Published On:Saturday, March 28, 2015
Posted by Unknown

राष्ट्रपति यादव र चिनियाँ समकक्षीबीच भेटवार्ता, चीनद्वारा साढे १४ अर्व सहयोग घोषणा

१४ चैत्र, बेइजिङ । चीनले कोदारी राजमार्ग स्तरोन्तरी तथा यातायात पूर्वाधार विकास निर्माणका लागि ९० करोड युआन अर्थात् करिब साढे चौध अर्ब रुपैयाँ आर्थिक सहयोगको घोषणा गरेको छ । राष्ट्रपति डा. रावरण यादव र समकक्षी सि जिनपिङ बीच शनिबार भएको दुईपक्षीय भेटवार्तामा उक्त सहयोग रकम घोषणा भएको हो ।
यसका साथै चीनले नेपाललाई आगामी ५ वर्षका लागि पन्ध्रसय छात्रवृत्ति उपलब्ध गराउनेछ । बोआओस्थित स्टेट गेष्ट हाउसमा करिब आधाघण्टा चलेको भेटवार्तामा दुबै मुलुक नेपाल–चीन कुटनीतिक सम्बन्धको ६० औं वर्षगाँठलाई विशेष रुपमा मनाउन पनि सहमत भएका छन् ।  राष्ट्रपति यादवले समकक्षी सिलाई पठाइएको निम्तोबारे स्मरण गराउँदै हिरक महोत्सवका अवसरमा उच्चस्तरीय दुईपक्षीय भ्रमण हुनुपर्नेमा जोड दिएको भेटवार्तामा सहभागी कार्यवाहक परराष्ट्र सचिव शंकरदास बैरागीले बताए ।  नेपालले संविधान निर्माणको प्रक्रिया यथासक्य छिटो टुंगाई आर्थिक समृद्धिको दिशातर्फ अघि बढोस् भन्नेमा समेत राष्ट्रपति सिले चिन्ता एवं चासो व्यक्त गरेका छन । 
यसअघि राष्ट्रपति यादवले शनिबार बिहान बोआओ फोरुम फर एसिया (बिएफए) को वार्षिक सम्मेलन उद्घाटन सत्रमा विशेष सम्बोधन गरेका थिए ।  एसियाली पूर्वाधार लगानी बैंक, सिल्क मार्ग लगायतका क्षेत्रीय सहयोग मञ्चले यस क्षेत्रको  नयाँ भविष्य कोर्ने उल्लेख गर्दै उनले साझा लक्ष्य प्राप्तिका लागि नेपालले सक्दो प्रयास र सहयोग गर्ने बताए । @nepalpati
चीनले कोदारी राजमार्ग स्तरोन्तरी तथा यातायात पूर्वाधार विकास निर्माणका लागि ९० करोड युआन अर्थात् करिब साढे चौध अर्ब रुपैयाँ आर्थिक सहयोगको घोषणा गरेको छ । राष्ट्रपति डा. रावरण यादव र समकक्षी सि जिनपिङ बीच शनिबार भएको दुईपक्षीय भेटवार्तामा उक्त सहयोग रकम घोषणा भएको हो ।

यसका साथै चीनले नेपाललाई आगामी ५ वर्षका लागि पन्ध्रसय छात्रवृत्ति उपलब्ध गराउनेछ । बोआओस्थित स्टेट गेष्ट हाउसमा करिब आधाघण्टा चलेको भेटवार्तामा दुबै मुलुक नेपाल–चीन कुटनीतिक सम्बन्धको ६० औं वर्षगाँठलाई विशेष रुपमा मनाउन पनि सहमत भएका छन् ।

राष्ट्रपति यादवले समकक्षी सिलाई पठाइएको निम्तोबारे स्मरण गराउँदै हिरक महोत्सवका अवसरमा उच्चस्तरीय दुईपक्षीय भ्रमण हुनुपर्नेमा जोड दिएको भेटवार्तामा सहभागी कार्यवाहक परराष्ट्र सचिव शंकरदास बैरागीले बताए ।

नेपालले संविधान निर्माणको प्रक्रिया यथासक्य छिटो टुंगाई आर्थिक समृद्धिको दिशातर्फ अघि बढोस् भन्नेमा समेत राष्ट्रपति सिले चिन्ता एवं चासो व्यक्त गरेका छन । यसअघि राष्ट्रपति यादवले शनिबार बिहान बोआओ फोरुम फर एसिया (बिएफए) को वार्षिक सम्मेलन उद्घाटन सत्रमा विशेष सम्बोधन गरेका थिए ।

एसियाली पूर्वाधार लगानी बैंक, सिल्क मार्ग लगायतका क्षेत्रीय सहयोग मञ्चले यस क्षेत्रको  नयाँ भविष्य कोर्ने उल्लेख गर्दै उनले साझा लक्ष्य प्राप्तिका लागि नेपालले सक्दो प्रयास र सहयोग गर्ने बताए ।
- See more at: http://nepalpati.com/news/8061/Boao-Forum-for-Asia#sthash.fIAI3Dwj.dpuf

0 comments for "राष्ट्रपति यादव र चिनियाँ समकक्षीबीच भेटवार्ता, चीनद्वारा साढे १४ अर्व सहयोग घोषणा "

Leave a reply

    Popular Posts

    Blog Archive