Published On:Wednesday, March 25, 2015
Posted by my storry
राष्ट्रपति यादवको चीन भ्रमणको ठूलो अर्थ छ, परराष्ट्र मामला जानकार,
चैत्र ११
.jpg)
.jpg)
परराष्ट्र मामला जानकारहरुले राष्ट्रपति रामबरण यादवले गर्न लाग्नुभएको चीन भ्रमणबाट मुलुकले धेरै फाईदा लिन सक्ने बताएका छन् ।
रिपोर्टर्स क्लबले राजधानीमा गरेको साक्षात्कारमा चीनका लागि पूर्व नेपाली राजदुत राजेश्वर आचार्यले राष्ट्रपति रामबरण यादवको पहिलो अन्तर्राष्ट्रिय एक्सपोजर भएकोले यसबाट धेरै फाईदा लिन सक्नुपर्ने बताउनुभयो ।
भ्रमणको क्रममा १५ मुलुकका सरकार र राष्ट्र प्रमुखसँग भेटवार्ता हुने भएकोले त्यहाँ नेपालसम्बन्धी अन्तर्राष्ट्रिय जिज्ञासा शान्त पार्ने र विश्वलाई नेपालप्रतिको ध्यान आर्कषित गर्ने महत्पूर्ण अवसर भएको बताउनुभयो ।
चीनकालागि पूर्व नेपाली राजदुत हिरण्यलाल श्रेष्ठले बोआ सम्मेलनका बेला नेपालले नयाँ चासोका विषयहरु उठाएर विश्वको ध्यान आर्कषित गराउनु पर्ने धारणा राख्नुभयो ।
चीनले नेपालको शान्ति, स्थायीत्व र समृद्धिमा सहयोग गरे पनि हस्तक्षेप नगर्ने उल्लेख गर्दै उहाँले राष्ट्रपतिको भ्रमण नेपाल चीन र भारतलाई जोड्ने बाटो बन्न सक्नुपर्ने बताउनुभयो ।
चीनका लागि निर्वतमान राजदुत टंक कार्कीले राष्ट्रपतिको चीन भ्रमणले चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणको बातावरण बनाउने भन्दै त्यसका लागी राष्ट्रपतिले संबोधन गर्न सक्नु पर्ने बताउनुभयो ।
एकीकृत नेकपा माओवादीका नेता एवम विदेश मामिला जानकार राम कार्कीले सत्रु र मित्र दुबैलाई राम्रो सँग चिन्न सकेमात्रै सम्बन्ध घनिष्ठ बन्न सक्ने भन्दै चीन र भारतको पुल बनेर नेपालको विकास गर्ने कुरा वाईहात भएको तर्क गर्नुभयो ।
चीन मामिलाका जानकार हरिशचन्द्र साहले नेपाल र चीनको सम्बन्ध हजारौ वर्षदेखि सुमधुर रहँदै आएको र चीन आफै अप्ठ्यारोमा पर्दा नेपालले सहयोग गरेको स्मरण गर्दै चीनको विकासबाट फाईदा लिने रणनीति तय गर्न लाग्नु पर्ने धाराणा राख्नुभयो ।