Published On:Monday, March 23, 2015
Posted by Unknown
कोरियाली भाषा परीक्षा जेठ अन्तिममा
पोखरामा पनि परीक्षा केन्द्र
१० चैत्र, काठमाण्डौ - कोरियाली भाषा परीक्षा आगामी जेठ ३० र ३१ ग्ते सञ्चालन हुने भएको छ। सन्
२०१६ मा काम गर्न दक्षिण कोरिया जानेका लागि भाषा परीक्षा लिन लागिएको हो।
यसका लागि वैशाख ३ देखि ६ गतेसम्म आवेदन फारम बुझाउने व्यवस्था मिलाइएको
खबर आजको अन्नपूर्णमा छापिएको छ। रोजगार अनुमति प्रणाली (ईपीएस) कोरिया
शाखाले सोमबार यो निर्णय गरेको हो।
यसपटक राजधानीबाहेक पोखराबाट पनि परीक्षा दिन पाइनेछ । ईपीएसबाट परीक्षा
लिन थालेपछि पहिलोपटक राजधानीबाहिर परीक्षा दिन पाइने भएको हो। यो छैटौं
भाषा परीक्षा हो । भाषा परीक्षाको नतिजा साउन १६ गते प्रकाशित हुनेछ।
यसपटक काठमाडौं उपत्यकाका चार स्थान र बाहिर पाँच गरी कुल नौ स्थानबाट
आवेदन फारम बुझाउन पाइनेछ। ईपीएस कोरिया शाखाका अनुसार उपत्यका बाहिर
डडेलधुरा, बुटवल पोखरा, जनकपुर र धरानबाट आवेदन फारम बुझाउन सकिने छ।