Published On:Thursday, March 26, 2015
Posted by Unknown

आमाबाबु जेल परेपछि पाँच छोराछोरीको बिचल्ली

१३ चैत, काठमाडौं ।कर्तव्यज्यान मुद्दामा बाबुआमा २० वर्षका लागि जेल परेपछि पाँच बालबालिकाको बिचल्ली भएको छ। जिल्ला अदालत धनकुटाले मुडेबास ८ का उत्तरकुमार लिम्बूलाई मारेको कसुरमा डिल्लीमाया लिम्बू र उनका पति धनकुमार लिम्बूलाई २०७० जेठ १६ गते कैद सजाय ठेकेपछि उनीहरू अहिले जेलमा छन्।

उनीहरू जेल परेपछि पाँच बालबालिकाको भविष्य अँध्यारो भएको छ। हत्यालगत्तै लिम्बू दम्पतीविरुद्ध किटानी जाहेरी परेपछि धनकुमार २०६७ असार २१ मा थुना परेका थिए। त्यतिबेला डिल्लीमाया गर्भवती भएकाले अशक्त रहेको अन्नपूर्ण पोस्टमा खबर छ ।

पति थुनामा गएको दुई दिनपछि उनले कान्छो छोरा जन्माएकी थिइन्। धनकुटा जिल्ला अदालतले २०७० जेठ १६ गते अभियुक्त दम्पतीलाई कसुरदार ठहर गरी २० वर्ष सजाय सुनाएको थियो।

लिम्बू दम्पतीका १५, १३, ११, ७ र ४ वर्षका छोराछोरी छन्। बाबुआमा दुवै जेल परेपछि कक्षा नौमा पढ्दै गरेकी जेठी छोरी टीकामायाको पढाइमात्र बन्द भएन, काँधमा सानासाना भाइबहिनीको स्याहार गर्ने जिम्मेवारी पनि थपियो।

डिल्लीमाया जेल परेको एक वर्षपछि टीकामाया सानासाना भाइबहिनी लिएर बिहीबार धनकुटा सदरमुकामस्थित कारागारमा आमालाई भेट्न आएकी थिइन।
टीकामायाले बाबुआमा जेल परेपछि पढाइ छुटेको र दिनरात खट्दा पनि भाइबहिनीलाई खाना जुटाउन नसकेको दुस्ख सुनाइन्।

उनले भनिन्, ‘आमाबाबु नै जेल परेपछि चार भाइबहिनीको लालनपालनको जिम्मा मेरो काँधमा आयो। न हातमा सीप छ, न केही क्षमता छ।

0 comments for "आमाबाबु जेल परेपछि पाँच छोराछोरीको बिचल्ली"

Leave a reply

    Popular Posts

    Blog Archive