Published On:Wednesday, March 25, 2015
Posted by Unknown

विराटलाई हौस्याउन अष्ट्रेलिया पुगिन अनुष्का


११ चैत्र, मुम्बई - बलिउड अभिनेत्री अनुष्का शर्मा अष्ट्रेलिया पुगेकी छन्। मार्च २६ मा हुने भारत र अष्ट्रेलियाबीच हुने विश्वकप क्रिकेटको सेमिफानल खेलमा आफ्ना प्रेमी विराट कोहलीलाई हौस्याउन उनी अष्ट्रेलिया पुगेकी हुन। 
 
यसअघि आफू रंगशालामा गए विराटको ध्यान केन्द्रीत हुन नसक्ने भन्दै अष्ट्रलिया नजाने बताएकी अनुष्का खेल हुनु अघिल्लो दिन अष्ट्रेलिया पुगेकी हुन। उनले सेमीफाइनल खेलमा दर्शक दिर्घाबाट विराटलाई हौस्याउने बताएकी छन्।
 
विराट र अनुष्काले आफ्नो सम्बन्धबारे यसअघि त्यति खुलस्त नपारेको भएपनि पछिल्लो समय दुवैले सम्बन्धलाई सार्वजनिक रुपमा स्वीकार गरेका छन् । भारतीय किक्रेट कन्ट्रोल बोर्डले खेलाडीलाई आफ्ना नजिकका व्यक्तिलाईसँगै राख्न छुट दिएपछि अनुष्का सिड्नी गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
 
विराट र अनुष्काले सोमबार सिड्नीमा रहेको एउटा भारतीय रेष्टुरेन्टमासँगै खाना खाएका थिए ।  

0 comments for "विराटलाई हौस्याउन अष्ट्रेलिया पुगिन अनुष्का"

Leave a reply

    Popular Posts

    Blog Archive