Published On:Friday, March 27, 2015
Posted by Unknown

कसैको जितमा भन्दा भारतको हारमा किन रमाउँछन् नेपाली ?


India v Sri Lanka: Semi Final - ICC Champions Trophy
काठमाण्डु, १३ चैत– एकदिवसीय विश्वकप क्रिकेटको दोस्रो सेमिफाइनल खेलमा भारत अस्टे«लियासंग पराजित भयो । नेपाली क्रिकेट प्रशंसकहरूलाई अस्टे«लियाको जित भन्दा भारतको हारले बढि खुसी दियो । सामाजिक सञ्जालहरूमा भेटिने कैयन् टिप्पणीहरूले यो कुराको पुष्टि गर्छ ।
भारतीय फिल्म कलाकारहरू नेपाल आउँदा उनीहरूलाई भेट्न वा हेर्न हजारौं नेपाली प्रशंसकहरू पुग्छन् । गएको साउनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउँदा उनलाई हेर्न इच्छुक नेपाली पनि कैयन थिए । भारतीय साहित्यकार चेतन भगतको ‘क्रेज’ पनि नेपालमा उत्तिकै छ । तर जब खेलको प्रशंग आउँछ, धेरैजसो नेपाली प्रशंसकहरू भारतको हार हेर्न चाहन्छन् । यस्तो किन ?
राजनीतिक विश्लेषक श्याम श्रेष्ठ भन्छन्,‘ राम्रो खेल्ने टिमकै समर्थन हुनु पर्ने हो । तर जब भारतको प्रशंग आउँछ, नेपाली ‘सेन्टिमेन्ट’ बदलिन्छ । यो राम्रो विषय होइन ।’
भारतले नेपाललाई ठूलो दाजुको व्यवहार गर्छ भन्ने ठहर आम नेपालको मनमा छ । श्रेष्ठ भन्छन्,‘ भारतको हेपाहा प्रवृत्ति नेपालीहरूले बुझेका छन्, खेलमा त्यो प्रतिबिम्बित भइदिन्छ ।’
भारतीय क्रिकेट टिमका कप्तान महेन्द्र सिंह धोनी नेपाल आउँदा उनीप्रति नेपाली क्रिकेट प्रशंसकहरूले ठूलो सद्भाव र सम्मान प्रकट गरेका थिए । तर टिमको मामिलामा किन यस्तो ?
श्रेष्ठ भन्छन्,‘नेपालीहरूले भारतीय जनता, त्यहाँका प्रतिभाशाली कलाकार, खेलाडी, लेखक कसैलाई पनि तिरष्कार वा विरोध गर्दैनन् । त्यो विगतका धेरै प्रशंगले प्रष्ट पारेको छ । जनतामा भारतले नेपाललाई हेप्छ, स्वतन्त्र हुन दिदैन भन्ने छाप परेको छ । हेपेको सहन नसक्ने नेपालीको जातै हो ।’
नेपालमा मात्रै होइन, भारतमै पनि खेलकुदलाई राजनीतिसंग जोड्ने चलन छ । भारत र पाकिस्तानबीचको खेललाई भारतीयहरूले नै पनि खेलको रुपमा मात्रै बुझ्दैनन् । भारतीयहरू पनि अरु टिमसंगको हारलाई सहज लिन सक्छन्, पाकिस्तानसंगको हार उनीहरूलाई सह्य हुदैन । भाग्यवस, क्रिकेटका धेरैजसो प्रतियोगितमा भारत नै विजयी हुँदै आएको छ ।@www.aajakosamachar.com

0 comments for "कसैको जितमा भन्दा भारतको हारमा किन रमाउँछन् नेपाली ?"

Leave a reply

    Popular Posts

    Blog Archive