Published On:Wednesday, March 25, 2015
Posted by Unknown

श्रीमतीको इच्छाविपरीत यौनसम्पर्क राख्दा हिरासतमा

१२ चैत्र, ललितपुर । श्रीमतीको इच्छापिवपरीत यौनसम्पर्क राखेको आरोपमा एक युवक पक्राउ परेका छन्। प्युठान भर भई ललितपुरको कार्यबिनायक बस्ने ३० वर्षका बाबुराम उपाध्यायलाई ललितपुर प्रहरीले पक्राउ गरेको खबर आजको नयाँ पत्रिकामा छापिएको छ। उनलाई इच्छाविपरीत वैवाहिक करणी मुद्दामा प्रहरीले कारबाही अघि बढाएको छ।
 
ललितपुर प्रहरी प्रमुख एसएसपी पुष्पचन्द्र रञ्जितका अनुसार गत ३ चैतमा उपाध्यायलाई पक्राउ गरिएको हो । श्रीमती रीता रिजालको उजुरीका आधारमा उनी पक्राउ परेका हुन् । उनीबीच एक वर्ष अघिमात्र विवाह भएको थियो।
 
उजुरी दिने गोमाले आफ्नो नाम गोप्य राख्नुपर्ने भन्दै प्रहरीमा निवेदन दिएपछि प्रहरीले उनीहरुको घटना बाहिर ल्याएको हो । पक्राउ परेका बाबुरामले भने सहमतिमै सम्बन्ध राखिएको बताएका छन् ।
 
मुलुकी ऐनको जबर्जस्ती श्रीमतीको इच्छाविपरीत शारीरिक सम्पर्क राखे त्यो बलात्कार हुने उल्लेख छ । जुन अपराधमा तीन महिनादेखि ६ महिनासम्म कैद सजाय हुने कानुनी प्रावधान छ ।

0 comments for "श्रीमतीको इच्छाविपरीत यौनसम्पर्क राख्दा हिरासतमा"

Leave a reply

    Popular Posts

    Blog Archive