Published On:Thursday, March 26, 2015
Posted by Unknown

पेट्रोलियम पदार्थको मूल्य नबढाउन तीन अर्बको कोष तयार

१३ चैत, काठमाडौ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम मूल्य बढे त्यसको असर नेपाली बजारमा पर्न नदिन नेपाल आयल निगमले करिब तीन अर्ब रुपैयाँ जम्मा गरेको छ । संकलित रकम पेट्रोलियम मूल्य नियन्त्रणकालागि खर्चिन मिल्ने गरी कोष राखिने नयाँ पत्रिकामा खबर छ ।

मन्त्रीपरिषदले ‘पेट्रोलियम पदार्थ तथा ग्यास मूल्य स्थिरीकरण कोष ९सञ्चालन० नियमावली २०७१ पारित गरेपछि संकलित रकम कोषमा राख्न लागिएको हो । आयल निगमसँगको समन्वयमा अर्थ मन्त्रालयले कोष सञ्चालनबारे हाल कार्यविधि तयार गरिरहेको छ । ‘केही समयभित्रै तयार हुने कार्यविधिपछि कोषमा रकम जम्मा गरिनेछ,’ निगम प्रवक्ता मुकुन्द घिमिरेले भने ।

उनले कोषका लागि दुई अर्ब ६० करोड रुपैयाँ जम्मा भइसकेको जानकारी दिए । ‘कोषका लागि दुई अर्ब ६० करोड रुपैयाँ जम्मा गरी राष्ट्रिय वाणिज्य बैंक खातामा राखेका छौं,’ उनले भने, ‘कार्यविधि तयार भएपछि बैंकमा रहेको रकम कोषमा सारिनेछ ।’ कोषमा सरकारले सुरुमै ५० करोड रुपैयाँ राख्ने प्रतिवद्धता जनाइसकेको छ । कोष सञ्चालनमा आउँदा तीन अर्ब १० करोड रुपैयाँ जम्मा हुनेछ ।

सरकारको निगरानीमा आयल निगमले सञ्चालन गर्ने कोषको रकम परिचालन गर्ने ब्यवस्था छ । तर प्रशासनिक खर्चमा कोषको रकम खर्च गर्न नपाइने ब्यवस्था छ ।


0 comments for "पेट्रोलियम पदार्थको मूल्य नबढाउन तीन अर्बको कोष तयार "

Leave a reply

    Popular Posts

    Blog Archive