Published On:Saturday, March 21, 2015
Posted by Unknown
सन् २०२० सम्म बुढीगण्डकी आयोजना बन्ने, समयमै बनाउ , जनता
७ चैत्र, आरुघाट । बुढीगण्डकी जलविद्युत परियोजना सन् २०२० सम्ममा सबै काम सकिने उर्जा मन्त्री राधा ज्ञावलीले बताएकी छिन् । अहिलेसम्म नेपालमा बन्न लागेका र बनेका आयोजना मध्ये सबै भन्दा ठुलो बुढीगण्डकी जलविद्युत आयोजना निर्माणबारे शुक्रबार (हिजो) स्थानीय बासिन्दाहरु संग आरुघाट स्थित भिमोदय उच्च माविमा अन्तरक्रिया गर्दै मन्त्री ज्ञावलीले यस्तो बताएकी हुन् ।
प्रभावित क्षेत्रका बासिन्दालाई आश्वस्थ पार्दै उनले उचित क्षतिपूर्तिमा पाउनेमा सङ्का नगर्न आग्रह गरेकी छिन् ।
अन्तरक्रिया कार्यक्रमलाई सबोधन गर्दै नेपाली काँग्रेसका सचेतक निकाजी श्रेष्ठले यस आयोजनाले आरुघाट क्षेत्र डुवानमा पार्ने भएकाले आफुले पहिले बिपक्षमा उभिएपनि यो आयोजनाले देशको आर्थिक क्रान्तीमा सहयोग गर्ने भएकाले पक्षिल्लो समयमा आएर आयोजना बनाउनु पर्छ भन्ने पक्षमा उभिएको बताए ।
त्यतै धादिङ – ३ का सभाषद एवं एमाले नेता राजेन्द्र पाण्डेले प्रभावित क्षेत्रका बासिन्दाहरुलाई मुअब्जाको नाममा बच्चा पेटमा छँदै प्रधानमन्त्री बन्ने भए जन्माउँछु नत्र जन्माउन्न भन्न नमिल्ने बताए । परियोजना सम्पन्न गर्न नेपालीहरुलाई सक्दो सेयर हाल्न दिए पैसा खोज्न अन्यत्र जानु नपर्ने समेत पण्डेले बताउनु भएको थियो बताए। जलविद्युत आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) को काम अन्तिम चरणमा पुगेको बेला स्थानीय बासीलाई आयोजना बन्नेमा बिश्वस्त पार्ने उद्देश्उले उर्जा मन्त्री राधा ज्ञावली सहित धादिङ र गोरखाबाट संविधानसभामा प्रतिनिधित्व गर्ने सभासदहरुले सामूहिक अन्तरक्रिया गरेका थिए ।
आयोजनाबाट आरखेत देखि बेनीघाट सम्म गोरखा र धादिङका २९ गाउँ विकास समितिका ४९ हजार मान्छे प्रभावित हुने छन् ।
कार्यक्रमा सभाषदहरु गुरु बुर्लाकोटी, कमला पन्त, परशुराम तामाङ, दिलमान पाख्रिन, धनबहादुर घलेले समयमै आयोजना सम्पन्न गर्न सबैको साथ आबश्यक रहेको बताए ।
१२ सय वाट विद्युत निकाल्ले गरि डिपिआर तयारीको अन्तिम चरणमा पुगेको यस आयोजनामा पानी जम्मा भई जलासय बन्न २ वर्ष लाग्ने बुढीगण्डकी जलविद्युत आयोजनाका अध्यक्ष डाक्टर लक्ष्मीप्रसाद देवकोटाले बताए । यसै बिच राष्ट्रिय गौरवको उत्त आयोजना बनाउन आफुहरुबाट सक्दो सहयोग गर्ने स्थानिय बासिन्दाले प्रतिक्रिया दिएका छन् । समसमै आयोजना निर्माण गर्नु पर्ने उनीहरुको माग समेत रहेको छ ।