Published On:Tuesday, March 31, 2015
Posted by dadad
सहमतिका लागि आन्दोलन रोक्नुपर्छ भन्ने छैनः सभाध्यक्ष
१७ चैत, काठमाडौं । संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले विपक्षी मोर्चाको आन्दोलन जारी रहँदापनि दलीय सहमति जुटाउन सकिने बताएका छन् ।
यहि चैत २३ गतेभित्र अधिकतम सहमति गर्न दलहरुलाई आग्रह गर्दै अध्यक्ष नेम्वाङले सहमतिमा संविधान जारी गर्नुको विकल्प नरहेको बताए ।
सुचनाको हकका लागि नागरिक अभियानले मंगलबार राजधानीमा गरेको अन्तक्र्रियामा अध्यक्ष नेम्वाङले २३ गते अघिका आन्दोलनका कार्यक्रम स्थगित गरेर विपक्षी मोर्चाले ठिक गरेको बताए ।
दलहरुलाई बखेडाको बाटो त्याग्न आग्रह गर्दै उनले २३ गते भित्र विषयगत सहमति गर्न र त्यो पनि नभए प्रक्रियामा सहमति गर्न आग्रह गरे ।
हिउँदे अधिवेशन नगरेकोका आपत्ती
सभाध्यक्ष नेम्वाङले हिउँदे अधिवेशन नगरेकोप्रति सरकाररप्रति आपत्ती जनाएका छन् । बर्खे अधिवेशनको तयारी गर्नुपर्ने समय आईसक्दा पनि हिउँदे अधिवेशन नभएकोमा आफ्नो गम्भिर ध्यानाकर्षण भएको भन्दै उनले असन्तुष्टी व्यक्त गरे । सभाध्यक्ष नेम्वाङले बैशाखमा आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्नुपर्ने भनिएपनि अहिलेसम्म त्यसको चहलपहल नहुनु गम्भिर भएको बताए ।
सांसदकै पहुँचमा सुचनाको हक छैन
कार्यक्रममा सभाअध्यक्ष नेम्वाङले संयन्त्र कमजोर भएका कारण सांसदकै पहुँचमा सुचनाको हकको पहुँच नपुगेको भन्दै त्यसमा आफुले पहल गर्ने बताए ।
नागरिकको सुचना पाउने हक हनन नगर्न सचिवायलाई उनको निर्देशन छ ।