित बनाउन महासंघ लागिपरेको सिटौलाले दाबी गरे । उनले देशका विभिन्न ठाउँबात राहत सामग्रीदेखि मानिस ओसारपोसारसम्मका काममा यातायात क्षेत्र सक्रिय रहेको बताए । 

विहिवार राति फेरी भूकम्पको झड्का

Posted by my storry | | Posted in ,

वैशाख १८ गते काठमाण्डौ
सुक्रवार विहान २ बजेर ५८ मिनटमा भूकम्पको महशुस भएको छ । पटक पटक साना साना झड्काको महशुस गरेका आम नागरिकलाई यस झड्काले त्रसित वनाएको छ । गत शनिवार देखी निरन्तर आईरहेका झड्काले क्षतिलाई अझै बढाएको छ । भूकम्पका कारण अहिलेसम्म ५ हजार ८ सय भन्दा बढिको मृत्यु भएको छ । हजारौ घााईते भएका छन भने लाखौ घरवार विहिन वनेका छन् ।

फोटो खिच्ने पत्रकारमाथी कुटपिट

Posted by my storry | | Posted in

वैशख १७, 
भुकम्प पीडित शिविरको फोटो खिच्न गएका नेपाल समाचारपत्रका नुवाकोट संवाददाता रामहरि गजुरेल माथी कुटपिट भएको छ । उनलाई विदुर नगरपालिका वडा नं. ७ मा पीडितहरुवाट कुटपटि भएको हो । 
दुइपीपलबाट सदरमुकाम विदुर आएका पत्रकार गजुरेलले देवीघाटमा पाल टांगी वसेका भुकम्प पीडितहरुको फोटो खिचेको विषयमा वुधवार राती स्थानीय सचिन श्रेष्ठ र पर्वत शर्माले कुटपिट गरेका हुन् । मदिरा सेवन गरेका उनीहरुले फोटो खिचेको निहुमा आफुलाई टाउकामा मुक्का हानेको पत्रकार गजुरेलले बताए । गजुरेल नेपाल पत्रकार महासंघ जिल्ला शाखाका सहसचिव समेत हुन् ।
कुटपिटबाट घाइते भएका गजुरेलको त्रिशूली अस्पतालमा उपचार गरिएको छ । नेपाल पत्रकार महासंघ जिल्ला शाखाले गजुरेलमाथी भएको कुटपिटको निन्दा गर्दै दोषी माथी कारवाहीको माग गरेको छ । 

भूकम्प पिडित, निःशुल्क सवारी भ्रम र वास्तविकता

Posted by my storry | | Posted in , ,

वैशख १७, 
भूकम्पबाट विक्षिप्त काठमाण्डौ र काठमाण्डौ वासीको मनमा मल्हम लगाउने प्रयास देश विदेशबाट जारी थियो । भूकम्प गएको दुई दिन पछि अर्थात १४ र १५ गते काठमाण्डौबाट वाहिरिने देशकै सवैभन्दा ठूलो नाका कलंकीमा विहानै देखी फाटफुट सवारीका साधन वाहिररहेका थिए । जुन दिउँसो र साँझ पख अलिक बढेर गएको थियो । अफिस विदा र घरमा पनि डर भएकोले दिनभर कलंकी चोकको खुल्ला स्थानमा बसेर सवारी साधनका चालक, सहचालक र मालिकका गतिविधी नियाल्ने अवसर पाएको थिए । भूकम्पको त्रासबाट मुक्त हुन आम नागरिक आतुर थिए तर भूकम्पको धक्का र हल्ला चर्को गरी चलिरहेको थियो । यसै वेला धेरै नागरिक काठमाण्डौ छाड्न चाहन्थे । जुन कलंकीको दृष्यले प्रष्ट पारेको थियो । र विडम्बना ५ सय भाडा लाग्ने बाटोमा १५ सय सम्म तिनुपर्ने सवारी साधनका स्टाफको प्रस्ताव यात्रुहरुले सहज स्विकारी रहेका थिए कारण जीवन रक्षा त्यो समयमा सवैभन्दा ठूलो कुरा थियो । तर कुरा के भने कतिपय यस्ता नागरिकक पनि थिए जो दैनिक मजवुरी गरेर जीवन चलाउँदै आएका थिए खल्तीमा पैसा धेरै कम थियो ।
ति सवै अलपत्र परे यो खवर जताततै पुग्यो जसले मानवियताको खडेरी प्रष्ट पारीरहेको थियो । यसैविचमा १६ गतेबाट निःशुल्क वस सेवा सञ्चालन गर्ने चर्चा चल्यो जसले आम नागरिकमा राहतको महशुस गरायो । सोही अनुरुप आम नागरिक घर फिर्न वाँचेकोमा खुसी मनलिएर कलंकी चोकमा पुगे । कलंकी चोकमा पुग्दा धेरै वसको अगाडी पट्टि टाँसीएको व्यानरमा विभिन्न कुरा लेखिएको थियो जसले यात्रुलाई खासै छोएन उनिहरुको ध्यान वस र सिटमा वसेर यात्रा गर्ने तर्फ केन्द्रीत थियो । सवै वस सञ्चालन गर्ने समितिहरुले जताततै सञ्चार माध्ययमा निःशुल्क वस सेवा सञ्चालनको हौवा फैलाए । 

तर यो भ्रम रहेछ भन्ने कुरा यात्रुले तव मात्र थाहा पाए जव वसका सह–चालकले सिटमा वसेपछि वेलीविस्तार लगाउन थाले । उनले भन्दै थिए हेर्नुस बुटवलबाट काठमाण्डौ आउँदा निःशुल्क हो काठमाण्डौबाट बुटवल जाँदा त तोकिएको पैसा लाग्छ । त्यसपछि यात्रु मुखा मुख गर्न थाले । तर छेवैमा पोखराको वस र सुमो थिए ति सवारी साधानको व्यानरमा लेखिएको थियो भूकम्प पिडितहरुका लागि निःशुल्क वस सेवा । यस पछि मलाई जिज्ञासा लाग्यो यसको व्यानरमा के लेखेको रहेछ भनेर हेर्दा मैले देखेँ पश्चिम नेपाल वस व्यवसायी समितिद्धरा सञ्चालीत वस सेवा । 

वस त्यसपछि मसंग रहेको समितिका पदाधिकारीको फोन डायल गरेँ र सोधे के गरेको तपाईहरुले भन्दा उँहा पनि भन्दै हुनुहुन्थ्यो तोकिएको भाडा तिर्नु त्यो भन्दा बढी मागे मलाई फोन गर्नु । यसपछि खुल्यो रहस्य जनताको घाउमा मल्हम लगाउँछौ भनेर प्रचार गर्ने तर भित्र भित्रै जनतालाई भ्रममा पारेर ४ सय ९० लाग्ने भाडामा ५०० रुपैयाँ पैसा च्वाट पार्ने । वस समितिहरुले लुकी लुकी किन कुरा चपाएर गरेका होलान पैसा लाग्छ भनेको भए नहुनेले खोज खन्तर गरेर भएपनि कलंकी सम्म पुग्थे होला । तर यही सुनेपछि केही यात्रु मलिन अनुहार लिएर फेरी सडक पेटिमा वसे र विपदमा भएको व्यवस्थालाई धिकारे । 

वास्तविकता 

वास्तविकता थियो छेवैमा उभिएको पोखराको गाडीमा उनिहरु बाटोमा हिड्ने झोला वोकेका नागरिकलाई सोधिरहेका थिए । कहाँ जाने पोखरा हो ? आउनु है पोखरा जाने वस यता छ । यस्तै यस्तै मैले उनिहरुलाई पनि सोधे खास कुरा के हो भनेर हो हामी निःशुल्क नै यात्रुलाई सेवा दिइरहेका छौ । विपद सधै भैरहने र आईरहने हैन अरु समयमा त उँहाहरु पैसा तिरेर गईहाल्नुहुन्छ नि सहयोग भनेको यस्तै समयमा गर्नु पर्छ । फेरी रहरले पनि उँहाहरु घर फर्कन थाल्नु भएको हैन । यस्तै अभिव्यक्ति सुन्दा लाग्थ्यो सहयोग संघ संस्था र मन के पोखरामा मात्रै छन् । 

किन यस्तो भयो 

सधै कमाउ धन्दामा लाग्ने गरेको आरोप खेपिरहेका यातायात व्यवसायिहरुको निरन्तरताको क्रमभंगता हुन नसकेको देखिन्छ । सहयोगको भावना भन्दा पनि भोगको भावना बढ्ै गईरहेको समयमा केही यातायात व्यवसायीले यसलाई तोड्न नससक्नुको उपज पनि हुनसक्छ । अर्को उपकारलाई हिसाव किताव गरेर नाफा घाटामा जाँज्दा कहिल्यै हिसाव फाईदामा निकाल्न सकिँदैन जुन केहीले गरे । 
विपदका वेला सहयोगको च्यँखे थापेर आम नागरिकलाई फसाउने हर्कत नगरिदिएको भए राम्रो हुने थियो । 

राहत र उद्धारलाई प्रभावकारी बनाउन सबै दल समिलित संयन्त्र बनाउन माओवादीको माग

Posted by Tekman Shakya | | Posted in ,

काठमाडौं, वैशाख १७ । देश विनाशकारी भुकम्पका कारण तनावमा रहेको समयमा पनि प्रतिपक्षी र सत्तारुढ दलबीचको जुहारी रोकिएको छैन ।

विदेश पुगेर स्वदेश फर्कने वित्तिकै दलीय झगडा नगर्न भन्दै बखेडाको झल्को दिएका प्रधानमन्त्री शुशिल कोइरालालाई प्रमुख विपक्षी दल एकीकृत नेकपा माओवादीले अप्ठ्यारोमा पार्ने रणनीति बनाउने दाउ छोपेको छ । भूकम्प पीडितहरुले राहत नपाएको र उद्धार पनि प्रभावकारी नभएको भनिरहेका बेलामा माओवादीले छुट्टै संयन्त्र बनाएर विनाशकारी भुकम्पले निम्त्याएको क्षतिपछि उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएको छ ।

उसले संयन्त्र निर्माणको नाममा आफ्नो भुमिका खोजिरहेको छ । बिहीबार बसेको एकीकृत माओवादी संसदीय दलको बैठकले संविधानसभाभित्र र बाहिर रहेका दलहरु सम्मिलित सर्वदलीय संयन्त्र बनाउनुपर्ने आवश्यकता औँल्याएको हो । सरकार र सरकारी संयन्त्रले राजनीतिक पूर्वाग्रहका आधारमा उद्धार तथा राहत वितरणको काम गरिरहेको भन्दै माओवादीले पुनःसंयन्त्र बनाउन सरकारसँग आग्रह गरेको छ ।

उद्धार तथा राहत कार्यमा अध्यक्ष प्रचण्डको नेतृत्व
बिनाशकारी भुकम्पबाट पीडितहरुको राहत तथा उद्धार कार्यमा एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा देशव्यापी रुपमा खटिने भएको छ । 

टोलीमा पूर्व जनमुक्ति सेना, योङ कम्युनिस्ट लिग, जनवर्गीय सङ्गठन तथा भातृ सङ्गठनलाई परिचालन गर्ने निर्णय समेत गरेको छ । 

एकीकृत माओवादीले यस अघि नै केन्द्रीय दैवी प्रकोप तथा राहत समिति गठन गरिसकेको छ भने भूकम्प प्रभावित १२ जिल्लामा केन्द्रीय नेताहरु समेत परिचालन गरिसकेको छ । 

व्यवस्थापिका संसद बैठक बोलाउन माग
संविधानसभाको बैठक बहीस्कार गरिरहेको एकीकृत माओवादीले भुकम्प गएपश्चातको अवस्थालाई मध्यनजर गर्दै व्यवस्थापिका–संसदको बैठक तत्काल बोलाउन भनिरहेको छ । 

मुलुकको विषम परिस्थितिमा जनताको समस्या समाधान गर्न विपत्तीलाई प्रभावकारी रुपमा सहन गर्न व्यवस्थापिका–संसद्को बैठक बोलाउनुुपर्ने माओवादीको जोड छ । 

सरकारले संसदको बैठक बोलाउन आनाकानी गरिरहेको र जनताको समस्याप्रति गैरजिम्मेवार बनेको माओवादीको आरोप छ । 

छिमेकी मित्रराष्ट्र भारतको संसदमा समेत नेपालको भूकम्पका बारेमा छलफल भएको र प्रधानमन्त्री नरेन्द्र मोदीले जवाफ दिएको भएपनि नेपालमा भने सरकारले त्यसतर्फ ध्यान नदिएको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताए ।

प्रधानमन्त्री दैवी प्रकोप राहत तथा उद्धार कोषमा ३० लाख
एकीकृत माओवादीको आज बसेको संसदीय दलको बैठकले  राहत तथा उद्धार कार्यमा सहजता ल्याउन पीडितका लागि भन्दै प्रधानमन्त्री दैवी प्रकोप राहत तथा उद्धार कोषमा ३० लाख रुपैयाँ सहयोग गर्ने भएको छ । 
सरकारले अगाडि सारेको राहत, उद्धार कार्य प्रभावकारी नभएको भन्दै माओवादीले आफ्नो सहयोगले केही हदसम्म पीडीतहरुलाई राहत मिल्ने बताएको छ । माओवादीले जिल्लामा राजनीतिक आग्रह तथा पूर्वाग्रहका आधारमा राहत वितरण गरिएको भन्दै त्यसको आपत्ती जनाएको छ ।

यस्तै माओवादीले भूकम्पमा परी निधन भएका प्रति परिवारलाई तीन लाख रुपैयाँ राहत उपलब्ध गराउन, क्षति भएका आवास तथा घरको प्रकृतिका आधारमा प्रतिपरिवार रु पाँच लाखदेखि रु १० लाख उपलब्ध गराउन पनि सरकारसँग माग गरेको छ । 

पुनःनिर्माण अगाडि बढाउन दक्ष प्राविधिक सहित केन्द्रीय पुनःनिर्माण आयोग गठन गरी दीर्घकालीन समस्या समाधानको प्रक्रिया अगाडि बढाउन माओवादीको आग्रह छ । 

यस्तै घाइतेको उपचारका साथै अङ्गभङ्ग भएका व्यक्तिलाई प्रतिपरिवार एक लाख उपलब्ध गराउन र बजारमा अत्यावश्यकीय पदार्थको अभाव देखाएर जनतालाई पीडामाथि पीडा दिनेहरुलाई कडा कारवाही गर्न माओवादीको माग छ ।

धरहराको टुप्‍पाबाट खसेर बाँच्‍न सफल बबिता सेढाई

Posted by Tekman Shakya | Wednesday, April 29, 2015 | Posted in ,

“धरहराको टुप्पाबाट खसें”
एउटा सानो काम थियो, न्युरोडमा। साथमा थिए, साथी किशोर खतिवडा। हाम्रो काम पनि सकियो। त्यसपछि के गर्ने भन्ने भयो। साथीले भने, ‘म त कहिल्यै धरहरा चढेको छैन।’ समय पनि भएकोले हामीले धरहरा चढ्ने निधो गर्‍यौं।
दुईपटक धरहरा चढिसकेकी म, तेस्रोपटक चढ्दै थिएँ।किशोर पहिलोपल्ट। साढे ११ बजेतिर हामी धरहरा चढेका थियौँ। धरहरा चढ्दा त्यहाँको सिँढी गन्दै चढेका थियौँ।
सिँढी गन्दै त के भनौँ, त्यहाँ सिँढी नम्बर लेखिएकै छ, त्यसैको कुरा गर्दै नौ तलामाथिको बरन्डाबाट देखिने दृश्यका बारेमा पनि कुरा गर्दै त्यहाँ रहेका एक सय ८८ सिढी उक्लिएर बरन्डामा पुग्यौँ।

बरन्डाको रेलिङमा पुगेर एक फन्को लगायौँ। पहिले सिटी सेन्टरतिर फर्केर काठमाडौँको दृश्य हेर्‍यौँ। त्यताबाट बढी हावा आएकाले स्थान परिवर्तन गर्दै टुँडिखेलतिरको दृश्य हेर्न त्यसतर्फ लाग्यौँ , दृश्य हेर्न पनि पाइने अनि हावाले पनि दुःख नदिने। मैले साथीलाई दृश्यावलोकन गराइरहेको थिएँ।
‘यतिखेर भुइँचालो आइहाल्यो भने के गर्ने होला हगि ?’ साथी र मबीच ठट्टा भयो। यति ठट्टा मात्रै के भएको थियो, धरहरा हल्लन सुरु भइहाल्यो।
मैले भित्तातिर अडेस लगाएँ, साथी थचक्क बसेर रेलिङ समात्न लागे। भूकम्पको धक्का राम्ररी अनुभूति हुन नपाउँदै हामी तल खस्न लाग्यौँ । हामी खस्दै थियौँ । त्यति बेला मलाई लाग्यो, अब म मर्दै छु।
मानिसलाई मर्न कहाँ मनपर्दो रहेछ र ? केही गरौँ, अझै बढी बाँचौँ भन्ने इच्छा भएको मानिसलाई मर्न मन पर्ने कुरै भएन। मर्न मन लागेन। ‘हे भगवान ! मलाई बचाऊ, म बाँच्न चाहन्छु’, यसरी मैले भगवानसँग प्रार्थना गरेँ। अनि भाइबहिनीलाई सम्झेँ, ‘मेरो यस्तो अवस्था छ, उनीहरूको अवस्था कस्तो होला ? यतिखेर उनीहरू के गरिरहेका होलान्?’

धन्य, धरहरा टुँडिखेलतिर झर्‍यो, जतातिर हामी फर्केका थियौँ। मर्छु भन्ने त लागेकै थियो, कस्तो भयो भने जसरी हामी पिङ खेल्दा माथिबाट तलतिर झर्छौं, त्यस्तै अनुभूति लिएर झर्‍यौँ। यदि हामी उत्तानो परेको अवस्थामा झरेको भए टाउकोको पछाडिको भाग र मेरुदण्ड खत्तम हुन्थ्यो, यसरी बोलिरहन पाउने थिएनौँ।
तल झर्दा रेलिङभित्र थिएँ म। साथी किशोर अलि अर्धचेतमा थिए। त्यतिखेरै एक व्यक्ति हामीतिर दौडदै आए, किशोरलाई पनि मैले चिच्याएर भने, ‘यो रेलिङ हटाइदेऊ।’ उनीहरूले त्यसै गरे।
त्यतिखेर हामी धरहराको बरन्डामा ३० जना जति थियौँ होला। अरू बाँचे वा मरेको बारेमा केही थाहा छैन। धरहरा चढ्दै गरेका र उक्लदै गरेका पनि प्रशस्तै थिए। चढ्दा र उक्लिँंदा सबैको अनुहारमा हाँसो थियो। सबै खुसी थिए।
त्यो दुर्घटनामा मात्र किशोर र म बाँचेको थाहा छ। केही मानिसका शरीर त देखेँ, तर उनीहरू जीवित छन् वा मृत, त्यो थाहा भएन। बरु हामीलाई सुरुमा उद्धार गर्ने मानिसले हामीलाई भने, ‘तपाईंहरूको भाग्य, धन्न बाँच्नु भएछ।”

भुइँमा बजारिएर उद्धार गरिएको अवस्थामा म रगतपच्छे थिएँ । देब्रे आँखा टालिएको थियो, दाहिने आँखाले मात्रै देख्थेँ । तत्कालै मैले एउटा ट्याक्सीलाई भनेँ, ‘मलाई ग्रिन सिटी अस्पताल पुर्‍याइदिनुहोस्।’
उनीहरूले नजिकैको वीर अस्पताल लान खोजेका थिए, त्यहाँ बिरामीको चाप ठूलो होला भनी मैले धापासीको ग्रिन सिटी अस्पतालमा आफू र साथीलाई लैजान आग्रह गरेँ । ट्याक्सी ड्राइभर दयालु परेछन्, उनले भाडा पनि मागेनन्। आपत्का बेला यस्ता व्यक्ति भेटिनु हाम्रो भाग्य नै हो।
यति ठूलो दुर्घटनामा परियो, तर परिवारमा खबर गर्न भने समस्या पर्‍यो। धरहरा चढ्नुअघि मैले मोबाइल सेट लकरमा राखेकी थिएँ। अहिले पनि त्यो लकरमै छ।
अस्पतालबाट साथीहरूले ल्यान्डलाइन फोनबाट अंकल (शिवराज) लाई फोन गरेर जानकारी दिएछन्। यता अंकललाई पनि समस्या, उहाँले मलाई फोन गर्नुहुन्छ, सेट मेरो हातमा छैन।
ग्रिन सिटी अस्पताल पुगेपछि हाम्रो ड्रेसिङ भयो। किशोरले दुईपटक बान्ता गरेपछि उनको टाउकोमा समस्या भएको अनुमान गरियो। उनको तत्कालै सिटी स्क्यान गर्नुपर्ने भयो।
उनको अभिभावकलाई जानकारी गराएर उनलाई सिटी स्क्यानका लागि ॐ अस्पतालतिर लगियो, मचाहिँ ट्याक्सी चढेर तिलगंगातिर लागेँ, आँखा जचाउन।
एउटा ठूलो दुर्घटनामा परेको भन्दा पनि मेरो एउटा आँखा गुम्यो भन्ने पीर परेको थियो। आँखा ठीक छ भन्ने थाहा पाएपछि ज्यादै खुसी लाग्यो।

पेनकिलर खाइसकेकाले ममा पीडा त्यति महसुस भइरहेको थिएन। तिलगंगाबाट ग्रिन सिटी आउँदा एउटा प्राइभेट गाडीलाई अनुरोध गरेँ। त्यही लिफ्ट लिएर ग्रिन सिटी आइपुगेँ।
अंकल शिवराज र मामा चन्द्रकान्त ग्रिन सिटीमा आइसक्नुभएको रहेछ। मेरो सिटी स्क्यान गर्नुपर्ने भएकाले बाँसबारीस्थित न्युरो अस्पताल जानुपर्ने भयो।
मैले त अंकल वा मामाको मोटरसाइकलमा चढेर न्युरो अस्पताल जाने विचार गरेकी थिएँ। तर डाक्टरहरूले कराउँदै भन्नुभयो, ‘मोटरसाइकलमा नजाऊ, इन्फेक्सन हुन्छ।’
त्यतिखेरै बिरामी बोकेर एउटा ट्याक्सी ग्रिन सीटी आइपुग्यो। मामाले ट्याक्सी ड्राइभरलाई आग्रह गर्दा ट्याक्सी ड्राइभर सहजै हामीलाई सहयोग गर्न तत्पर भए। उनले भने, ‘आज म भाडाबापत पैसाको कुरा गर्दिनँ, जति दिन चाहनुहुन्छ त्यति दिनुस्। म यो विपत्का बेला यति दिनुस्, उति दिनुस् केही भन्दिनँ।’
ड्राइभरको कुरा सुनेर हामी चकित पर्‍यौँ। आजभोलि सामान्य अवस्थामा त ट्याक्सी ड्राइभरहरू मिटर चलाउन चाहँदैनन् र सक्दो बार्गेनिङ गरेर सेवाग्राहीलाई लुट्न चाहन्छन्।
मेरो जुन अवस्था थियो, त्यो अवस्थामा हामी उनले जति भन्यो, त्यति पैसा तिर्न तयार थियौँ । आखिर तीन सय २० रुपैयाँ भाडा उनले खुसीसाथ बुझे । ती ड्राइभर दाइको जय होस्।
न्युरोबाट फर्कंदा म अंकलको मोटरसाइकलमै आएँ। न्युरोमा पनि भीड भएको र झट्ट हेर्दा मेरो अवस्था सामान्य भएकोले न्युरोमा सिटी स्क्यान सम्भव भएन। भूकम्प आएको यतिका दिनसम्म पनि सिटी स्क्यान गर्न पाइएको छैन। तर मेरो निधारमा सामान्य चोट लागेकाले सिटी स्क्यान त गर्नै पर्छ। जहाँसम्म लाग्छ, मेरो टाउकोको अवस्था सामान्य छ।
म अब्जर्भेसनका लागि एक रात मात्रै अस्पतालमा बस्न पर्‍यो। म आफैं नर्स भएकीले आफै औषधि खान सकिहाल्छु। अहिले घरमै आराम गरिरहेकी छु।

धरहरा ढल्यो, त्यहाँ चढ्ने धेरै व्यक्ति बितेको समाचार सुनियो । त्यो दुर्घटनामा परेर पुनर्जीवन पाउने थोरै भाग्यमानीमध्येकी एक हुँ म र मेरो साथी किशोर।
भूकम्प आउनुअघि त्यहाँ रमाउँदै फोटो खिच्नेहरु थुप्रै थिए। धेरै जसो बालबालिका थिए। जब धरहरा ढल्दै थियो, ठूलो कोलाहल मच्चिदै गरेको सुनियो।
म उता धरहराबाट खसेर उपचारका लागि दौडधुप गरिरहेकी थिएँ, यता हजुरबा, अंकल, आन्टीहरू स्वयम्भू र धरहरा ढलेको विषयमा छलफल गरिरहनुभएको रहेछ।
अंकलको घरबाट हेर्दा स्वयम्भू र धरहरा स्पष्ट देखिन्छ। स्वयम्भूबाट फुंग धुलो उडेकाले त्यो भत्कियो भनेर उहाँहरूले चर्चा गर्नुभएछ। उता धरहरा पनि छैन।
धरहराको विषयमा कुरा गर्दा हजुरबाले भन्नुभएछ, ‘त्यो धरहराको विषयमा चिन्ता नगर न, त्यो त सरकारले बनाइहाल्छ नि। बरु अरूहरूको के कस्तो हालत भयो, त्यसबारेमा चाहिँ चिन्ता गर।’ तर म चाहिँ त्यही धरहराको टुप्पाबाट खस्दा पनि कुशल थिएँ।
अहिले यस्तो लागिरहेछ, म बाँचेँ। मेरा साथी पनि बाँचे। खुसी छु। लाग्दै छ, काल नआई नमरिने रहेछ।
अहिले मैले पुनर्जीवन पाएकीमा मलाई र मेरो परिवारका सदस्यलाई बधाईको ओइरो लागिरहेछ । बधाई दिनुहुने सबैलाई हार्दिक धन्यवाद !
प्रस्तुति : राजकुमार दिक्पाल/कीर्तन अधिकारी
अन्नपूर्ण दैनिक (२०७२ बैशाख १६) बाट ।

पानी र भुकम्पबीच कुनै सम्बन्ध छैन, आत्तिनुपर्दैनः विज्ञ

Posted by Tekman Shakya | | Posted in ,

काठमाडौँ, १७ वैशाख । आज बिहान ६ बजेर २२ मिनेट जाँदा धादिङ केन्द्रबिन्दु भएर ४.७ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

योसँगै हालसम्म चार रेक्टरभन्दा माथिको १०७ वटा भूकम्पको धक्का महसुस गरिएको छ । त्यसअघि हिजो राति ११ बजे गोरखा केन्द्रबिन्दु बनाएर ४.४ रेक्टर स्केलको भूकम्प गएको थियो । अघिल्लो दिनको तुलनामा भूकम्पका धक्का क्रमशः कम हुँदै गइरहेको छ । तीनदिनअघि चार रेक्टरमाथिका दैनिक दर्जनभन्दा बढी भूकम्प गएपनि बुधबार छवटा मात्र गएको थियो । गत मङ्गलबार १३ वटा भूकम्प गएको थियो । भूकम्पको सानातिना कम्पन आइरहने भएकाले यसबाट आत्तिन नपर्ने भूकम्पविद्हरूले बताएका छन् । ठूला भूकम्पपछि साना कम्पनहरू आउनु स्वभाविक प्रक्रिया भएकाले यसबाट अतालिनुपर्ने अवस्था नरहेको भूकम्पविद् डिल्लीराम तिवारीले बताउनुभयो । भूकम्पको कम्पन कम भएसँगै पानी परेपछि सर्वसाधारणमा थप आशङ्का बढिरहेका बेला उहाँले पानी र भूकम्पको कुनै सम्बन्ध नहुने भएकाले यसबाट नअतालिन सर्वसाधारणलाई आग्रह गर्नुभयो । राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले भूकम्पको कम्पन क्रमशः कम हुँदै गएको र अब ६ रेक्टरभन्दा मुनिका भूकम्पले कुनै असर नगर्ने बताउनुभयो । “तुलनात्मकरुपमा भूकम्पको दुरी कम हुँदै गएको छ । एक हप्तासम्म दिनमा दुई/चार वटा जान सक्छ, अब यो हप्तामा एउटा, महिनामा एउटा तथा चार महिनामा एउटा हुँदै जान्छ, ठूलो कम्पन आउँदैन र छ रेक्टरमुनिकाले खासै असर पनि गर्दैन,”–उहाँले भन्नुभयो । रासस

महाभुकम्पले स्थगित गरायो बिहीबारको संविधानसभा बैठक

Posted by my storry | | Posted in ,

काठमाडौं, १७ वैशाख । 
शनिबार गएको महाभुकम्पका कारण बिहीबारका लागि डाकिएको संविधानसभाको बैठक स्थगित भएको छ । महा–भुकम्पबाट अकल्पनीय जनधनको क्षती भएको र त्यसको उद्धार तथा राहत संकलन कार्यक्रममा सभासदहरु खटिएकाले बिहीबारका लागि आह्वान गरिएको बैठक स्थगित गरिएको हो । नेपाल सरकारले मंगलबार ३ दिने राष्ट्रिय शोक मनाउने निर्णय समेत गरेकाल संविधानसभा नियमावली २०७० को नियम ६को उपनियम ३ बमोजिम संबिधानसभाको बैठक स्थगित गरिएको हो । बैठक २५ गते शुक्रबार दिउसो १ बजेसम्मको लागि स्थगित गरिएको हो । संबिधानसभाका माहासचिव मनोहरप्रसाद भट्टराईले जानकारि दिनुभयो ।

भलिबलका मुख्य प्रशिक्षक श्रेष्ठको मृत्यु

Posted by my storry | | Posted in

काठमाडौँ, वैशाख १६ । 
गत शनिबार गएको विनाशकारी भूकम्पमा परी राष्ट्रिय भलिबल खेलका मुख्य प्रशिक्षक केशवलाल श्रेष्ठको विनाशकारी भूकम्पमा परी मृत्यु भएको छ । कलङ्कीस्थित आप्mनै निवासमा घरले थिचिएर श्रेष्ठको मृत्यु भएको राष्ट्रिय भलिबल सङ्घका महासचिव जितेन्द्रबहादुर चन्दले जानकारी दिए । श्रेष्ठको मृत्युले भलिबल खेलमात्र नभई सिङ्गो खेलकुद क्षेत्रलाई क्षति पुगेको भन्दै महासचिव चन्दले प्रकृतिभन्दा ठूलो अरू केही नहुने बताए ।
श्रेष्ठको शोकमा वैशाखमै हुने भनिएको महिला क्लब च्याम्पियनसीप प्रतियोगिता स्थगित समेत गरेको जानकारी दिए । ५६ वर्षीय श्रेष्ठको श्रीमतीसँगै दुई छोरा छन् । मुख्य प्रशिक्षक श्रेष्ठ पूर्व राष्ट्रिय खेलाडी समेत थिए । उनको सहभागितामा नेपालले अन्तर्राष्ट्रिय पदक हासिल गर्न नसके तापनि राष्ट्रिय स्तरको विभिन्न प्रतियोगितामा पदक हासिल गरेको थियो । 

त्यस्तै विनाशकारी भूकम्पबाट नै बक्सिङ खलाडी दीपक महर्जनले आप्mनो आमा, दाजु, भाउजु र भतिजीलाई गुमाएका छन् । बक्सिङ खेलाडी महर्जनको संलग्नतामा नेपालले सन् २०१० मा चीनको ग्वाङजाउमा भएको १६ औँ एसियाली खेलकुद प्रतियोगितामा एकमात्र कास्य पदक जितेको थियो । 

जाजरकोटमा महामारी नियन्त्रण

Posted by my storry | | Posted in

काठमाडौँ, वैशाख १६ । 
चैत तेस्रो हप्तादेखि जाजरकोटमा महामारीकै रुपमा फैलिएको ज्वरो सहितको रुघाखोकी अर्थात मौसमी फ्लुको प्रभाव पूर्ण नियन्त्रण नजिक देखिएको छ ।
रुघाखोकीको सङ्क्रमण फैलिएसँगै सरकारले जाजरकोटमा औषधि र विशेषज्ञ चिकित्सकसहितको स्वास्थ्य टोली खटाएको थियो । 
पछिल्ला दिनमा बिरामीहरू शिविरमा आउनै छाडेका छन् । एक÷दुईवटा शिविरमा मात्र स्वास्थ्य परीक्षण गर्न फाटफुट रुपमा बिरामी आउने गरेका छन् । 
शिविरलाई निरन्तरता दिने वा के गर्ने भन्ने बारेमा आज र भोलिमा समीक्षा गरेर निक्र्याैलमा पुग्ने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी जगत बस्नेतले जानकारी दिनुभो ।
रुघाखोकीको प्रकोप विस्तार भएसँगै प्रभावित १८ वटा गाविसमा ३० वटा सम्म शिविर सञ्चालन गरिएकोमा अहिले घटाएर आठ वटामात्र सञ्चालन गरिएको उहाँको भनाई छ  ।

घाइतेको निःशुल्क उपचार गर्न प्रधानमन्त्रीको निर्देशन

Posted by my storry | | Posted in , ,

काठमाडौँ, वैशाख १६ । 
प्रधानमन्त्री सुशील कोइरालाले महाभुकम्पमा परी घाईते भएकाहरुको निःशुल्क उपचार गराउन अस्पताल प्रशासनलाई निर्देशन दिएका छन् । 
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचाररत घाइतेको अवस्थाका बारे जानकारी लिदै उनले घाईतेले प्रभावकारी स्वास्थ्य सेवा नपाएकोप्रति गुनासो गरे । 
घाईतेहरुले गम्भीर घाइते भएकाको समेत अस्पतालले गुणस्तरीय उपचार नगरेको भन्दै समस्या समाधान गरिदिन आग्रह गरेका थिए । 
अस्पतालमा सयाँैको सङ्ख्यामा भूकम्पपीडित उपचाररत रहेका छन् । बिरामीले विशेषगरी खानेपानीको अभाव रहेको र त्यसमा अस्पताल प्रशासनले ध्यान नदिएको गुनासो गरेका थिए । 
यस्तै प्रधानमन्त्री कोइरालाले बालाजु, माछापोखरीमा भूकम्पबाट क्षतिग्रस्त भवन र स्थानीयको अवस्थाका बारेमा पनि जानकारी लिएका छन् । उनले राहत तथा उद्धार कार्यमा खटेकालाई प्रभावकारी काम गर्न निर्देशन दिएको संयोजक प्रकाश अधिकारीले जानकारी दिए । भूकम्पबाट घाइते भएकाको अवस्थाका बारेमा जानकारी लिन स्थलगत निरीक्षणमा निस्किएका प्रधानमन्त्री कोइराला नेपाली सेनाको अस्पताल छाउनी पनि पुगेका थिए ।
शनिबार गएको विनाशकारी भूकम्पबाट प्रभावित जिल्लामा नेपाली सेनाले हेलिकप्टरबाट उद्धार गरी ल्याएका र अन्य घाइतेमध्ये ३ सय ६३ जनाको उपचार सो अस्पतालमा भइरहेको छ ।

कालोवजारी मौलायो, १५ सयको चिज ६ हजार

Posted by my storry | | Posted in

१६ वैशाख काठमाण्डौ 
सामान्य घट्ना हुँदा पनि प्रभाव पर्ने काठमाण्डौ भूकम्प पछि धेरै महंगो वन्दै गएको छ । 
सामान्य दैनिक उपभोग्य वस्तु देखी अन्य विभिन्न सामग्रीको मूल्या आकासिएको छ । आजमात्रै १५ सय पर्ने त्रिपाललाई ६ हजारमा वेचेको भन्दै खख्तियारको टोलीले चावाहिलको बावा इन्टरप्रईजेजका सञ्चालकलाई नियन्त्रणमा लिएको छ । 
बढि मूल्यामा त्रिपाल बेच्ने व्यपारिलाई नियन्त्रणमा लिने क्रममा अख्तियारका कर्मचारीमाथी दुव्र्यवहार भएको समाचार छ । 

भू–कम्पबाट मृत्यु हुनेको संख्या ५ हजार १७ पुग्यो

Posted by my storry | | Posted in , , ,

वैशाख, १६ काठमाण्डौ

अहिलेसम्म भू–कम्पबाट मृत्यु हुनेको संख्या ५ हजार १७ पुगेको छ । 

घाईतेको संख्या १० हजार २ सय २४ पुगेको छ । देशका विभिन्न जिल्लाको रिपोर्ट पछि सरकारले ५ हजार १७ पुगेको जानकारी दिएको छ । 
अहिलेपनि जिल्लागत रिपोर्ट आउने क्रम जारी रहेकाले मृतकको संख्या अझै वढ्न सक्ने जनाईएको छ । 
उद्धार कार्य जारी रहेपनि जीवितै उद्धार गर्ने सम्भावना कम रहेको बताईएको छ । 
विभिन्न देशबाट आएको उद्धार टोलीले अहिले आफ्नो काम जारी राखेको छ । 



सडकमा थुप्रिएको फोहर महानगरपालिकाले उठाउन थाल्यो

Posted by dadad | | Posted in ,

काठमाडौँ, वैशाख १६ । काठमाडौँ महानगरपालिकाले सडकमा थुप्रिएको फोहर बुधबारदेखि उठाउन सुरु गरेको छ । शनिबार गएको विनाशकारी भूकम्पका कारण महानगरपालिकाले व्यवस्थापन गनए नसक्दा सडकमा सङ्कलन भएको फोहरले दुर्घन्ध फैल्याउन थालेको थियो । 

भूकम्पको त्रासले अस्तव्यस्त काठमाडौँको जनजीवन तथा सुरक्षाका लागि खुला ठाउँमा बनाइएका शिविर आसपास क्षेत्रबाट पनि फोहर जथाभावी थुप्रिएको थियो । सडकमा जम्मा भएका फोहरले दुर्गन्ध फैलाउँदै जान थालेकाले बटुवा तथा पैदलयात्रीलाई समस्या परेको थियो । 

टँुडिखेलमा सुरक्षाका लागि शिविर बनाएर बसेका सर्वसाधारणबाट जम्मा भएको फोहर भने महानगरपालिकाले व्यवस्थापन गरिसकेको छ ।

समयमा फोहर व्यस्थापन नभए वातावरण तथा मानव स्वास्थ्यमा प्रतिकूल असर पर्ने भएकाले त्यसको व्यवस्थापन गर्न लागिएको महानगरपालिकाका वातावरण व्यवस्था महाशाखाका प्रमुख रवीनमान श्रेष्ठले बताए । 

बौद्ध, जोरपाटी, नयाँबानेश्वरलगायतका स्थानबाट करिब एक हजार मेट्रिक टन फोहर उठाएर टेकुस्थित फोहर सङ्कलन केन्द्रमा जम्मा गरिएको त्यसलाई बिहीबार ल्यान्डफिल्ड साइटमा पु¥याइने उनले बताए ।

एमालेद्वारा राहत कोषमा पचास लाख रुपैयाँ सहयोग

Posted by dadad | | Posted in

काठमाडौँ, १६ वैशाख । भूकम्पपीडितका लागि नेकपा (एमाले) द्वारा गठित उद्धार तथा राहत केन्द्रीय समन्वय समितिले केन्द्रीय नेता, सभासद् र कार्यालयका कर्मचारीका तर्फबाट एकमुष्ट रु पचास लाख रकम सहयोग गर्ने निर्णय गरेको छ । 

सो रकम पार्टीले कृषि विकास बैंक कालिमाटी शाखामा रहेको ‘नेकपा (एमाले), प्राकृतिक विपत्ति राहत कोषको खाता नंं ०२१०३००७१७९१७०१० मा जम्मा गर्ने निर्णय भएको उद्धार तथा राहत केन्द्रीय समन्वय समितिले जनाएको छ । 

यस्तै, पार्टीको संसदीय दलमा आजै प्रभावित जिल्लाका उपलब्ध सभासद्को आकस्मिक बैठक गरी आवश्यक निर्देशनसमेत दिइएको एमालेका प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिनुभयो । 

समन्वय समितिको बैठकले उपत्यकाका अस्थायी शिविरमा सरसफाइका लागि यथोचित ध्यान दिन युवा सङ्घ नेपाल, अनेरास्ववियु, पेसागत महासङ्घ नेपाल, नेपाल टे«ड युनियन महासङ्घ (जिफन्ट) र राष्ट्रिय खेलकुद महासङ्घका नेता–कार्यकर्ताको संयोजनमा स्वयम्सेवक परिचालन गर्ने निर्णय पनि गरेको छ । 

उहाँहरूलाई अविलम्ब अस्थायी शिविरमा पुगेर नागरिकहरूको स्वास्थ्य, सरसफाइ र खानपानको स्थितिलाई व्यवस्थित गर्न निर्देशित गरिएको छ । रासस

भुकम्प पिडितका लागि जापानमा राहत संकलन तिब्र

Posted by dadad | | Posted in

तस्वीरः प्रकाश पन्थी जापान



सहयोगी हातहरु बढ्दै
प्रकाश पन्थी 
अप्रिल २९, टोकियो विनाशकारी भुकम्पका कारण नेपालमा भएको ठुलो जनधनको क्षतीप्रति गहिरो दुःख जनाउदै जापानमा क्रियाशिल विभिन्न संघसस्थाले राहत संकलन कार्यलाई तिब्रता दिएका छन् । राष्ट्यि विपतमा परेकाहरुलाई सेवा गर्नु नै मानविय धर्म भएको भन्दै एकदर्जन बढी सघंसस्था राहत संकलनमा जुटेका हुन् । पिडीतहरुका लागि गल्कोट समाजले सुरु गरेको महा बिपत राहत अभियान २०७२ अन्तरगत करिव ३० लाख रुपैया संकलन भएको छ । ५० लाख रुपैया संकलन गरि सिधैं प्रभावित क्षेत्रमा गएर राहत पुर्याउने भनिएपनि तत्कालका लािग संकलित ३० लाख रुपैया भोली विहिवारै नेपाल पठाउने तयारी भएको अध्यक्ष हर्क थापाले जानकारी दिए ।

त्यस्तै, पिडितको उद्धारका लागि एनआरएन आइसीसी जापानका उपाध्यक्ष भवन भट्टले १ करोड रुपैया सहयोग दिने घोषणा सगैँ पाल्पाका तोयानाथ पोखरेलले ३० लाख जापानी येन राहत उपलब्ध गराए । आइची र गिफु जिल्लामा रेष्टुरेन्ट व्यवसाय गर्दै आएका पोखरेलले नेपालीलाई सहयोग गर्नुमा जती मानविय धर्म अन्य कुनै कार्यमा नभएको भन्दै खुलामनले राहत संकलनमा लागेका हुन् । भुकम्प पिडितका लागि नेपाली जनसम्पर्क समितिले १४ लाख रुपैयाँ संकलन गरिसकेको छ । त्यस्तै रेमिट्यान्स कम्पनी क्योदाई रेमिट्यान्सले १० लाख जापानी येन उपलब्ध गराउने घोषणा गरेको छ ।

त्यस्तै जापानमा लामो समयदेखी व्यवसाय गर्दै आएका व्यवसायी दिपक सुवेदीले ८ लाख १० हजार जापानी येन राहत दिने बताएका छन् । सुवेदी आवद्ध कर्लिम समाज र बिहुँकोट समाजले संयुक्त रुपमा ५ लाख तथा दुबै सस्ंथाको संयुक्त पहलमा ३ लाख १० हजार जापानी येन उपलब्ध गराएका छन् । एनआरएन जापानले सुरु गरेको भुकम्प उद्धार तथा सेवा समितिले जापानका विभिन्न स्थानमा भएको राहत कार्यक्रममा ४ लाख ७७ हजार जापानी येन संकलनमा भएको छ ।

त्यस्तै क्योदाई रेमिट्यान्सका अध्यक्ष युईचिरो किमोतो र प्रबन्ध निर्देशक कासीको किमोतोले संयुक्त रुपमा १ लाख जापानी येन राहत उपलब्ध गराएका छन् । त्यस्तै पिडितका लागि गोर्खाली समाज र टोकियो ब्रर्दश लगायतका संघसस्थांले पनि १ लाख ३० हजार जापानी येन संकलन गरेको जनाएका छन् । जनप्रगतिशिल समाजले १ लाख ,स्यांजा सम्पर्क समाजले १ लाख जापानी येन पिडितलाई राहत दिने बताएका छन् । अहिले जापानभर नेपालीले राहत संकलन कार्यलाई तिब्रता पारेका छन् । अध्ययन तथा रोजगार ,व्यापार व्यवसाय गर्ने सबैले राहत संकलनको नेतृत्व गरेका छन् ।

त्यस्तै पत्रकार महासंघ जापान शाखाले पनि राहत संकलन कार्यलाई कसरी व्यवस्थीत गर्ने र सस्थांले कसरी रकम उपलब्ध गराउने भन्ने बिषयमा छलफल गरेको अध्यक्ष तिलक मल्लले जानकारी गराउनु भएको छ । त्यस्तै देशका भिभिन्न स्थानबाट जापान आएकाहरुमध्ये सुदुरपश्चिमेली समाज, थकाली सेवा समाज, गुल्मी सेवा समाज र मनांग सोसाइटी लगाएतका संघसस्थाले प्रमुख स्टेशनमा गएर यात्रुहरु, घुम्न आएका पर्यटक तथा जापानीहरुलाई भुकम्पबाट भएको जनधनको क्षति तथा प्रभावितलाई सहयोग स्वरुप नगद तथा जिन्सी उपलब्ध गराउन आग्रह गरेका छन् । संकलित रकम गल्कोट सम्पर्क समाज बाहेक अन्य सघंसस्थाले  राहत रकम केन्द्रीय दैविप्रकोप उद्धार समितिमा पठाउने जनाएका छन् ।

जापानस्थित नेपाली दुतावासले पनि राहत संकलनकार्यलाई तिब्रता दिएको बताएको छ । दुतावासको पहलमा जापान सरकारले सुविधासम्पन्न प्रविधिसहित ७० जनाको उद्धारटोलीलाई भुकम्प प्रभावित क्षेत्रमा पठाइसकेको छ । जापान सरकारले अहिलेसम्मकै बढी रकम ८० करोड डलर तत्कालका लागि उपलब्ध गराउने बताइसकेको छ । अहिले जापानी टोली उद्धार सामाग्री सहित काठमाडौस्थित बसपार्क आसपासमा खटिएको बताईएको छ ।

फेरी भूकम्पको धक्का

Posted by my storry | Tuesday, April 28, 2015 | Posted in

काठमाण्डौ, १६ बुधवार 
पटक पटक धक्का महशुस भएको काठमाण्डौमा बुधवार विहान साढे ११ बजे ठूलै धक्काको महशुस भएको छ । 
आज विहानैबाट सामान्य जस्तै बनेको जनजीवन भूकम्पको धक्का महशुस भएपछि फेरी त्रसित वनेको छ । 
भू–गर्व विदहरुले ठूलो भूकम्पपछि आई रहने केही झड्का अझै बाँकी रहेको भन्दै यसलाई स्वाभाविक भनेका छन् । तर यस अघिनै चर्कीसकेको घर र कुनै भवन छन भने त्यसमा नवस्न विद्हरुले सुझाएका छन् । 
सरकारले उद्धार कार्य जारी रहेको बताईरहेको छ भने विभिन्न संघ संस्थाले पनि उद्धार र राहत वितरणलाई तिव्र पारेका छन् । 

कुन देशका उद्धार टोली कहाँ ?

Posted by my storry | | Posted in , ,

काठमाडौं, १६ वैशाख । 
भूकम्प पछिको विपदमा परेकाहरुलाई उद्धारका लागि विभिन्न देशबाट आएका उद्धार टोली र चिकित्सकहरू देशका विभिन्न स्थानमा पुगेका छन् । 
टोलीलले खुल्ला चौरमै भएपनि उपचार व्यवस्था मिलाएका छन् भने राहत वितरणको कार्यलाई पनि तिव्रता दिएको विभिन्न जिल्लाबाट रिपोर्ट आउने क्रम जारी छ । 
विभिन्न अप्ठ्यारोका विच पनि टोलीले घट्ना स्थलमा पुगेर उद्धारकार्य जारी राखेको छ । 
गोंगबुमा चिनियाँ टोली, बसपार्कमा जापानी टोली, शोभाभगवती, बिजेश्वरी, रामकोट, बसुन्धरामा भारतीय टोली, सितापाइलामा सिंगापुरको टोली र भारतीय टोली उद्धार र उपचारमा सक्रिय छन् ।
ललितपुरको लगनखेल, सानेपा, ईन्द्रायणी हाइट सुन्दरीघाटमा भारतीय मेडिकल टिम, भक्तपुरको दधिकोट अहिलामा नेपाल प्रहरी र पाकिस्तानी टोली तथा साँखुमा नेपाल प्रहरी र रेडक्रस सोसाइटीको टोलीबाट उद्धार कार्य भइरहेको छ ।
रेडक्रस र नेपाल प्रहरीको संयुक्त टोलीबाट काठमाडौं उपत्यकाको साँखु क्षेत्र र अन्य सहरी क्षेत्रका मुख्य मुख्य प्रभावित स्थानहरूमा खाद्यान्न, त्रिपाल र पानी वितरण कार्य जारी छ । 
यसैगरी ललितपुर, गोरखा, रसुवा, नुवाकोट, धादिङ र सिन्धुपाल्चोकका विकट क्षेत्रहरूमा रहेका घाइतेहरूको हेलिकप्टरद्वारा उद्धार गर्ने कार्य भइरहेको प्रहरीले जनाएको छ ।
गत शनिवार देखी भूकम्पका कारण अस्तव्यस्त वनेको जनजिवन सामान्य बन्दै गएको छ । 

भूकम्पपछि साना–साना झट्का आउनु सामान्य प्रक्रियाः नाष्ट

Posted by my storry | | Posted in ,

काठमाडौं, वैशाख १५ । 
ठूलो भूकम्पपछि साना–साना झट्का आउनु सामान्य प्रक्रिया भएको भन्दै अन्य हल्लाको पछि नलाग्न नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले आग्रह गरेको छ । 
प्रभाव क्रमशः न्यून हुँदै जाने र मुलुकमा पुनः ठूलो रेक्टर स्केलको भूकम्प आउनसक्ने तथा ज्वालामुखी विस्फोट हुनेजस्ता हल्लाको पछि नलागी वैज्ञानिक तथ्यका आधारमा सूचना ग्रहण गर्न सर्वसाधारणमा नास्टको आग्रह छ । 

गएको शनिबार गएको भूकम्प र त्यसपछिका पराकम्पलाई आधार मानेर केही सञ्चारमाध्यम र सामाजिक सञ्जालमा थप ठूलो विपत्ति आउने हल्ला फिँजाएको कार्यलाई नास्टले ‘अनर्गल’ भएको टिप्पणी गरेको छ ।  हालसम्म कुनै भूकम्पको मिति, प्रकार र क्षमता आँकलन गर्न सक्ने प्रविधि विकसित भइनसकेको नास्टका सचिव डा बुद्धिरत्न खड्गेले आज विज्ञप्ती निकालेर प्रष्ट पारे । 


बैंकिङ क्षेत्र भुक्तानीलाई सहज बनाउँदै

Posted by my storry | | Posted in ,

काठमाडौँ, १५ वैशाख । 
शनिबार गएको महा–भूकम्पका कारण प्रभावित भएको बैंकिङ क्षेत्रले मंगलबारदेखि आफ्ना सेवालाई सहज बनाउँदै लगेका छन् । निरन्तरको भूकम्पको पराकम्पनका कारण समस्या भए पनि अत्यावश्यक भुक्तानीका ठूलो सञ्जाल भएका ‘क’ वर्गका बैंकले आफ्ना सेवालाई खुला स्थानबाटै सञ्चालनमा ल्याएका हुन् । भौतिक संरचना ध्वस्त भएको स्थानबाट सेवा दिन नसकेपछि बैंकले वैकल्पिक उपाय अपनाएर भए पनि भुक्तानीलाई सहज बनाउँदै लगेका छन् । 

नेपाल राष्ट्र बैंकले अत्यावश्यक भुक्तानी उपलब्ध गराउन निर्देशन दिएपछि बैंकिङ सेवा सञ्चालन गर्ने प्रयास गरिएको बताइएको छ । भुक्तानी लिन आएका ग्राहकलाई नफर्काएको बैंकहरुले दाबी गरेका छन् । बैंकले इन्टरनेट सेवामा वैकल्पिक व्यवस्था इ–बैंकिङ तथा एटिएममार्फत पनि मंगलबारदेथि भुक्तानी दिन सुरु गरेका छन् । विशेष गरी भौतिक संरचना ध्वस्त भएका जिल्ला तथा कार्यालयबाट पूर्णरुपमा सेवा दिन नसके पनि आंशिक रुपमा सेवा उपलब्ध गराएको र भुक्तानीका लागि आउने ग्राहकलाई  विकल्पको व्यवस्था गरेको बैंकहरुको प्रतिक्रिया छ ।

अति आवश्यक भुक्तानीलाई सहज बनाएको र कुनै शाखा तथा कार्यालयको भवन ध्वस्त भएकाले त्यस्ता शाखा तथा कार्यालयमा पुग्ने ग्राहकलाई अर्को वैकल्पिक व्यवस्था गरिएको वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद आचार्यले जानकारी दिए । कृषि विकास बैंकले पनि आफ्ना सेवालाई सहज बनाएको छ । उसले आफ्ना ग्राहकले मागेको अवस्थामा वैकल्पिक उपाय प्रयोग गरेर भए पनि भुक्तानी उपलब्ध गराएको जनाएको छ ।

बैंकको केही जिल्लामा सम्पर्क गर्न नसकिएको जनाएको छ । त्यसैगरी बैंकर्स एसोसिएसनले निजी क्षेत्रका बैंकले पनि आफ्ना ग्राहकलाई सहज रुपमा भुक्तानी उपलब्ध गराएको दाबी गरेका छन् । निजी क्षेत्रबाट सञ्चालन भएका सबै बैंकले आफ्ना सेवालाई सहज गरिएको एसोसिएसनका उपाध्यक्ष अनिलकेशरी शाहले बताए । नेपाल बैंकर्स एसोसिएसनलाई आपत्कालीन अवस्थामा सर्वसाधारण केही पनि भुक्तानीबाट वञ्चित हुनु नपर्ने अवस्था सिर्जना गर्न नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले निर्देशन दिएका छन् ।

एमाओवादीका १४ केन्द्रीय नेता जिल्ला दौडाहमा (विज्ञप्ती सहित)

Posted by my storry | | Posted in

काठमाडौं, वैशाख १५ ।
भुकम्प प्रभावित जिल्लामा उद्धारका कार्यक्रमलाई थप प्रभावकारी बनाउन भन्दै एकीकृत नेकपा माओवादीले १४ केन्द्रीय नेतालाई जिल्ला पठायने भएको छ । अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा गठन भएको केन्द्रिय उद्धार तथा राहत सहयोग समितीलाई प्रभावकारी बनाउन भन्दै एकीकृत माओवादीले मंगलबार कार्यविभाजन समेत गरेको छ । 
माओवादीले सिन्धुपाल्चोकमा अग्नि सापकोटा, गोरखामा हितराज पाण्डे, काठमाडौंमा हिसीला यमी, भक्तपुरमा झक्कु सुवेदी,ललितपुरमा बर्षमान पुन,नुवाकोटमा हितबहादुर तामाङ,काभ्रेमा विश्वभक्त दुलाल,रामेछापमा धावा लामा,रसुवामा नवराज सुवेदी,दोलखामा गंगानारायण श्रेष्ठ,मकवानपुरमा नारायण दाहाल,सिन्धुलीमा हरिवोल गजुरेल र धादिङमा देवेन्द्र पौडेललाई पठाउने निर्णय गरेको छ । 
बैठकले केन्द्रिय राहत संकलन तथा वितरण डेस्कमा टोपवाहदुर रायमाझी सहितका नेताहरु रहने निर्णय गरेको माओवादीले जनाएको छ । यस्तै पार्टीका स्थायी समिती सदस्य जनार्दन शर्मा ‘प्रभाकर’ लाई राहत तथा उद्धार स्वयंसेवक समितीको संयोजक बनाउने निर्णय पनि माओवादीले गरेको छ ।स्वयंसेवक समितीमा एक हजार २५ सदस्य रहने बताईएको छ । 

भूकम्प, स्वास्थ्य समस्या र समाधान

Posted by my storry | | Posted in ,


काठमाडौं, १५ वैशाख । 
भुकम्पको वरिपरिको समयमा सकेसम्म उमालेको पानी र ताजा खाना खाने ब्यबस्था मिलाउन जनस्वास्थ्य विशेषज्ञहरुले आग्रह गरेका छन् । भुकम्पको समयमा जनजीवन अस्तव्यस्त हुने भएकोले खाना र पानीजन्य प्रदुषण विकराल हुने विशेषज्ञहरुको भनाई छ । उमालेको पानी र पकाएको तथा ताजा खानको अभावको कारण झाडावान्ता, टाइफाइड्, जन्डिस, आउँ, रुघाखोकी, फ्लु, आदि फैलने समस्या हुन्छ । विभिन्न स्वास्थ्य समस्या निम्तन नदिन जनस्वास्थ्य बिशेषज्ञ रवीन्द्र पाण्डेले सबैसँग बुँदागत रुपमा अपिल गरेका छन् ।
. भुकम्पको वरिपरिको समयमा जीबनचर्या अत्यब्यस्त्य हुने भएकोले खाना र पानीजन्य प्रदुषण बिकराल हुन्छ । उमालेको पानी र पकाएको तथा ताजा खानको अभावको कारण झाडावान्ता, टाइफाइड्, जन्डिस, आउँ, रुघाखोकी, फ्लु, आदि फैलने समस्या हुन्छ ! तसर्थ सकभर उमालेको पानी र ताजा खाना खाने ब्यबस्था मिलाऔं !
. भूकम्प पश्चात आएको बर्षाको कारण भिजेर बालबालिका तथा बृद्धबृद्धालाई निमोनिया, ब्रोंकाइटिस, दम, एलर्जी आदि रोग लाग्ने खतरा हुन्छ तसर्थ यस्तो जोखिम बर्गलाई तातो खानापानी खुवाउने, घाममा बसाल्ने अनि समयमा उपचार गर्ने आदि गर्नुपर्दछ !
. रक्तचाप, मधुमेह, मानसिक रोग, दम, हर्मोनजन्य रोग आदिका औषधि नियमित सेवन गरिरहेका व्यक्तिहरुले औषधि कुनैपनि हालतमा छोड्नु हुँदैन !
. भूकम्पको कारण केटाकेटी, धेरै सम्बेदनशील व्यक्ति तथा बुढाबुढीहरु तर्सिने, नराम्रा सपना देख्ने, डराउने, आत्तिने, नसुत्ने गर्न सक्दछन तसर्थ यस्ता समुहलाई सान्त्वना, भरोसा, आशा र सामुहिक बसाइमा राख्नुपर्दछ ! धेरै तनाब र अवसाद भएमा चिकित्सक वा मनोपरामर्शदाताबाट सहयोग लिनुपर्दछ !
५. जीवन रक्षक उपचार जस्तै अक्सिजन, रगत, डाइलाइसिस् आदिको सहारा लिइरहेकाहरुलाई उपचारमा प्राथमिकता दिनुपर्दछ !
६. भूकम्पको कारण आफन्त तथा घरसम्पत्ति गुमाएकाहरुको मनोदशा बिकराल हुन्छ तसर्थ उनीहरुलाई सबैले सहयोग, भरोसा एबम आड दिनुपर्दछ ! धेरै तनाब र आक्रोशजन्य पीडाको कारण हृदयघात, मस्तिष्कघात, उच्च रक्तचाप जस्ता आकस्मिक समस्या आउन सक्छन !
७. सामान्य चोट लागेपनि टिटानसको सुइ, ड्रेसिंग, झोलिलो खाना तथा संक्रमण रोक्ने औषधि सेवन गर्नुपर्दछ !
८. यस्तो विषम मौसम एबम वातावरणमा फ्रिजमा राखेको पानी, कोल्ड ड्रिंक्स, अल्कोहल आदिको सेवन गर्नुहुँदैन !
. सबैले आफ्नो घर अगाडि सरसफाई गर्नुपर्दछ ! पानी जम्न दिनुहुँदैन ! जमेको पानी र भत्केका पर्खालको कारण मलेरिया, डेंगु जस्ता कीटजन्य रोग लाग्न सक्दछ !
१०. प्राप्त भएसम्म रोगप्रतिरोग क्षमता बढाउन सागसब्जी, फलफुल, गेडागुडी, दाल, अन्डा, प्रशस्त पानी आदि सेवन गरेर आफ्नो स्टामिना बडाउन कोशिस गर्नुपर्दछ !

आज विहान ४.९ रेक्टर स्केलको भूकम्प

Posted by Tekman Shakya | Monday, April 27, 2015 | Posted in

काठमाडौं, १५ वैशाख । आज बिहान रसुवा र गोरखालाई केन्द्रविन्दु बनाएर २ पटक भुकम्प गएका छन् । विहान ५ बजेर ५ मिनेट जाँदा रसुवा आसपास केन्द्रबिन्दु भएर ४.९ रेक्टर स्केलको भूकम्प गएको हो । गोरखा केन्द्रबिन्दु बनाएर विहान ४ बजेर ११ मिनेट जाँदा ४.४ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

यो सँगै अहिलेसम्म चार रेक्टरभन्दा माथिको ९८ वटा भूकम्पको धक्का महसुस गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए । आज बिहान मात्र पाँच वटा भूकम्प गएको मापन केन्द्रका प्रमुख अधिकारीले बताए । हिजो २४ घण्टाभित्र १३ वटा भूकम्प गएका थिए ।

चोरी भएको आशङ्का, निगरानी गर्न सुझाव

Posted by Tekman Shakya | | Posted in

काठमाडौं, १४ वैशाख । धार्मिक गतिविधि तथा समाजसेवामा संलग्न व्यक्तिहरुले ऐतिहासिक पुरातात्विक तथा सांस्कृतिक धरोहरहरुको सुरक्षा पटक्कै नभएकोमा चिन्ता व्यक्त गरेका छन् । 

पुरातात्विक सम्पदाको स्थलगत निरिक्षणका लागि गएका पुरातत्व विभागको टोलीसँग प्रकाश रायमाझीले सम्पदा स्थलमा सर्वसाधारण पसी सुरक्षाकर्मी हुँ भन्दै अमूल्य सम्पत्ति चोरी हुन थालेको जानकारी थराए । 

सर्वसाधारणलाई जथाभाबी पस्न दिन नहुने, प्रहरी, विभाग र स्थानीय समुदायको रोहबरमा सामग्री निकाली लाहाछाप गरेर तिनको लगत राख्ने र संरक्षण र सुरक्षाका लागि छुट्टै आयोग गठन गर्नुपर्ने उनले सुझाव दिएका छन् । पुरातात्विक सम्पदा भत्केका अवस्थामा हुन सक्ने चोरी लगायत कामलाई रोक्न पुरातत्व विभागले त्यस्ता कार्यमा संलग्नलाई प्राचीन स्मारक संरक्षण ऐन, २०१३ (संशोधन सहित) बाट कडाइका साथ कारबाही गर्ने जनाएको छ । 

ऐनको दफा १२ मा प्राचीन स्मारक वा पुरातात्विक वस्तुलाई कसैले नष्ट गरेमा, विरुप पारेमा, चोरी गरेमा वा अन्य कुनै किसिमबाट हानिनोक्सानी गरेमा रु पाँच हजारदेखि रु एक लाखसम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था गरिएको छ । अमूल्य वस्तुको भएको यो अकल्पनीय क्षतिलाई पूरा गर्नका लागि विभागले चाँडै विस्तृत कार्ययोजना निर्माण गने तयारी गरेको छ । नेपालका यिनै पुरातात्विक वस्तु हेर्न बर्से्नि हजारौं पर्यटक आउने भएका कारण यसको पुनःनिर्माण अपरिहार्य भएको विभागका महानिर्देशक भेषनारायण दाहालले बताए । 

तथ्यांक अनुसार हनुमान ढोका दरबार क्षेत्रका पुरातात्विक सम्पदा हेर्न आउने पर्यटकका कारण बर्षेनी १६ देखि १८ करोड रुपैयाँ, पाटन दरबार क्षेत्रमा छ करोड र भक्तपुर दरबार क्षेत्र अवलोकन भ्रमणका कारण १६ करोड रुपैयाँ भन्दा बढि सम्म आम्दानी हुने गरेको पाइन्छ ।

महानिर्देशक दाहालको नेतृत्वमा गएको टोलीले आज क्षतिग्रस्त बनेका विश्वसम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्र, पाटन दरबार क्षेत्र र भक्तपुर दरबार क्षेत्र, बौद्धनाथ क्षेत्रलगायत पुरातात्विक सम्पदामा भएको क्षतिको स्थलगत अध्ययन गरेको हो । 

विपत्तीका समयमा गैर–कानुनी काम गर्नेलाई कारबाही हुन्छः प्रधानमन्त्री

Posted by Tekman Shakya | | Posted in ,

काठमाडौँ, १४ वैशाख । प्रधानमन्त्री सुशील कोइरालाले भूकम्प पीडितको उद्धार, राहत तथा पुनःस्थापनामा प्रभावकारी सेवा उपलम्ब नगराउने जो कोही सम्बन्धित निकायलाई पनि कारबाही गर्ने चेतावनी दिएका छन् ।

छिमेकी मित्रराष्ट्रले अत्यन्तै चासोका साथ नेपालको विपत्तिमा सहयोग गरेको र थप सहयोग उपलब्ध हुने चरणमा रहेको जानकारी दिँदै प्रधानमन्त्री कोइरालाले विपत्तिको समयमा गैरकानुनी काम गर्नेलाई कारबाही गरिने बताए ।

सरकारले पीडितको राहत तथा उद्धारका विषयमा अगाडि सारेका काम कारबाहीका बारेमा जानकारी दिँदै प्रधानमन्त्री कोइरालले भने,–‘सरकारले जनतालाई उद्धार, राहत प्रदान गर्न हरसम्भव उपाय अवलम्बन गरेको छ । कसैले कमजोरी गरे आवश्यक कारबाही हुन्छ ।’

सही र तथ्यपूर्ण सूचना दिन र आवश्यक सहयोग उपलब्ध गराउन सबैको उत्तिकै सहयोगको आवश्यकता रहेको भन्दै उनले राष्ट्रिय विपत्तिको समयमा मुलुकको ध्यान भूकम्प पीडितको उद्धारमा लाग्न आग्रह गरे । 
सोमबार बसेको सर्वदलीय बैठकमा प्रधानमन्त्री कोइरालाले सरकारका सबै संयन्त्रहरु परिचालित भएको, गैरसरकारी निकाय, स्वयम्सेवी तथा अन्तर्रा्ष्ट्रिय समुदायले पनि मानवीयताका आधारमा पीडामा परेका जनतालाई सहयोग गरेको भन्दै सहयोग उपलब्ध गराउन कुनै समस्या आए आवश्यक बल प्रयोग गर्न समेत निर्देशन दिइएको बताए ।

सरकारले उद्धार, राहत तथा उपचारका लागि उपलब्ध सबै हेलिकोप्टर प्रयोग गरिएको, पिउने पानी, खाद्यान्न उपलब्ध गराउन सबै उपाय अवलम्बन गरिएको र विपत्तिको समयमा विवेक पु¥याएर एकापसमा सहयोग गर्नसमेत अनुरोध गर्नुभयो । 

अपडेटः भुकम्पमा परी ज्यान गुमाउनेको संख्या ४ हजार पुग्यो !

Posted by Tekman Shakya | | Posted in ,

काठमाडौं, १४ वैशाख । गृह मन्त्रालयको पछिल्लो जानकारी अनुसार शनिबार भएको महाभुकम्पमा परि मृत्यु हुनेको संग्या ४ हजारको हाराहारीमा पुगेको छ । भुकम्पमा परि ३ हजार ९ सय ४ जनाको मृत्यु भएको नेपाल प्रहरीले जनाएको छ । ७ हजार १ सय ८० जना भन्दा बढि घाईते छन् ।

भुकम्पमा परी काठमाडौंमा उपत्यका अन्तर्गत काठमाडौंमा ९ सय ३०, ललितपुरमा १ सय ५७ र भक्तपुरमा २ सय ४० जना मृत्यु भएका छन् । यस्तै पूर्वमा भोजपुरमा २, सुनसरीमा ७, सोलुखुम्बुमा २२, ताप्लेजुङमा १, मोरङमा २ र सप्तरीमा १ जना गरी ५१ जना मृत्यु रहेका छन् ।

यस्तै मध्ये क्षेत्रमा रामेछापमा २६, सिन्धुपाल्चोकमा १ हजार ३२,  धनुषामा १, मकवानपुरमा ३५, रसुवामा १ सय ५१, दोलखामा ५०, काभ्रेमा २ सय २७, चितवनमा ५, नुवाकोटमा ४ सय ४८, धादिङमा २ सय २९, सिन्धुलीमा ९, बारामा ५, पर्सामा ३, सर्लाहीमा १ र रौतहतमा १ जना गरी २ हजार २ सय ९३ जना मृत्यु भएका छन् ।

यस्तै पश्चिम क्षेत्रमा गोरखामा २ सय २३, कास्कीमा २, नवलपरासीमा १, तनहुँमा १ र लमजुङमा ४ गरी २ सय ३१ जनाको मृत्यु भएको छ । मध्य पश्चिम क्षेत्रमा रोल्पामा १ र रुकुममा १ गरी दुईजनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

UPDATE:-मृतकको संख्या ३८१५, घाइते ७०४६: नेपाल प्रहरी (विवरण सहित)

Posted by Tekman Shakya | | Posted in

उपत्यका : मृतक: १३१७, घाइते: ४२५२
काठमाण्डौ - ९२०
ललितपुर - १५७
भक्तपुर -२४०
पूर्व क्षेत्र : मृतक ५०, घाइते: २०६
भोजपुर -२
सुनसरी- ७
सोलु - २१
ओखलढुङगा - १६
ताप्लेजुङ – १
मोरङ-२
सप्तरी -१
मध्य क्षेत्र : मृतक २२१५, घाइते: २२८१
रामेछाप – २६
सिन्धुपाल्चोल – १०२१
धनुषा- १
मकवानपुर -३३
रसुवा – १५०
दोलखा -४६
काभ्रे -१९३
चितवन -५
नुवाकोट ‍- ४२२
धादिङ – २९९
सिन्धुली – ९
बारा – ५
पर्सा – ३
सर्लाही -१
रौतहट – १
पश्चिम क्षेत्र: मृतक -२३१, घाइते: २८७
गोरखा -२२३
कास्की -२
नवलपरासी – १
तनहु -१
लमजुङ – ४
मध्य पश्चिम क्षेत्र :मृतक-२, घाइते-२०
रोल्पा -१
रिकुम – १

भुकम्पबाट उद्धार गर्न अन्तर्राष्ट्रिय सहयोग तथा सहायता !

Posted by dadad | Saturday, April 25, 2015 | Posted in ,

काठमाडौं, वैशाख १३ । 
पाकिस्तानले चारवटा सि १३० हवाइजहाँजसँगै दैनिक उपभोग्य वस्तु लगायत हस्पिटलका लागि चाहिने उपकरण लगायत आफ्नो उद्धार टोली पठाउँदै छ।
नेपालमा सहयोगका लागि रुसले पनि एक टीम पठाएको छ । आजै नेपाल आइपुग्नेछ
भूकम्प पीडितको उद्दारका लागि
चिनियाँ टोली आउदै  भुकम्पबाट उद्धार गर्न विभिन्न मुलुकहरुले आफ्नो सहयोग तथा सहायता नेपाल पठाउन थालेका छन्।
भारतवाट पठाइएका राहत सामाग्रीहरु नेपाल पुग्न थालिसकेको छ भने अन्य देशहरुवाट नेपालमा राहत पठाउने क्रम जारी छ।
अमेरिकन सरकारले १० करोडको सहयोग समेत प्राकृतिक प्रकोप उद्धार टोली पठाउँदै छ भने, चीनले उद्धार खोजीकालागि ६२ सदस्य तथा ६ कुकरसहित टोली पठाउँदै छ।
त्यस्तै डाक्डर विथ आउट बोर्डरले पनि नेपालका लागि ३ हजार किट लगायत मेडिकल सप्लाइ पठाउँदै छ।
च्यारीटी अेमरीकयर्सले पनि खाना, कपडा, औषधि उपचार सामाग्री लगायत अन्य दैनिक उपभोग्य वस्तुहरू लैजानका लागि पहल गरीरहेको छ।
गुगलले पनि १० लाख डलरको सहयोग नेपाललाई दिने बताइसकेको छ। क्यालीफोर्निया तथा भर्जिनियावाट उद्धारटोली पनि नेपालका लागि जादैछ।
नेपालमा आपतकालिन राहत तथा उद्यारका लागि क्यानडा सरकारले ५ मिलीयन डलर सहयोग गर्ने भएको छ

२२ घन्टापछि गोंगबुमा एक महिला जीवितै

Posted by dadad | | Posted in

१३ वैशाख, काठमाडौं । विनाशकारी भूकम्प गएको झण्डै २२ घन्टापछि गोंगबुमा एक महिला जीवितै भेटिएकी छिन् ।
नेपाली सेना र भारतीय सेनाको टोलीले महिलाको अहिले उद्दार गरिएको हो । तीन तले घर भत्किएपछि बिमले च्यापिएको अवस्थामा एक महिलालाई भेटिएको हो ।
महिलाले मलाई बचाउनुस् भनेको आवाज सुनेपछि उद्दार टोलीले थाहा पाएको थियो । घटनास्थलमा रहेका अनलाइननखबरकर्मी श्रीधर पौडेलका अनुुसार अहिले उद्दारको प्रयास भइरहेको छ ।

विमानस्थलमा छड्के

Posted by dadad | Friday, April 24, 2015 | Posted in ,


१२ वैशाख, काठमाण्डौ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले शुक्रबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको छड्के निरीक्षण गरेको छ । अन्तर्राष्ट्रिय विमानस्थलको सरसफाइ र यात्रुले व्यहोर्नुपर्ने झन्झटबारे सम्बन्धित निकायले ध्यान नदिएको गुनासाहरु आएपछि मन्त्रीपरिषद् कार्यालयका सचिव शान्तराज सुवेदीको नेतृत्वमा गएको टोलीले विमानस्थल निरीक्षण गरेको हो । कान्तिपुर दैनिकमा समाचार छ ।

निरीक्षणछि विमानस्थल र यात्रुलाई पुर्‍याउने सेवा प्रवाहमा सुधार ल्याउन विमानस्थलमा कार्यरत सबै निकायका प्रमुख तथा जिम्मेवार पदाधिकारीहरुलाई सचिव सुवेदीले निर्देशन दिएका छन् ।

फेरि सुनीलमाथि शंका

Posted by dadad | | Posted in

१२ वैशाख, नयाँदिल्ली र कोलकोता नाइट राइर्डसका वेस्टइिन्डज बलर सुनील नारिनेमाथि नियमविपरित बलिङ गरेको आरोप लगाइएको छ । आठौं इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत सनराइजर्स हैदराविरुद्व सुनीलले नियमअनुसार बलिङ नगरेको फिल्ड म्याच अम्पाएर रिचाड ग्रोथ र विनित कुलकर्णीले आफ्नो रिपोर्टमा उल्ल्ख गरेका छन् । आइपिएल भारतीय क्रिकेट कोर्ड (बिसिसिआई) लाई फिल्ड अम्पाएरले रिपोर्ट बुझाएपछि सुनील फेरि विवादमा तानिएका हुन् । गत वर्षको टी–२० च्याम्पियन्स लिगमा अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसिसी) को नियमअनुसार बलिङ नगरेको जनाउँदै सुनीलमाथि प्रतिबन्ध लगाइएको थियो । जसका कारण उनले एक महिनाअघि अस्ट्रेलिया र न्युजिल्याण्डद्वारा आयोजित एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगितासमेत गुमाएका थिए । विश्वकपलगत्तै सुनीलको बलिङ शैली सही भएको जनाउँदै आइसिसीले उनको प्रतिबन्ध फुकुवा गरेको थियो । त्यसपछि उनले कोलकोताबाट आठौं संस्करणमा प्रतिस्पर्धा गर्न पाएका हुन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ । 

'काठमाडाैंमा बाटाे काट्न गाह्राे रहेछ'

Posted by dadad | | Posted in ,

तपाईहरू यहाँ (काठमाडौं) को सडकमा हिडा सुरक्षित महशुस गर्नु हुन्छ ?,' हलिउड अभिनेत्री मिचेल योहले प्रश्न गरिन् । र, आफैले उत्तर दिइन्,'आज म यहाँको सडकमा कारबाट घुमे । म काठमाडौंको सडक काट्न सक्दिन ।' कान्तिपुर दैनिकमा जगदीश्वर पाण्डेले समाचार लेखेका छन् ।

आफ्ना पति अन्तर्राष्ट्रिय अटोमोबाईल महासंघ (एफआईए) का अध्यक्ष जोन टोडसँग आएकी मिचेल 'बालबालिकासँग सडक सुरक्षा सद्भावना दुतसँगको अन्तरक्रिया' मा शक्रुबार बेलुकी बोलिरहदा नयाँ बानेश्वरस्थित एभरेष्ट होटलमा उपस्थित विभिन्न स्कुलका साना भाईबहिनी, अपांगता भएका व्यक्तिहरू, सरकारी निकायका अधिकारी ध्यान दिएर सुनिरहेका थिए ।

मिचेलले विभिन्न स्कुलका करिब ५० बालबालिकासँग अन्तरक्रिया गरिन् । उनीहरूले सडक सुरक्षाका बारेमा गरेको सुनासो सुनिन् । बालबालिकाले गरेको जेब्राक्रसिङ, ट्राफिक लाईट, आकाशे पुल, स्पिड ब्रेकर, लाइसेन्सको प्रक्रिया, हेलमेट लगाउने, सिटबेल्ट, फुटपाथ लगायतका समस्याको मिचेलले ध्यान दिएर सुनिन् ।

न माओवादी काख, न राज्यको साथ

Posted by dadad | | Posted in

१२ वैशाख, दाङ 'कि हार्‍यो अब यै एउटा जीवन कि जित्यो संसार' भन्न गीत वामपन्थी आन्दोलनमा निकै चर्चित छ। संसार जित्ने त्यही सपना देखेर कय्यौं अभिभावक माओवादी 'जनयुद्ध'को मोर्चामा लामबद्ध भए र जीवन गुमाए। अभिभावकहरूको त्यो नि:स्वार्थ बलिदानको सजाय भने तिनका निर्दोष सन्तानले भोगिरहेका छन्।

माओवादीको १० वर्षे जनयुद्ध, २०६२/६३ को जनआन्दोलन र मधेस आन्दोलनका क्रममा थुप्रैले सहादत प्राप्त गरेका थिए, बेपत्ता र घाइते भएका थिए।
तिनका सन्तानले न आन्दोलनकारी पक्षको काख पाउन सके, न सरकारको साथ। अलपत्रजस्तै छाडिएको सहिद स्मृति विद्यालयले जेनतेन अभिभावकविहीन विद्यार्थीलाई शिक्षाको घाम दिने प्रयत्न जारी राखेको छ।

दैलेखका दलबहादुर बुढा र टीकाराम बुढा विद्यालय भर्ना भएदेखि बाहिर निस्कन पाएका छैनन्। विद्यालयका प्रिन्सिपल झविन्द्र पौडेल भन्छन्, 'चाडपर्व वा जाडो बिदा जे भए पनि उनीहरूका लागि विद्यालय नै घर हो।

अहिलेसम्म यी विद्यार्थीका अभिभावक आएर भेटेको मलाई थाहा छैन।' प्रिन्सिपल पौडलका अनुसार मुगुका सन्तोष भण्डारी, कालीकोटका विनोद बम र रुकुमका निमबहादुर गोसाईं विद्यालयको आँगन टेकेदेखि अहिलेसम्म दसैंतिहारमा समेत घर गएका छैनन्। अाजकाे अन्नपूर्ण पाेस्ट दैनिकमा समाचार छ 

३ खर्बका थोत्रा नोट जलाइए

Posted by dadad | | Posted in ,

१२ वैशाख, काठमाण्डौ । नेपाल राष्ट्र बैंकले ७० वर्षयता झन्डै ३ खर्बबराबरको नोट जलाएर नष्ट गरेको छ। नयाँ पत्रिका दैनिकमा समाचार छ । नेपालले २००३ देखि कागजी नोट छपाइ गरेर चल्तीमा ल्याएको थियो । यस अवधिमा विभिन्न दरका गरी सात खर्ब ३२ अर्बबराबरका नोट छपाइ गरिएका छन् ।
चलनचल्तीका नोट विभिन्न कारणले चल्न नसक्ने अवस्थामा पुगेपछि राष्ट्र बैंकले प्रक्रिया पुर्‍याएर नष्ट गरेको हो ।

एमाओवादी नेतृत्वको माेर्चामा, काे गद्दार, को धोकेबाज

Posted by dadad | | Posted in ,


१२ वैशाख, काठमाण्डौ । एमाओवादी नेतृत्वको ३० दलीय विपक्षी मोर्चामा एकले अर्कोलाई धोखा दिएर गद्दारी गरेको भन्दै आरोप-प्रत्यारोप चलेको छ। अन्नपूर्ण पाेस्ट दैनिकमा समाचार छ ।  एमाओवादी संसदीय दलको कार्यालयमा शुक्रबार बसेको मोर्चाको बैठकमा पनि यसले निरन्तरता पायो।

मोर्चामा आबद्ध मधेस केन्द्रित केही दल र जनजाति पृष्ठभूमिका दलले आन्दोलन फिर्ता लिएको भन्दै एमाओवादी नेतृत्वलाई 'गद्दार' को आरोप लगाए भने एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले आफूलाई 'धोका' भएको बताए।

संविधान सहमतिमा बनाउन सत्तासीन दललाई दबाब दिने भन्दै गठबन्धनले आन्दोलनका कार्यक्रमअन्तर्गत चैतमा तीनदिने बन्द आह्वान गरेको थियो। पहिलो दिन बन्द भए पनि दोस्रो र तेस्रो दिनको बन्द फिर्ता लिइएको थियो।

गठबन्धनको संयोजकका हैसियतले दाहालले बाँकी दुई दिनको बन्द फिर्ता लिएका थिए। यही विषयलाई लिएर गठबन्धनमा चलेको जुहारीका कारण दुई सातासम्म बैठक बस्न सकेको थिएन।

मोर्चाको शुक्रबारको बैठकमा मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले बन्द कार्यक्रम फिर्ता लिएर धोका दिएको बताएका थिए। उनले बन्द फिर्ता लिनुको आवश्यकता र औचित्य पुष्टि गर्न दाहाललाई चुनौती दिए।

उनले दाहालप्रति कटाक्ष गर्दै भने, 'बन्द फिर्ता लिन भन्दै बसेको बैठकमा चारतिर कब्जाको शैलीमा आफ्ना मान्छे राख्दै हाउभाउ शैलीमा एकपक्षीय निर्णय गर्नु आन्दोलनप्रतिको सबैभन्दा ठूलो गद्दारी हो।'

थपिँदै भुटानी शरणार्थी

Posted by dadad | | Posted in ,

१२ वैशाख, काठमाण्डौ । नेपाली मूलका भुटानी नागरिकहरु आफ्नो थलो छाडेर अझै शरणार्थीका रुपमा नेपाल आउने क्रम जारी रहेको खुलासा भएको छ । कान्तिपुर दैनिकमा समाचार छ ।
अढाइ दशक पहिले भारतीय भूमि हुँदै पुर्वी नेपाल छिरेका भुटानी शरणार्थीहरु घरफिर्ता हुन सकेनन् ।
उनीहरुमध्ये धेरैजसो तेस्रो देश पुर्नवास गइरहेका छन् । यो अवस्थामा समेत दिनहुँजसो नयाँ शरणार्थी आइरहेको शरणार्थी नेताहरुले बताएका छन् । भुटानी मानवअधिकारवादी नेता टेकनाथ रिजालले सन् २०१२ पछि करिब ३ हजार भुटानी शरणार्थी शिविरमा थपिएको दाबी गरे ।

नेपाल १ सय २१ औं खुसी मुलुक

Posted by Unknown | | Posted in ,

खुसी मुलुकको सूचीमा नेपालले १ सय २१ औं स्थान पाएको छ । कान्तिपुर दैनिकमा समाचार छ ।
२०१२ दृखि विभिन्न सूचकलाई आधार मानेर निकाल्न थालिएको ह्यापिनेस रिर्पोटको २०१५ को संस्करणले नेपाललाई १ सय ५८ मुलुकमध्ये १ सय २१ औं स्थान दिएको हो ।
अध्ययन अनुसार नेपाल सार्क मुलुकमा श्रीलंका र अफगानिस्तानभन्दा खुसी छ । सबैभन्दा खुसी मुलुक स्विजरल्याण्ड,, दोस्रोमा आइसल्याण्ड, तेस्रोमा डेनमार्क परेका छन् । भारत १ सय १७ औं स्थानमा छ

बरिष्ठ गीतकार प्रेम प्रकाश मल्लको निधन

Posted by Unknown | | Posted in ,

माछापुच्छ्रे फेवातालमा पौडी खेल्दो रैछ
पोखरा त साच्चिकै पो पोखरा नै रैछ...'
यी र यस्तै कालजयी गीतका लेखक तथा गीतकार प्रेम प्रकाश मल्लको ८० बर्षको उमेरमा निधन भएको छ।
पक्षघातका कारण लामो समयदेखि अस्वस्थ रहेका गीतकार  मल्लको शिक्षण अस्पताल नेपालगन्जमा उपचार कै क्रममा निधन भएको हो।
‘म मरे पनि मेरो देश बाँचि रहोस्....’ भन्ने कालजयी गीतका लेखक मधुकरका शव्द भावमा राष्ट्र, राष्ट्रियता पाईन्छ। मधुकरका अधिकांश गीत चर्चित र नेपाली जनजीब्रोमा झुन्डिएका छन्। कबिता/गजल र शोककाब्य लगायत ५ पुस्तक प्रकाशित छन्।
दर्जनौ राष्ट्रिय गीतका लेखक तथा गायक मल्लको ७८ वर्ष जीवनी पल्टाउदा धेरैजसो दुःखका कथा भेटिन्छन्।  पक्षघातका कारण  हिंडडुल गर्न पनि नसक्ने मधुकरको पछिल्ला दिनमा  बोलीसमेत राम्ररी फुट्दैनथ्यो।
उच्च रक्तचाप, डिप्रेशन, थाइराइड र प्यारालाइसिस जस्ता समस्याले मधुकर २०५८ साल पुषदेखि ओछयानमा थलिदै आएका थिए।
प्रेमप्रकाशलाई मासिक पाँच हजारको औषधी किन्नु पर्थ्यो। तर, आर्थिक अभावका कारण उनलाई औषधि किन्न समेत गाह्रो भईरहेको थियो। पछिल्ला दिनमा सिकिस्त बिरामी परेका मल्लको उपचारमा आर्थिक अभाब भएपछि देश बिदेशमा रहेका गीत संगीतका पारखीहरुले आर्थिक संकलन गरेर उनको उपचार खर्च जुटाउँदै आएका थिए।
उनलाई भेट्नेहरुले भन्ने गरेका थिए, ‘आशुँ पिएर बाँचिरहेका छन् मधुकर।’  कहिलेकाँही एक्लै बाच्नुपर्दा निकै पिडा पनि हुन्थ्यो उनलाई तर, उनी आफैंलाई सात्वना दिन्थे। उनको अबस्था  आफैले गाएको गीत जस्तै भएको थियो।
वन कि म चरी कस्ले सुन्ला कठै बरी
मेरो मनको बिलौना, हाय हाय मनको बिलौना।
सडक दुर्घटनामा परेर छोराको मृत्यु भएपछि उनी लामो समयदेखि छोरीको घरमा बस्दै आएका थिए। आफ्नै घरमा स्याहार सुसार गर्दै आएकी जेठी छोरी श्रीमती वाणी मल्लले आफूसँग भएको गरगहना कृषि विकास बैंकमा धितो राखेर आवश्यक रकमको ब्यबस्था मिलाई उपचारका लागि तीन साता पहिले भारतको लखनउ पुर्‍याएकी थिइन्।
मल्लले ०५४ सालमा राष्ट्रिय प्रतिभा पुरस्कार पाएका थिए। उपचारका लागि आर्थिक अभाबको परेपछि उनका आफन्तहरुले सहयोगका लागि बाँके कै जनप्रतिनिधि मुलुकको प्रधानमन्त्री सुशील कोइरालासँग आग्रह गरेका थिए। गीत संगीतमै आफ्नो जीवन सर्मपण गरेका मल्लले सरकारबाट उपचार सहयोग पाएनन्। @setopati

पुश स्वास्थ्य एवं पशुपालनका लागि चुनौती

Posted by Tekman Shakya | | Posted in ,

 पशु चिकित्साकर्मी डा. केदार कार्की

पृष्ठभूमी
पशुपालन क्षेत्र हाम्रो जस्तो विकाशील कृषि प्रधान देशका लागि बलियो आधारस्तम्भ मानिन्छ । मुलुकको आजको कुृल ग्राहस्थ उत्पादनमा यस क्षेत्रले पु¥याएको योगदान हेर्दा, विश्व प्रतिस्पर्धामा टिक्न अझ धेरै गर्न बाँकी त छ नै, यसका पनि पुश चिकित्साकर्मीको विश्वसनीयता बचाउन पनि । यो माग त्यति बेला पुरा गर्न सकिन्छ जब पशु स्वास्थ्य संर्वद्धनका लागि विश्वाशिलो प्रयत्न गरिने छ । 

यसका लागि पशु विकास तथा पशु स्वास्थ्य संर्वद्धनमा लागेकाको संयुक्त प्रयास हुनु पर्छ । त्यसका लागि आज हाम्रा सामु चुनौतीका रुपमा छदम भेषि रुपमा देखा परेका पशु चिकित्साकर्मीका कारण सृजना हुन पुगेका समस्या समाधान खोजीनु पर्ने हुन्छ । जसकारण उपयुक्त अध्ययन एवं पशुपालक कृषकका लागि त यो मन्द विष सरह भएको देखिन्छ ।

छदमभेषि चिकित्साकर्मी चाहे त्यो पशु स्वास्थ्य सेवा प्रवाह गर्ने हुन वा मानव स्वास्थ्य सेवा प्रवाह गर्नै हुन यीनीहरु फुर्तिपुर्णरुपमा आफूलाई प्रस्तुत गर्दछन्, सवै चिकित्सा जन्यज्ञान आफूसँग भएको भनी सेवा ग्रहीलाई झुक्याएर यीनको उदेश्य एउटै हुन्छ त्यो भनेको सोझ सेवा ग्राहीबाट पैसा कुमल्याउने ।

यी छदमभेषि पशु चिकितसाकर्मी कसरी सतहमा देखिन्छन् । यीनीहरु प््राायः पशु स्वास्थ्य सेवा प्रवाह गर्ने स्थापित निकायमा साना तीनो जागीर खाएर दक्ष एवै्र विज्ञ पशु चिकितसाकर्मीको सहयोगीका रुपमा रहेका हुन्छन् । यीनले ती दक्ष एवं विज्ञसँग विरामी जाँच गर्दा। औषधी उपचार तथा रोकथामका उपायबारे दिने सल्लाह सुझावको सुक्ष्म अवलोकन गर्ने गरेका हुन्छन् ।

त्यस्का आधारमा उनीहरु आफै  चिकित्सक भएको अनुमती गर्दछन् । उनी पटक पटक सोही अनुसारको प्रयोग गरी सवैसाधारण कृषकलाई भ्रममा पारी धेरै, गोठ अनि खोरमा पुग्दछन् । यीनले पु¥याउने उपचार सेवा भनेको झरे आप गए झटारोे भने जस्तै हुन्छ नै । यीनको विशेषता भनेको स्थानिय छर छिमेकी हुनु अनि विभिन्न साइनो जोड्ने चिकित्सा विज्ञानको जटिल शब्दावलीलाई सेवा ग्राहीका भेषभुषा अनि स्थानियता हेरी उनकै बोली, भाषा अनि लवज प्रयोग गर्नुलाई मानिन्छ । 

यसरी यीनले सेवाग्रहीलाई ाभ्रम तथा विश्वासमा पारी आफ्नो स्वार्थ पुरा गर्छन्  तर दुःख पाउने भनेको बोलीविहीन पशु पंक्षी हुन पुग्दछन् । यस्ता छदमभेषि पशु चिकित्साकर्मीको वीगविगि हुनुमा सहायक भूमिका कस्तो त ?

क)  कृषक आफै दक्ष तथा विज्ञ पशुचिकिस्ताकर्मी त्यतिकै घर दैलो गर्देनन् त्सकारण यीनै छदमभेषि उनका भरपर्दा सहयोगी ठान्लाले पनि ।

ख) सरकारी सेवामा रहेका जिम्मेवारी पशु चिकित्सा कर्मी जो अफूलाई सरकारी आर्थिक प्रशासनिक कार्यमा व्यस्त राख्न रुचाउँछन् अनि आफ्ना सहयोगीलाई यो विरामी यो रोगले ग्रसीत होला यो–यो औषधी उपचार यसरी गर्नु भनि अहाउन्छन् जस्को प्रभाव सेवा ग्राही चिकित्सक काम लाग्ने भनै यीनै रहेछन् भन्ने भान हुन पुग्छ ।

ग) केही औषधी उत्पादक संस्था, औषधी व्यापारमा संलग्न संस्थाले पनि यीनलाई विभिन्न खाले प्रलोभनमा पारी रोग जे लागे पनि आफ्नो उत्पादक प्रयोग गरेवापत पुरस्कृत बेला बेलामा गर्दछन् ।

यसबाट पशु स्वास्थ्यमा हुने क्षति
यीनलाई पशुपंक्षी के कारणले विरामी परे भन्ने सोच्ने फुर्सद त हुदैन बरु आफ्नो झोलामा भएको औषधी बेच्दा बढि नाफा को मात्र चिन्ता हुन्छ । सकभर यीनले सबै खाले औषधी एकै साथ प्रयोग गर्ने गराउँछन् । एउटाले नगरे अर्काेले त गर्ला भी तर यीनलाई यस्ता विभिन्न समुहका औषधीको सहप्रयोग कारणा उत्पन्न हुन सक्ने रसायनिक अन्तर संघर्षका पशुको स्वास्थ्यमा नै पु¥याउने अकल्पनिक क्षतिको बारे यीनलाई चिन्ता पो किन हुने भयो । यस्को दुष्परिणाम भनेको विभिन्न खाले रोग लगाउने जीवाणु विषाणु,ढुसी परजीवीमा, विकशीत हुन जाने औषधी प्रतिको शहनशीलताको विकास ।

यीनले एन्टी वायोटिक प्रयोग गर्ने भनेको शुरुमानै सवै भन्दा कडा त्यो पनि कि चाहिने मात्रा भन्दा बढि वा कम त्यो एण्टीवायोटिक कति मात्रामा कति दिन सम्म र कसरी प्रयोग गराइनु पर्ने भन्दा यीनलानई के उपयुक्त वा सहज लाग्न सम्म हो. । कुन जिवाणु कुन एण्टीवायोटिक प्रति सम्वेदनशील वा सहनसील छ भन्ने कुरा यीनीहरुका लागि कुनै अर्थ राख्दैन त्यसैले होला आज चर्चा छ, वातावरणमा एण्टीवायोटिक सहनशील जीवाणुको विगविगीको ।अर्काे तर्फ पशुपन्छीलाई झाडा पखालाले सतायो भने प्रति परजीवीको प्रयोग यीनले गर्नु सामान्य मानिन्छ कारण जे भए पनि ।

कस्तो खाले परजीवीबाट पशु ग्रीित भए, कस्तो खाले प्रति परजीवी औषधी कति मात्रामा दिने वा थप्नै पर्ने कहिले भन्ने चिन्ता यीनमा कमै पाइनछ । बरु कडा खाले उच्चतम मात्रामा दिने गरेको सामान्य रुपमा दिनु, विरामी निको  नभए सोही समूहको वा अन्य समूहको प्रति परजीवी औषधी दिनु सामान्य मानिन्छ । यसरी प्रति परजीवी जन्य औषधीको उच्चतम मात्रा प्रयोग गर्दा यसले निम्त्याउने परिणामको न्यूनीकरणको उपाय अवलम्बन गर्न यीनलाई फुर्सद नै किन पर्दथ्यो ।

अझ यी छदमभेषि पशुचिकित्साकर्मीहरु कहिले काँहि जटिल प्रकृतिका शल्यक्रिया गर्न पनि पछि पर्दैनन् । यसो गर्दा अपनाउनुपर्ने पूर्व सक्रमणका निरोधकका न्यूनतम उपाय अवलम्बन गर्न यीनलाई फुर्सदको किन होस् । जसको परिणाम विरामीले ज्यान गुमाउने जोखिम त रहन्छनै, घाउ पाकी जनावरले पाउने  दुःख आफ्नै ठाउँमा छ । 

किनभने यीनले प्रयोग गर्ने शल्यक्रिया गर्ने चाहिने सामान भनेको एउटा सर्जिकल ब्लेड, एउटा सिरिन्ज र एउटा निडल त मात्र हुने त हो । किन्यो एक पटक प्रयोग गरि हजार पटक, निर्मलीकरण र निसंक्रमण के हो यीनलाई के चिन्ता ? जिउमा कतै सुन्निएको यीनले देख्न पनि हुन्न । झोलाबाट झिक्यो सियो खोप्यो सुटुक्क । अझ थुनबाट दुध आएन भनेर सोध्ने हो भने थुनमा काठ बाँस र कुनै धातुको सुइरोले घोचे दुध आइहाल्छ भन्ने नभए भन्दिए भयो । यो गाई भैसीले दुध दिदैन है, मेरो कुरा मन नपरे जानु सोध्न जानु ती डिग्री बोकेका पशु चिकित्सकलाई ।

यी छदमभेषि पशुचिकित्सकको ठुलो योगदानको काुरा विर्सन हुदैन । त्यो भनेको हामे किसानको घरमा त्यो गर्भ टिकाउन सकेन, यसलाई बाँझोपन भनिन्छ । पशु प्रजनन विज्ञानको भाषामा पशुहरुको वंशाणुगत सुधार अनि उत्पादकत्व छोटो समयमा बृद्धि गर्ने विधि कृतिम गर्भाधारण विधि सल्पानजानीले आविष्कार ग¥यो ।

व्याडको राँगो साधेँ के खोजिराख्ने आज यी छदमभेषि पशुचिकित्साकर्मीका कारण हाम बहुमुल्य दुधालु गाई भैसी बाँझोपन, अनी गर्भ उल्टीने बाँझोदेखिने समस्या  विर्य कहाँ र कति बेला राख्ने हेक्का त यीनलाई के होला । विर्य जडित बंदुक त्यो पेटमा हाले पुग्ने, क्षति भए त्यो निरिह प्राणीको यौनाङ्ग मात्र होइन पाठेघर अनि गर्भस्थलको त के कुरा विर्य पुग्छ पेटमा पाथठेघर स्थलमा हुने संक्रमणले निम्त््याउछ मेट्राटिस इन्डो मेट्राइटिस अनि पायोमेट्र हेर्दा साच्चै मेरो गाईभैसी अब व्याउने भयो भनेर ढुक्क हुन्छ किसान । गर्भिणी बेथा च्यापे पछि निश्चित समावधिमा बच्चा जन्मन्छन् ढिलो र चाडो यो विज्ञानको नियम हो  । 

तर कहिलेकाही समस्या आउछ नै । यीनका लागि यो पैसा थुत्नु सरल माध्यम पनि बन्दछ । बच्चा गर्भस्थलमा  कुन अवस्थामा कसरी अवस्थित छ र कसरी निस्कन खोजिएको छ भनी उनलाई यसको चिन्ता गरी पो रहनु किन प¥यो । गर्भस्थलमा रहेको बच्चाको जे भाग भेट्यो त्यो तानेर निकाली दिदा पुग्दछ ।बरु माउको गभस्थल नै बाहिर किन न आओस ।

कहिले काही बच्चा स्वभाविक रुपमा जन्मे पछि साल अडाकिने गर्छ, तयसमा धेरै रोगजन्य कारण पनि हुन सक्दछ सोही अनुसार साल नाल छुट्याउन सक्ने दक्षताको खाँचो पर्छ । तर यीनलाई साल थुतेर पराक्रम गरे जस्तो हुन्छ, यस्तो बेला पशुले मृत्यु वरण सम्म गर्नुपर्ने हुनछ््न्छ । बाँची हाले, जीवनभर बाँझोपनको सिकार हुनुपर्छ । यसबाहेक कहिल ेकाही गर्भिणी दुधालु गाई भैसीमा उपयुक्तपोषणा व्यवस्थापन नगरिएको अवस्थामा गर्भाशय उल्टो गरी फर्केर बाहिर आउने गर्छ । 

जस्लाई भन्डारो फर्किने भनिन्छ । यस्तो बेला यी छदमभेषि पशुचिकित्साकर्मी छु भन्नेले गर्ने भनिएको जबरजस्ती भित्र पसाइदिने मात्र हो । यसरी बाह्य वातावरणमा प्रस्तुत भएको त्यो संवेदनशील प्रजनन अंगको निर्मलीकरण, निसंक्रमण अनि यथास्थितिमा प्रतिस्थापन उनको प्राथमिकता मा त परेन जस्का कारण  पशुले मृत्युवरण गर्नुपर्ने सम्म हुन्छ । पशुपन्छीमा प्रयोग गरिने  खोप निष्प्रभावी हुनुमा यीनको भूमिका रहेको अधिकाँश विकाशील देशमा मानिन्छ । 

यी खोप जैविक प्राकृतिक हुने कारणले यीनलाई उपयुक्त चिस्याइलो ताक्रममा सञ्चय एवं पारवाहन गरिनुपर्ने वैज्ञानिक मान्यता त विश्वव्यापी छ । तर यीनले गर्ने भनिएको एग्राभेटबाट दुई टुक्रा बरफ राखेर गोठमा पुगेर लगाएको खोपको विश्वस्नियता कति हुन्छ । झन विडम्बना त के छ ख्याती प्राप्त निर्माताको एक भायल यीनले किन्योृ भने त्यो कहिले सकिन्न । त्यो भायलमा कति पशुलाइृ पुग्ने भन्दा उनले कतिलाई पु¥याउने मात्र चिन्ता हुने गर्दछ । भनिन्छ एउटा पशुलाई प्रयोग गरेको सिरिन्ज र निडल अर्काेलाई प्रयोग गर्नु हुदैन । 

तर यीनले एक पटक यो किन्यो भने अकाृे किन्ने फुर्सद पो किन पर्नु प¥यो । प्रत्येक खोप निश्चित मात्रामा अनी पशु्पन्छीका लागि प्रयोृग गरिनुपर्छ तर आज हाम्रो परिवेशमा घर धनी बुझ्न पाएका हुदैन । डाक्टर घरै आइपुग्छन् उपचार गर्न अनी सेवाग्रही धन्य ठान्छन् । अनि दिउँसो केन्द्रीय पशु चिकित्सालय पुग्दछन् त्यहि पशुपन्छी लिएर ।  

अब यसलाई रोक्न के गर्नुपर्ला ?
क) यस्ता छदमभेषि पशुचिकित्सकहरुको प्ष्ट पहिचान गरी उनको दुष्कर्मको लागि दण्दित गर्ने व्यवस्था गर्नुपर्दछ । 

ख( एने कानून निर्मम रुपमा लागु गर्नुपर्ने हुन्छ । 

ग) यदि कुनै वैधानिक पशु चिकित्सक यस्ता कार्य गर्न सघाउन मद्दत गर्नलाएको पाइएमा  तिनलार्य पनि एृेन नियममा व्यवस्था भए अनुसार कार्वाही गनुपर्ने हुन्छ ।

घ) छदमभेषि पशु चिकित्सकहरु सघन निग्रानीमा राखिनुपर्छ ।

ङ) समग्र सेवा ग्रहीलाई आज यस्ताबाट तपाईको पशु धनको क्षती पु¥याउछन् । छदमभेषि पशु चिकित्सक र औपचारिक पशु चिकित्सक जसले विधिवत पशु चिकित्सा विज्ञानमा कम्तिमा स्नातक तहको अध्ययन गरेकोमा फरक हुन्छ है भनने सूचना प्रवा ह गरिनुपर्छ । 

च) सरकारी पशु स्वास्थ्य प्रवाहको सेवा अझ बृहत रुपमा पशु पालक कृषकको घर दैलोसमम पु¥याउन पहल गर्नुपर्छ । सोही अनुसार जनमानसलाई सूचना र सेवाको पहुच पु¥याउने प्रयास गरिनुपर्छ । 

अन्तमा एक निष्कर्षः
यी र यस्ता अमानवीय व्यवहार गर्ने जसले जहाँ गर्छ तिनलाई तिरस्कार गर्नुपर्छ । पशु धनीले यस्ताको विश्वास गर्दा आफूले पालेको पशुधनीले भोग्नुपरेको पिडा र व्यहोनृ परेको आर्थिक क्षतिको बारेमा पनि सोच्नुपर्ने हुन्छ । 
दर्ता भएको पशु चिकित्सकले यस्ता कार्य प्रोत्साहित गर्नु हुन्न । भए को देखिन्छ भने सामूहिक प्रतिरोध गर्न सक्नुपर्छ । अनि मात्र पशु चिकित्सक पेसा मर्यादित  हुन्छ ।

    Popular Posts

    Blog Archive