Published On:Thursday, March 26, 2015
Posted by dadad

कतारमा अलपत्र १५ नेपालीको कथाः काम र माम दुबै हाम् ...

१२ चैत, कतार । वैदेशिक रोजगारका सिलसिलामा कतारमा रहेका १५ जना नेपालीको बिचल्ली भएको छ । नेपालबाट आएको झन्डै दुई महिनायतादेखि काम र तलब नपाएर उनीहरू अलपत्र परेका हुन् ।  सन् २०२२ को विश्वकप आयोजना गर्न भौतिक पूर्वाधारको निर्माणलाई द्रुत गतिमा अघि बढाइआएको मुलुक कतारमा नेपाली मजदुरको बिजोगपूर्ण यो अवस्थाले यहाँका मानव अधिकारवादी सङ्घसंस्था तथा एम्नेस्टी इन्टरनेसनललगायतका सामु चुनौती नै खडा गरिदिएको छ । 

पन्ध्र नेपाली जनही ७० हजार रुपैयाँ देखि एक लाखभन्दामाथिको रकम म्यानपावरलाई बुझाएर सरसफाइ कामका लागि तीनवटा कम्पनीमार्फत यहाँ आएका थिए । कतारको ओख्रास्थित अमाट्को क्लिनिङ कम्पनीमा काम गर्न भन्दै आएका सबै जनालाई कतार रियल ९०० साथमा खाना वापत थप ३०० दिने भनिएको थियो । 

ओभरटाइम वापत रकमसमेत पाउने दलालीको आश्वासनमा कतार हानिएका अधिकांश आफ्नै आफन्त तथा चिनेजानेका गाउँलेमार्फत म्यानपावर गएका थिए ।  सपना सबै भताभुङ्ग भयो भन्दै निराश बनेका उनीहरू अहिले आफूहरू ठगिएको बताउन थालेका छन् ।

आरवन–९ सुनसरीका शमशेर आलमले रु ८५ हजार म्यानपावरलाई बुझाएका थिए । यसैगरी मनहरी–३ मकावनपुरका निरज श्रेष्ठले रु ८५ हजार, जनकपुरका मोहमद स्यानबाज हुसेनले रु एक लाख पाँच हजार, गाडाकोट–९ पाल्पाका केशवराज पौडेलले रु एक लाख, सोही ठाउँका श्रीराम पौडेलले रु एक लाख, चक्रतीर्थ–९ लमजुङका शङ्कर नेपालीले रु ७५ हजार, जलेश्वर–९ महोत्तरीका शशिकुमार यादवले रु ८५ हजार, मटीहानी–२ महोत्तरीका मोहबद रेजा अन्सारीले रु ७० हजार, जनकपुरफहादवा–२ रौतहटका मोहबद जिहाउल्लाले रु एक लाख, पिपलबोट–८ सल्यानका ढकन धितालले रु ८६ हजार, कटाहरी–४ मोरङ भीमकुमार कामतले रु ९० हजार, सोही ठाउँका राजकुमार कामतले रु ९० हजार, अर्गाैली–९ नवलपरासीका दानबहादुर कालामगरले रु ८० हजार, कावासोती नवलपरासीका सुरजकुमार विकले रु ८० हजार र लमजुङका सुरज परियारले रु ८५ हजारका दरले रकम बुझाएको थाहा भएको छ । 

कम्पनीमा काम गर्न भनी आएका सबैको वैदेशिक रोजगारीको पहिलो यात्रा हो । पुगेको दिन ५० रियल र त्यसपछि एक पटक १५० दिए पनि त्यसयता उनीहरूलाई न त काम गर्न दिइएको छ न त खानका लागि रासन नै ।

एउटै कोठामा बस्नुपर्ने उनीहरूको अर्को बाध्यता छ । पिउने पानीकोसमेत सुविधा नभएकाले आफूहरू निकै समस्यामा परेको उनीहरू बताउँछन् । 

घरबाट आउँदा ल्याएको सबैको एक÷दुई सय रुपैयाँ जम्मा पारेर खानाको जोहो गर्दैआएको उनीहरूको भनाइ छ । रासस

0 comments for "कतारमा अलपत्र १५ नेपालीको कथाः काम र माम दुबै हाम् ..."

Leave a reply

    Popular Posts

    Blog Archive