Published On:Thursday, March 26, 2015
Posted by my storry
बैद्य र परि एक हुने (हस्ताक्षर सहित)
लामो समयदेखी चल्दै आएको पार्टि एकिकरणको वहस अन्तत अन्तिम चरणमा पुगेको छ । नेकपा माओवादीका अध्यक्ष मोहन बैद्य र नेकपा माओवादी एकीकृतका अध्यक्ष परि थापाको उपस्थितिमा बसेको बैठकले ८ सदस्य रहेको वार्ता टोली गठन गरेको छ ।
संयुक्त प्रेस विज्ञप्ती
आज मिति २०७१ चैत्र १२ गते ने.क.पा.–माओवादी र ने.क.पा. (एकीकृत) का प्रतिनिधिहरुको संयुक्त वैठक बसी निम्न निर्णय गरियो ।
१. विगत लामो समयदेखि पार्टी एकता गर्ने उद्देश्यका साथ दुई पक्षको बीचमा र्वाता हुँदै आउने क्रममा मालेमा, नयाँ जनवाद, जनविद्रोह, जनवादी केन्द्रीयता, तात्कालिक कार्यनीति लगायतका विषयहरुमा समान धारणा बनेको निश्चित गरियो ।
२. वैचारिक, राजनीतिक प्रस्तावमा समान धारणा बनेकोले पार्टी एकताको प्रक्रियालाई अगाडि बढाउन र त्यस सम्बन्धी आवश्यक तयारीका कार्यहरु गर्न दुवै पार्टीहरुको तर्फबाट निम्न कमरेडहरु रहनुभएको ८ सदस्यीय “पार्टी एकता संयोजन समिति” गठन गरियो ।
ने.क.पा–माओवादीको तर्फबाट
१. क. मोहन वैद्य (किरण)
२. क. सि.पी. गजुरेल (गौरव)
३. क. राम बहादुर थापा (बादल)
४. क. देव गुरुङ
ने.क.पा. (एकीकृत) को तर्फबाट
१. क. परि थापा
२. क. रामसिंह श्रीस
३. क. सीताराम तामाङ
४. क. के. बी. गुरुङ
३. संयोजन समितिले निम्न कार्यहरु गर्नेछ ।
क) सहमत हुन बाँकी रहेका कतिपय विषयहरुमा समान धारणा निर्माण गर्न प्रयत्न गर्ने ।
ख) पार्टीको साझा सैद्धान्तिक राजनीति प्रस्तावहरु तयार गर्ने ।
ग) पार्टी एकताकोलागि आवश्यक संगठनात्मक एकीकरणको तयारी गर्ने ।
क. परि थापा क. मोहन वैद्य (किरण)
नेकपा (एकीकृत) ने.क.पा.–माओवादी