Published On:Thursday, March 26, 2015
Posted by Unknown
भारतीय खेलाडीको घर वरपरको सुरक्षा व्यवस्था कडा

विश्वकप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा अष्ट्रेलियासँग पराजित भएसँगै भारतीय खेलाडीको घर वरपरको सुरक्षा व्यवस्था कडा बनाइएको छ।
बिहीबार अष्ट्रेलियासँग ९५ रनले पराजित भएपछि सम्भावित घटनालाई ध्यानमा राख्दै भारतीय प्रहरीले खेलाडीको घरमा सुरक्षा व्यवस्था कडा बनाइएको भारतीय सञ्चार माध्यमले जनाएका छन्।
यसअघि गएको वर्ष भएको ट्वेन्टी–ट्वेन्टी विश्कपमा श्रीलंकासँग पराजित भएपछि भारतीय खेलाडीको घरमा आक्रमण तथा प्रदर्शन भएको थियो।