Published On:Sunday, March 22, 2015
Posted by Tekman Shakya
काँग्रेस सभापतिमा उम्मेदवारी दिने सुजाताको घोषणा
लाहान । नेपाली काँग्रेसकी नेतृ सुजाता कोइरालाले आशन्न महाधिवेशनमा आफूले सभापतिमा उम्मेदवारी दिने घोषणा गरेकी छन् ।
सुुशील कोइरालाले सभापतिमा फेरि उम्मेदवारी दिए समर्थन जनाउँदै पदाधिकारीमा उम्मेदवारी दिने त्यसो नभए सभापतीमै आफ्नो उमेदवारी रहने उनको भनाई छ ।
सिराहाको लाहानमा प्रेस युनियनले आईतबार गरेको पत्रकार सम्मेलनमा कोइरालाले सुुशील कोइरालाले उम्मेदवारी नदिए भगवान् आएर भने पनि आफू सभापतिमा उम्मेदवारी दिनबाट पछि नहट्ने जिकिर गरिन् ।
फरक प्रशंगमा कोईरालाले एमाओवादी र मधेसवादी दलले संविधान जारी गर्न नदिएको आरोप लगाईन् ।कोइरालाले एमाओवादी र मधेसवादी दलले सहमति पनि गर्न नचाहेको र प्रक्रियामा जान पनि डराएकाले संविधान निर्माण कार्य ठप्प भएको दाबी गरिन् ।
उनले भनिन्– “सहमतिका लागि हामी लचिलो भएकै छौँ । एमाओवादी र मधेसवादी दलहरू लचिलो भएका छैनन् । अब पनि लचिलो नभए प्रक्रियामा गएर भए पनि संविधान निर्माण कार्य अघि बढ्छ । यो प्रजातान्त्रिक विधिलाई कसैले गलत भन्न सक्दैन ।”
संविधान जारी गर्न नसके देशमा राजनीतिक अस्थिरता पैदा हुने र देशको विकास हुन नसक्ने उनले बताईन् ।