Published On:Wednesday, March 25, 2015
Posted by Unknown
रेखा थापाले भनिन्- ‘छोटा लुगा लाउथेँ, लाउछु र लाइरहन्छु’

रेखालाई धेरैले पर्दामा देखे। थोरैले नजिकबाट नियाले। जतिले पर्दामा देखे,
उनीहरूलाई छोटो पहिरन लगाउने उत्ताउली केटी लाग्यो। पर्दाकी पात्र चरित्र
रेखा थापामा मिसाइयो। हिरोइन रेखा र बाहिरी रेखाबीच फरक छुट्टाउने काम
गरिएन जतिबेला नारीलाई रोनाधोनामै सिमित राखेर निरूता (सिंह) दिदीहरूलाई
प्रस्तुत गरिन्थ्यो, त्यतीबेला कलेज पढ्ने युवतीको भूमिकामा म प्रस्तुत
भएकी हुँ र छोटो कपडा लगाउने केटीको चरित्र निर्वाह गरेकी हुँ। त्यसमा
पहिरन सुहाउने उमेर पनि सदुपयोग गरेकी हुँ। त्यसको चर्चा भयो। पात्र अनुसार
छोटा कपडा लाउथेँ,लाउँछु र लाइरहन्छु।