Published On:Wednesday, March 25, 2015
Posted by Unknown
साइकलजस्तै अनौठो कार !

के तपाईं कार चढ्न चाहनुहुन्छ ? कार चढ्ने इच्छा महँगो पर्ने
पेट्रोल र डिजेल कारका कारण पूरा हुनसकेको छैन भने तपाईंका लागि खुसीको खबर
छ । अब तेलबिना चल्ने कारको मज्जा लिन सक्नुहुनेभएको छ । एक कार
निर्माताले साइकलजस्तै पाइदानीबाट चलाउन मिल्ने र विद्युत् वा
सौर्यशक्तिबाट पनि चलाउन सकिने कार निर्माण गरेका छन्, जुन तपाईंका लागि
उपयुक्त विकल्प हुनसक्छ ।
एउटा यस्तो कार, जसले अफिस पुग्दासम्म तपाईंलाई कसरत गराइदिन्छ । यो कार बिजुलीबाट पनि चल्छ र खुट्टाले पनि चलाउन मिल्छ । तपाईं आश्चर्यमा पर्नुभयो होला होइन, खुट्टाले कार चलाउन सकिन्छ भन्दा । तर, आश्चर्यमा नपर्नोस्, तपाईंको अगाडि त्यस्तो कार आइसकेको छ, जो साइकलजस्तै खुट्टाले पनि चलाउन सकिन्छ ।
यस्तो कारको नाम हो– ईएलएफ । साइकल र कारको यो हाइब्रिड सवारी साधनमा रिक्साको जस्तै पाइदानी राखिको छ । तर, यसमा एउटा पाइदानी अगाडि र अर्को पछाडि छ ।
कारको आकार अचम्मको छ । यसको रंग पनि निक्कै चमकदार छ । यो अनौठो कारको नामले नै यसको विशेषता झल्काउँछ । ईएलएफको अर्थ हो– इलेक्ट्रिक, (लाइट) हलुका र (फन) रमाइलो । यसको साइकलजस्तै पाइदानी चलाउँदा स्पिड प्रतिघण्टा ३२ किलोमिटर र विद्युत् वा सौर्यऊर्जाद्वारा चलाउँदा यसको स्पिड प्रतिघण्टा ५६ किलोमिटर छ ।
यो अनौठो कारले ५५० पाउन्ड अर्थात् २ सय ५० किलोसम्मको वजन बोक्न सक्छ । कारको आविष्कार गरेका राँब काँटरले साइकल र कार चलाउने अनुभवलाई एकै ठाउँमा जोड्न यस्तो निर्माण गरिएको बताए ।
राँबले यो कार १८ महिनाअघि नै सार्वजनिक गरेका हुन् । हालसम्म उनले ४५० वटा कार बेचिसकेका छन् । यो कारको मूल्य ५५ हजार डलर अर्थात् करिब साढे ५ लाख नेपाली रुपैयाँ छ । – एजेन्सी