Published On:Saturday, March 28, 2015
Posted by Unknown
बलशाली बन्दै बालकोट
१५ चैत्र, काठमाण्डौ - एमाले अध्यक्ष केपी शर्मा ओली पार्टी केन्द्रमा कुनै कार्यकारी वा
पदाधिकारीको जिम्मेवारी नपाएको बेलामा पनि प्रभावशाली नेताका रुपमा चिनिए ।
कान्तिपुर दैनिकमा सरोजराज अधिकारी आफ्नो समाचार टिप्पणीमा अगाडि लेख्छन्
गत वर्ष माघ २१ मा एमाले संसदीय दलको नेता र यसैवर्ष असारमा पार्टी अध्यक्ष
चुनिनुअघि उनी स्थायी समिति सदस्यमात्र थिए । एमालेबाट झलनाथ खनाल र
माधवकुमार नेपाल प्रधानमन्त्री बनिसके, उनका लागि त्यो अवसर अझै जुरेको छैन
तर पनि लामो समयदेखि उनी प्रभावशाली नेता रहेका छन् ।
यतिखेर त राष्ट्रिय राजवनीीतमा उनको प्रभाव यसत विस्तार भएको छ कि
प्रधानमन्त्री सुशील कोइरालासमेत परामर्शका लागि ओलीको निवास बालकोट नै
पुग्न थालेका छन् । ओली, बिरामी छन् यो कसैबाट लुकेको छैन तर कोइरालाको
स्वास्थ्थ पनि ठीक छैन ।
ओली २३ दिनपछि मुख्यालय बल्खु पुगेका छन् । यसअघि फागुन २१ मा वैकल्पिक
केन्द्रीय सदस्यलाई सपथ गराउन त्यहा गएका थिए । यसबीच पार्टीको बैठक, छलफल
उनले बालकोटमै चलाए । नेता माधवकुमार नेपाल भने बालकोटमा डाकिएका पार्टी
बैठकमा गएका छैनन ।