Published On:Sunday, March 29, 2015
Posted by Unknown

विश्वकपको उपाधिका लागि अष्ट्रेलियालाई १८४ रनको लक्ष्य

विश्वकप क्रिकेटको उपाधिका लागि न्यूजिल्याण्डले अष्ट्रेलियालाई १८४ रनको लक्ष्य प्रस्तुत गरेको छ । अष्ट्रेलियाले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ ।
मेलबर्न क्रिकेट ग्राउण्डमा टस जितेर पहिले ब्याटिङ गरेको न्यूजिल्याण्डले ४५ ओभरमा सबै विकेट गुमाएर १८३ रन बनायो ।
उसको खराव निकै खराव रहृयो । कप्तान ब्रेन्डन म्याकुलम पहिलो ओभरको पााचौं बलमा शुन्यमै बोल्ड आउट भएका छन्, जतिबेला न्यूजिल्याण्डको स्कोर एक रन मात्र थियो ।
उसका भरपर्दा ब्याट्सम्यान मार्टिन गुप्टिल ग्लेन म्याक्सवेलको बलमा १५ रनमै बोल्ड आउट भए । थप ६ रन जोड्दा केन विलियम्सन १८ रनमा आउट भएपछि न्यूजिल्याण्ड दबावमा आयो ।
तर, ग्राण्ट इलियट र रोस टेलरले शतकीय साझेदारी गर्दै न्यूजिल्याण्डको पारी सम्होलेका छन् । इलियटसाग १११ रनको साझेदारी गरेका टेलर चौथो विकेटका रुपमा व्यक्तिगत ४० रनमा आउट भए ।
चौथो विकेट गुमाउादा न्युजिल्याण्डको स्कोर १५० रन थियो । त्यसपछि विकेट झर्ने क्रम तीव्र भयो । कोरी एण्डरसन शुन्यमै बोल्ड भए भने र लुक रोन्चीले पनि खाता खोल्न सकेनन् । ड्यानअल भिट्टारीले ९ रन मात्र जोडे ।
न्यूजिल्याण्डको स्कोर १७१ रन हुादा आठौं विकेटका रुपमा इलियट ८३ रनमा आउट भए । माट हेनरी शुन्य र टीम साउदी ११ रनमा नै पभेलियन फर्किए ।
अष्ट्रेलियाका फल्कनर र मिचेल जोनसनले ३र३ विकेट लिए भने मिचेल स्टार्कले २ र म्याक्सवेलले एक विकेट लिए ।

0 comments for "विश्वकपको उपाधिका लागि अष्ट्रेलियालाई १८४ रनको लक्ष्य "

Leave a reply

    Popular Posts

    Blog Archive