Published On:Monday, March 16, 2015
Posted by Unknown

​सुन्दर युवतीले कहलिएका विश्वका १० देश

२ चैत,काठमाडौं,  – विश्वमा सबैभन्दा बढी सुन्दर युवती कुन देशका होलान् ? उत्तर सजिलो छैन । विश्व सुन्दरी छानिएको आधार त्यसको आधार बन्न सक्छ । तर यो प्रयाप्त छैन । विभिन्न दृष्टिकोणबाट सुन्दरी नारीहरुको बाहुल्यता पहिचान गर्ने गरिएको छ । 


पछिल्लो एउटा अध्ययन अनुसार हाल विश्वमा सबैभन्दा धेरै सुन्दरी भएको र सुन्दर नारीको हिसाबले पहिलो नम्बरमा इटली रहेको छ । विश्वमा टप टेन सुन्दरी मानिने देशहरु यी हुन् : 

१. इटली



कुनै समय इटली जीवन शैली र फेशनका हिसाबले विश्वमै प्रख्यात थियो । फेशन र कलात्मक जीवन शैलीले इटलीका युवतीहरुलाई विश्वमै सुन्दर मानिन्छ । इटलीका युवतीहरुको पातलो र अग्लो शरीर,खैरा आँंखा,सिल्की कपाल उनीहरुको सुन्दरता दर्शाउने पक्ष हुन् । 

२. अर्जेन्टिना 



अग्लो र पातलो शरीर तथा चिल्लो छालाले यहाका युवतीहरुलाई भिन्नै आर्कषण दिएको छ । अर्जेन्टिनाका युवतीहरु शरीरको बनावटका हिसावले सुन्दरताकी रानी भनेर चिनिन्छन् । अर्जेन्टिना उनीहरुको रोमान्टिक संस्कृति,खुला समाज र आनन्द गर्ने अभ्यायसले नारीहरुको सुन्दरतालाई खुलस्त पारेको मानिन्छ । अर्जेन्टिनाभित्र पनि ब्यूनस आयर्स सहर सुन्दरी युवतीका लागि बढी नै प्रख्यात छ । 


३. भेनेजुयला



मिस युनिभर्सको इतिहास हेर्दै गयो भने भेनेजुयलाले धेरै पटक उपाधि हासिल गरेको छ । यसले नै यो मुलुकमा कति सुन्दरी युवती होलान् भन्ने अनुमान र विश्लेषण गर्न सकिन्छ । पछिल्लो दश वर्षमा उसले तीन वटक मिस युनिभर्सको उपाधि जितेको छ । खैरा आँंखा,पातलो शरीर लोभलाग्दो मुस्कान नै उनीहरुको विशेष आर्कषण हो । 


४. रसिया



सुन्दरताको हिसाबले रसियालाई धेरैले प्रशंसा गर्छन । नारीको शारिरीक सौन्दर्यताको अध्ययन विश्लेषण गर्ने धेरैले रसियालाई एक नम्बर ठान्छन् । पातलो र अग्लो शरिर नै उनीहरुको विशेष आकर्षण हो । छोए दाग लाग्ने जस्तो सफेद छालाको रंग अर्को आकर्षण हो । अनुहारको बनावट र क्लिन छालाको पनि विशेष चर्चा हुने गर्छ । विश्वका विभिन्न समुदाय,मुलुक र वर्णका युवतीहरुसँंग रोमान्सको अनुभव संगालेकाहरुले रसियन युवतीको खुवै प्रशंसा गर्ने गरेको पनि पाइन्छ । 


५. अमेरिका



संयुक्त राज्य अमेरिका पनि सुन्दरी युवतीका लागि कहलिएको छ । अमेरिका संसारकै ठूलो मनोरञ्जनात्मक गतिविधि हुने मुलुक हो । मनोरञ्जन उद्योगका हिसाबले हलिउड विश्वमै अगाडि छ । त्यहाँं हजारौ मोडल र सुन्दरीहरुले काम गर्छन । विश्वका विभिन्न मुलुकबाट अमेरिका बस्नेतहरुको संख्या पनि ठूलो छ । यसले गर्दा अमेरिकामा थरिथरि प्रकृतिका सुन्दरी पाइन्छ । अमेरिकालाई विश्वका सुन्दरीहरुको बगैचाको पनि संज्ञा पनि दिने गरिएको छ ।

६. दक्षिण कोरिया



कोरियन युवतीहरु संस्कार र शरिर दुवै हिसाबले विश्वमै चर्चित छन् । सामान्य उचाई,मिलेका दात,सफेद शरिर उनीहरुको विशेष आर्कषण हो । कोरियन सुन्दरतालाई प्राकृतिक र सांस्कृतिक सुन्दरताले भरिपूर्ण मानिन्छ । 

७. लेबनान



सिंगो अरवियन क्षेत्रमा लेवनानका युवती सर्वाधिक सुन्दरी मानिन्छ । लेवनानका अग्ला र गहुगोरो वर्णका युवती देखेपछि नलोभिने को होला ? उनीहरुको अनुहार वा छालाको रंगलाई उज्यालोको संज्ञा दिइन्छ । कालो कपाल,हरिया आँंखाले उनीहरुको सुन्दरता निखारेको मानिन्छ । लेवनानका युवतीलाई कहिल्यै निराश मुद्रामा देख्न नपाइने पनि धेरैको ठम्याइछ । 

८. भारत


सुन्दरतामा भारत कति अघि छ भन्ने कुरा यसले पटक पटक विश्व सुन्दरी र मिस युनिभर्स जितेबाट नै प्रष्ट हुन्छ । भारतका गहु गोरो बर्ण,पातलो शरिर र मन्द मुस्कान भएका युवतीले विश्वमा वेग्ले छाप छाडेको छ । भारत बलिउडले चिनिन्छ,जहाँं हजारौ नायिका र मोडल्सको उपस्थिति छ । सुन्दरतका विज्ञहरुले भारतीय युवतीमा प्राकृतिक सुन्दरता पाइने र उनीहरुको सेक्सी अनुहारको पनि विशेष वर्णन गरिन्छ । 

९. युक्रेन


सुन्दरी युवतीको मुलुकको रुपमा युक्रेनको पनि विश्वमै चर्चा हुने गर्छ । युक्रेनको राजधानी किभ सुन्दरीको नगरको रुपमा परिचित छ । त्यहाँं सबै युवतीहरु मनै लोभ्याउने किसिमका हुने बताइन्छ । उनीहरुको सुन्दर वनावटले गर्दा नै विश्वका कतिपय ठूला कम्पनीहरुले युक्रेनी नारीहरुलाई आफ्नो सेवामा जोड्ने गर्छन । उनीहरुको सुन्दरताले व्यापारमा सहज हुने ठान्छन् । पातलो र अग्लो शरिर,निलो प्रकृतिका आँंखा र सिलिक्क परेको खेरो कपाल उनीहरुको विशेषता हो । 

१०. जापान


जापानी युवतीहरु आफ्नै प्रकृतिका छन् । उनीहरुलाई प्रकृतिका परी भनेर पनि भन्ने गरिन्छ । दक्षिण कोरिया र जापानका युवतीमा धेरै समानता भए पनि संस्कारका हिसाबले जापानी युवतीको बेग्लै चर्चा हुने गर्छ । जापानी युवतीहरुलाई क्यूट र मायालु स्वभाव मानिन्छ । सफेद छालाले उनीहरुको अनुहारमा बेग्लै चमक पाइन्छ । ज्यादै सफेद लाग्ने उनीहरुको शरीरको बनावट छालाको कलर र मिलेको स्वरुपले नै सुन्दरता तिख्खर पारेको छ ।

एजेन्सीको सहयोगमा
@.chakrapath.com

0 comments for "​सुन्दर युवतीले कहलिएका विश्वका १० देश"

Leave a reply

    Popular Posts

    Blog Archive