Published On:Saturday, March 28, 2015
Posted by Unknown

विश्वकप फाइनल : न्यूजिल्याण्डले छैटौं विकेट गुमायो


विश्वकप क्रिकेटको उपाधिका लागि अहिले अष्ट्रेलिया र न्यूजिल्याण्ड भिडिरहेका छन् । मेलबर्न क्रिकेट ग्राउण्डमा टस जितेर पहिले ब्याटिङ गरेको न्यूजिल्याण्डले निकै खराव सुरुवात गर्‍यो ।

कप्तान ब्रेन्डन म्याकुलम पहिलो ओभरको पााचौं बलमा शुन्यमै बोल्ड आउट भएका छन्, जतिबेला न्यूजिल्याण्डको स्कोर एक रन मात्र थियो । उसका भरपर्दा ब्याट्सम्यान मार्टिन गुप्टिल ग्लेन म्याक्सवेलको बलमा १५ रनमै बोल्ड आउट भए ।
थप ६ रन जोड्दा केन विलियम्सन १८ रनमा आउट भएपछि न्यूजिल्याण्ड दबावमा आयो । तर, ग्राण्ट इलियट र रोस टेलरले शतकीय साझेदारी गर्दै न्यूजिल्याण्डको पारी सम्होलेका छन् । इलियटसँग १११ रनको साझेदारी गरेका टेलर चौथो विकेटका रुपमा व्यक्तिगत ४० रनमा आउट भए ।
लगतै कोरी एण्डरसन बोल्ड भए । छैटौं विकेटका रुपमा रोन्ची पनि शुन्यमै आउट भए ।
अष्ट्रेलियाका म्याक्सबेल, मिचेल स्टार्क र जोनसनले विकेट लिएका छन् ।

0 comments for "विश्वकप फाइनल : न्यूजिल्याण्डले छैटौं विकेट गुमायो"

Leave a reply

    Popular Posts

    Blog Archive