Published On:Tuesday, March 24, 2015
Posted by dadad

नेविसंघको महाधिवेशन रोकिनु सिंगो पार्टी नै दोषीः शेखर

काठमाडौं । नेपाली काँग्रेसका नेता शेखर कोईरालाले नेविसंघको महाधिवेसन रोकिनूमा सिंगो पार्टी नेपाली काँग्रेस नै दोषी भएको बताएका छन् । 

पार्टीको १३ औं महाधिवेशन भन्दा अगाडी नेविसंघको महाधिवेशन गराउने पक्षमा पार्टीका पदाधिकारी नै नरहेको उनले बताए ।

भक्तपुर नेविसंघले मंगलबार गरेको विचार गोष्टीमा नेता कोइरालाले धेरै पटक नेविसंघको महाधिवेशन रोकिनु दुखद कुरा भएको बताए । 
फरक प्रशंगमा उनले नेपाल जस्तो मूलूकले जातिय संघियता र राष्ट्रपतीय प्रणाली कूनैपनी हालतमा थेग्न नसक्ने जिकिर गरे ।

कोईरालाले नेपालको राष्ट्रियता अहिले ईतिहासकै सबैभन्दा कमजोर अवस्थामा पूगेको भन्दै संविधान सभाबाट संविधान जारी भए नेपाली जनता सार्वभौम हुने र आफ्नो भूमिका कमजोर हून्छ भन्ने सोचाइमा केही विदेशी शक्तीहरू रहेको खुलासा गरे ।

एकीकृत माओवादीका नेताहरू संविधान बनाउने काम छाडेर प्रधानमन्त्री र राष्ट्रपती वन्न कोही भारत र कोही चिन तिरको दौडधूपमा लागेको उनको आरोप छ । 

एकीकृत माओवादीले प्रधानमन्त्री र राष्ट्रपती पाउने संभावना नरहेको भन्दै उनले दलका शिर्ष नेताहरूमा इच्छाशक्ति नभएकै कारण संविधान जारी हून ढिलाइ भएको बताए ।

0 comments for "नेविसंघको महाधिवेशन रोकिनु सिंगो पार्टी नै दोषीः शेखर"

Leave a reply

    Popular Posts

    Blog Archive