Published On:Wednesday, March 25, 2015
Posted by Unknown

खुसिको कुरा !!! फेसबुक म्यासेन्जरबाट पैसा पठाउन सकिने...

प्रविधिको विकास सँगै फेसबुकले आफ्नो म्यासेन्जर एपमा नयाँ फिचर ल्याएको छ। जसको माध्यमबाट पैसा पठाउन सकिने छ। पैसा पठाउनको लागि म्यासेन्जरको डलर आइकनमा क्लीक गर्नु पर्नेछ। तत्काल भने यो सुविधा अमेरिकामा मात्र सुरु हुने फेसबुकले जनाएको छ।


यसको उपयोगकर्ताले अमेरिकी बैकबाट जारी भएको भिसा कार्ड या मास्टरकार्डलाई आफ्नो अकाउन्टमा जोड्नु पर्नेछ।
निसुल्क पैसा ट्रान्सफर
यो सेवा निसुल्क हुने छ। डेक्सटप कम्प्युटर वा स्मार्ट मोबाइल प्रयोगकर्ताले सेवा उपयोग गर्न सक्नेछन्। अमेरिकाबाट गुगलको एन्ड्रोइड अपरेटिङ सिस्टम वा एप्पलको आइओएस अपरेटिङ सिस्टममा फेसबुक म्यासेन्जर चलाउनेहरुले केही महिनाभित्र यो सुविधा प्राप्त गर्न सक्ने छन्।
प्रयोगकर्ताले यसको लागि एउटा पीन बनाउन सक्नेछन् या टच आइडी बनाउने सुविधा पनि रहने छ। जसले प्रयोगकर्ताको गोपनियता कायम रहने फेसबुकले जनाएको छ।
Source-www.osnepal.com

0 comments for " खुसिको कुरा !!! फेसबुक म्यासेन्जरबाट पैसा पठाउन सकिने... "

Leave a reply

    Popular Posts

    Blog Archive