Published On:Monday, March 30, 2015
Posted by Unknown
जमीनमुनी भेटियो ५ हजार वर्ष पुरानो कलात्मक शहर
टर्कीमा हालै जमीनमुनी एउटा यस्तो
शहरको अबशेष भेटिएको छ जुन करिब ५ हजार वर्ष पुरानो भएको बताइएको छ ।
यो शहर कुनै खोजका क्रममा नभई श्रमिकहरुले खन्दा भेटेपछि भूगर्भ वैज्ञानिक र
पुरातत्वविद्हरु अचम्मित भएका छन् । टर्कीको नेभसेहिर प्रान्तमा पुराना घर
भत्काउने क्रम चलिरहेको बेला श्रमिकहरुले करिब ७ किलोमिटर लामो एउटा सुरुङ
फेला पारेका थिए ।नेपालसन्देश डटकममा खबर छ ।
उक्त सुरुङको भित्र जाँदा एक खण्डहर शहर भेटिएको हो । टर्कीको समाचारपत्र
हुर्रियत न्युजका अनुसार यो शहर विदेशी आक्रमणकारीबाट बचाउनका लागि करिब ५
हजार वर्ष पहिले बसाइएको थियो ।
यो शहर टर्कीमा प्राचीन अटोमन साम्राज्यकालको भएको अनुमान गरिएको छ । जमीनको करिब ३७१ फिट मुनी करिब ५० लाख वर्गफिटमा फैलिएको थियो ।
जसमा घर, गल्ली र सडकको निर्माण समेत वैज्ञानिक तरिकाले निर्माण गरिएको थियो । उक्त शहरमा करिब २० हजार मानिसहरु बस्ने गरेको अनुमान लगाइएको छ । अहिले पुरातत्वविद्हरुले यससँग सम्बन्धित आसपासका क्षेत्रमा अनुसन्धान सुरु गरेका छन् ।नेपालसन्देश डटकममा खबर छ ।

Source-www.nepalsandesh.com